• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सरल र स्वच्छ छविका पौडेलको नवलपुर क्षेत्र नं. १ मा उमेदवारी भएपछि जनतामा खुसीयाली

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन ३०, आईतबार (३ साल अघि)
    311014223_3361600337453675_4853278039398464762_n

    Advertisement

    सरल र स्वच्छ छवि राजनीति गर्नेहरुमा हुनुपर्ने हो तर त्यो इमान्दारीता कमैमा पाइन्छ । कमै मात्रामा पाइने स्वाभाव सरल र स्वच्छ छविका कृष्ण पौडेल एमाले नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको निर्वाचन लड्दै छन् । २०४८ सालदेखी २०७४ साल सम्म नेपाली काँग्रेसले एकलौटी विजयी हासिल गरेको यो क्षेत्र अहिले कृष्ण पौडेलको उमेदवारीले कोल्टे पर्ने अवस्थामा पुगेको छ ।
    काँग्रेसका नेताहरु सुर्यभक्त अधिकारी २०४८, महेन्द्रध्वज जिसी २०५१, दामोदर बस्ताकोटी २०५६, डा. शसांक कोइराला, २०६४, ०७०, र ०७४ सालको आम निर्वाचनमा विजयी भए । उनीहरुको विजयले नवलपुरको कुनै रुप रंग फेरिन सकेन अझ क्षेत्र नं. १ त झन विकासका पूर्वाधारको हिसावले पछि नै पर्र्यो जनप्रतिनिधि निरन्तर एउटै पार्टी हुदा समेत यहाँको काँचुली नफेरिएपछि अहिले यस क्षेत्रका मतदाताहरुको रोजाई पौडेल बनेका छन् ।
    नवलपुरको माटोमा हुर्केका रहजर पढेका गैंडाकोट वसोबास भएका उनै पौडेलको सरल , मिजासिलो स्वाभवले गर्दा मतादाताहरु लोभिएका हुन् । टुरिष्ट खोज्दैनौं स्थानीय रोजौं भन्ने भावना यहाँ जागृत भएको छ । सुख होस् या दुख नजिकै भेटिने नेता चाहिदो रहेछ गैंडाकोट– ५ का पिताम्बर शर्माले भने –कृष्णलाई हामीले २०७४ मै खोजेका थियौं यस पटक पायौं खुसी छौं विजयी बनाएर पठाउछौं’ ।

    यसरी होमिए राजनीतिमा पौडेल
    २०२१ सालमा बाग्लुङमा जन्मेका पौडेलको२०३४ देखी नवलपुरमा बसाई भयो । बिद्यालय जीवन र आन्दोलनको राततापमा उनी परिवर्तनका लागि होमिए । २०३६ मा निरकुंश पञ्चायतका बिरुद्धको आन्दोलनमा बिद्यार्थीहरुको नेतृत्व गरे । सानै उमेरमा राजनीति चेत भएका पौडेल उच्च शिक्षाका लागि काठमाण्डौमा हुदा रत्न राज्य क्याम्पसको बिद्यार्थी युनियनको उपसभापति भए । बहुदलको माग र आन्दोलनको ज्वारभाटा बढ्दै गर्दा २०४६ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्यको रुपमा संयुक्त जनआन्दोलनमा सक्रिय हुन पुगे । उनी नवलपरासी जिल्ला हुँदा वाम मोर्चाका तर्फबाट संयुक्त जनआन्दोलन संघर्ष समितिको सदस्य हुन पुगे ।
    आन्दोलन पछि बहुदल घोषण भयो। बहुदल पछि नेकपा ( एमाले) बन्यो नेकपा एमाले नवलपरासीको २०४८ सालमा जिल्ला सचिवको जिम्मेवारी सम्हालेका पौडेल निरन्तर रुपमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र आम युवा वर्गलाई बैचारिक रुपमा संगठित गर्ने अभियानमा लागे । उनकै नेतृत्वमा २०४९ सालमा जिल्ला विकास समितिको सभापति एमालेले निर्वाचित गर्न सफल भयो। भने २०५४ सालमा पनि एमालेले जिल्ला विकास समितिको सभापति सहित अधिकांश गाउँ विकास समितिहरुमा विजयी हुन सफल भयो ।
    पार्टी राजनीतिमा होमिएका पौडेल संसदीय राजनीतिमा भने पछि मात्र प्रवेश गरे । पार्टीमा सबै जात भाषा, धर्म सम्प्रदायको सहभागी जरुरी ठानेका पौडेलको नेतृत्वमा २०४८ सालमा थारु समुदायबाट नवलपरासी क्षेत्र नं. २ मा मझीलाल थारु थनेतलाई टिकटको ब्यवस्थापन गरी निर्वाचित गर्न एमाले सफल भयो । २०४८ साल देखि यो क्षेत्रमा कम्युनिष्ट बाहेक अरु पार्टीले निर्वाचन जित्न सकेका छैनन । ०४८ देखी २०६४ सम्मको बिभिन्न समयमा एमालेको जिल्ला नेतृत्व गरेका पौडेलले जनआन्दोलन –२ २०६२÷०६३ मा अग्रणी भूमिका खेले । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि २०७० सालको संबिधान सभामा तत्कालिन नवलपरासी क्षेत्र नं. ३ बाट विजयी भएका पौडेल आफ्नो कार्यकालमा संविधान जारी गर्ने संबिधान सभा सदस्य हुन् ।
    संघीयतामा देश भएपछि नेकपा ( एमाले) गण्डकी प्रदेश कमिटिको सचिवालय सदस्य बाट चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनबाट पौडेल केन्द्रीय सदस्य निर्वाचित हुदै जिल्लाको सह इञ्चार्जको रुपमा काम गर्दै आएका छन् । ०३५,०३८,०४२ र २०४६ सालको आन्दोलनमा पटक पटक गिरफ्तार परेका पौडेल ज्यान धत्केलामा राखेर लोकतान्त्रिक ब्यवस्थाका लागि लडेका अथक योद्धा हुन् । उनी जिल्लाको शान्ति समितिको संयोजकको रुपमा कार्यगरी द्धन्द्ध प्रभावितहरुका लागि न्यायका लागि निरन्तर लागेका ब्यक्ति हुन् ।
    विकासमा पौडेल
    नवलपरासीको विकासमा पौडेलको ध्यान केन्द्रीत छ । उनी कृषि उत्पादकत्व बृद्धिका लागि तराईका समथर फाँटहरुमा सिचाई, नारायणी नदी र खहरे खोलामा आउने बाढी नियन्त्रणमा योजनाबद्ध कार्यक्रम, पहाडी भेगमा यातायात र बिद्युत सेवाका लागि निरन्तर लागेका छन् । पौडेलकै पहलमा धौवादीमा गोल पोखरी शान्ति पार्क निर्माण, देवचुली डाँडाको पर्यटकीय विकासका लागि पहिचान, बोझा पोखरीमा नेपाल बिद्युत प्राधिकरणको ३३ केभिए प्रशारण लाईन निर्माणाधिन अवस्थामा छ । धार्मिक पर्यटन , पर्यापर्यटनमा पनि पौडेलको उत्तिकै चासो छ । बुलिङटारमा उत्पादन हुने अदुवा, सुन्तलाको उत्पादनमा प्रबिधिको प्रयोग , स्थानीय तहमा रोजगारी सृजना, कालीगण्डकी कोरिडोरको निर्माण, कावासोती , दलदले –बोझापोखरी कोखेटार सडक, रजहर, अमरापुरी बाह्रकोल छरछरे सडक निर्माण गरी बाह्रै महिना सडकसञ्जालको पहुँचमा पहाडलाई जोड्ने, प्राबिधिक बिद्यालय, क्याम्पसहरुको शिक्षामा जोडदिने गरी निर्वाचनमा पौडेल होमिएका छन् ।
    स्वास्थ्य , शिक्षा, कृषि उत्पादकत्व बृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यूवाहरुलाई केन्द्रीत गर्ने अठोट पौडेल संग छ । खेलकुद क्षेत्रमा नवलपुरलाई पर्यटकीय हिसावले अगाडि बढाउन सकिने आधारहरु सहित पौडेलको उमेदवारी रहेको छ । भूमिहिन , सुकुम्बासीहरुको लागि जग्गाको मालिक बनाउने गरी कार्य उनले थालनी गर्नेछन् ।
    आधारभूत कुरामा जनतालाई सुबिधा दिने लक्ष्य मेरो हुनेछ पौडेलले भने–‘ हामी नजिकलाई हेरौं माटोलाई रोजौं अवसरलाई टिपौंं’ ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution