• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनको कृषि विश्वविद्यालयमा ४ विद्यार्थी संगठनले लगाए ताला

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ मंसिर १३, मंगलबार (३ साल अघि)
    Agricultural_University-Chitwan-Picture-1024x576

    Advertisement

    चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बेथितिपूर्ण तरिकाले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न लागिएको भन्दैं विद्यार्थीहरुले ताला लगाएका छन् ।विश्वविद्यालयको मुख्यालय, कृषि संकाय लगायतका ठाँउमा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । गत कात्तिक २९ गते विश्वविद्यालयले प्रकाशन गरेको प्रवेश परीक्षाको अनलाइन आवेदन भर्नेसम्बन्धी सूचना आपत्तिजनक, त्रुटिपूर्ण, विद्यार्थीलाई मार पार्ने खालेको भएको भन्दै चार विद्यार्थी संगठनले चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।अनेरास्ववियू, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियू छैँटौँले विभिन्न पाँच बुँदामा असहमति जनाएका छन् । नयाँ पाठ्यक्रम नै सार्वजनिक नगरी ‘नयाँ पाठ्यक्रमअनुसार अध्यापन गराइने छ’ भनी विश्वविद्यालयले सूचना जारी गरेको छ ।नयाँ पाठ्यक्रम कुन हो, कस्तो हो, कहाँ छ, कहिले बनेको हो, कुनै जानकारी विना नै सूचनामा नयाँ पाठ्यक्रम अनुसार अध्यापन गराइने भनिएकोमा आफूहरुको आपत्ति रहेको अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष विक्रम खनालले बताए ।

    उनले यसलाई विद्यार्थी माथिको धोका मात्रै भएको बताए । पाठ्यक्रम कहिले बनेको हो, त्यसले विधीसम्वत प्रकृया पूरा गरेको छ की छैन, कुन निकायबाट पास भएको हो, कुनै जानकारी छैन, खनालले भने, पदाधिकारीलाई जे मन लाग्यो त्यो गर्ने छुट छैन ।प्रवेश परीक्षामा सहभागी हुन तोकिएको न्यूनतम शैक्षिक योग्यतामध्ये कुल प्राप्ताङ्कमा पनि संगठनहरूको आपत्ति जनाएका छन् । प्रमाणपत्र तहमा पहिले राखिएको ५० प्रतिशत प्राप्ताङ्क ल्याएकाहरुले मात्रै प्रवेश परीक्षामा सहभागी हुने पाउने व्यवस्था भएकोमा अहिले त्यसलाई घटाएर ४५ प्रतिशतमा झारिएको छ ।निजी कलेजमा विद्यार्थीहरुको अभाव हुन थालेपछि यो प्रतिशत घटाइएको र बढि विद्यार्थी पास गराउने नियत राखिएको विद्यार्थी संगठनहरुको भनाइ छ । विश्वविद्यालयले सम्वन्धन दिएका निजी कलेजहरुमा विद्यार्थीको अभाव भएपछि पदाधिकारीले उनीहरुको प्रलोभनमा प्रवेश परीक्षाको न्यूनत्तम अंक घटाउने काम गरेको आरोप विद्यार्थीहरुको छ ।नेविसंघ केन्द्रीय क्याम्पस समिति सभापति मिराज पौडेलले विश्वविद्यालयका पदाधिकारीका निजी कलेज छन्, त्यसमा विद्यार्थी पुगेका छैनन्, धेरै उत्तीर्ण गराएर विद्यार्थी पुर्‍याउन खोजिएको बताए ।

    विद्यार्थी प्रवेश परीक्षा सम्वन्धी सूचनामा स्नातक तहमा कृषि अध्ययन गर्न आवश्यक पर्ने विषयहरूको बाध्यात्मक अवस्था पनि हटाइएको छ । प्रवेश परीक्षाका लागि जारी सूचनाको बुँदा नम्बर १७ मा कृषि पढ्न आवश्यक पर्ने अंग्रेजी, केमिस्ट्री, बायोलोजी, गणित र फिजिक्स विषय अध्ययन गरेको हुनुपर्नेमा त्यसलाई हटाएर ती विषय लिएर नपढेको विद्यार्थीले पनि भर्ना हुन पाउने प्रावधान राखिएको छ ।विद्यार्थी भर्ना भैसकेपछि पढे पनि हुने विषय सूचनामा उल्लेख गरिएको छ । यसले कृषि विषय अध्ययनको गुणस्तर खत्तम भएर जाने विद्यार्थीहरुको चिन्ता छ । यसलाई पहिलाकै अवस्थामा राख्न विद्यार्थीहरुले ध्यानाकर्षण गराएका छन् ।प्रवेश परीक्षाका लागि लिइने शुल्कमा पनि विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । विश्वविद्यालयले मनपरी ढंगले प्रवेश परीक्षाको शूल्क उठाउने र सो रकम विश्वविद्यालयको हितमा भन्दा पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुको ‘भुँडी भर्न’मा खर्च गरिएको नजिर रहेको विद्यार्थीहरुको आरोप छ । उनीहरुले यो रकम चर्को र अवैज्ञानिक भएको जनाएका छन् ।प्रत्येक संकायका लागि छुट्टाछुट्टै प्रवेश परीक्षा गर्ने र सबैमा छुट्टाछुट्टै शुल्क लिइनु विद्यार्थीका लागि अन्यायपूर्ण भएको विद्यार्थी संगठनको भनाइ छ । उनीहरूले ‘साझा प्रवेश परीक्षा’को माग गरेका छन् ।कृषि विश्वविद्यालयअन्तर्गत हाल कृषि, पशु, वन र माछा विज्ञान संकायका पढाइ हुन्छन् । त्यसका लागि देशभर ७ आङ्गिक र ७ सम्बन्धन प्राप्त कलेज छन् ।

    हेर्नुस् संयुक्त विद्यार्थीको विज्ञप्ति

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution