• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रणय दिवसको अवसर पारेर सेन्ट्रल कलेजमा प्रेमको आयामबारे छलफल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ २९, आईतबार (३ साल अघि)
    202

    Advertisement

    चितवन ।  चितवनको नरायणगढमा मुख्य कार्यालय रहेको सेन्ट्रल कलेजले प्रणय दिवसको अवसर पारेर ‘प्रेमको आयाम’ विषयमा छलफल गरेको छ । सोच परिवर्तन नेपाल, सरल नेपाललगायतका संस्थाहरुसँगको सहकार्यमा कलेजले शनिबार छलफल कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा सहभागीहरुले प्रेमको परिभाषा दिँदै प्रेम जुनसुकै समयमा जोकोहीसँग पनि हुनसक्ने बताए । सो कार्यक्रममा ‘मोटिभेसनल वक्ता’ इश्वर गैरेले प्रेमको विभिन्न ६ वटा आयामहरु हुने उल्लेख गर्नुभयो । कसैले पनि निःस्वार्थ भावले प्रेम नगर्ने भन्दै गैरेले व्यक्तिले कुनै न कुनै स्वार्थ राखेर प्रेम गर्ने बताउनुभयो ।

    अधिकांश युवाहरु विपरित लिङ्गी प्रतिको आकर्षणमा प्रेममा पर्ने गरेका उल्लेख गर्दै त्यो मात्रै प्रेम नभएको गैरेको भनाइ छ । गैरेले युवायुवतीबीचको प्रेम सम्बन्ध विछोडिनुमा अर्को व्यक्तिको हात हुने भन्दै विछोड हुँदा दुःख मनाउन गर्नु व्यर्थ भएको बताउनुभयो । एउटा सम्बन्ध तोडिएको अवस्थामा अर्को नयाँ सम्बन्धको विकास हुने गैरेले बताउनुभयो ।

    कार्यक्रममा युवा अभियान्ता अर्जुन भुसालले प्रेममा जात, उमेर, धर्म, पेसा, हैसियत केही पनि नहेरिने बताउनुभयो । युवायुवतीबीच हुने प्रेममा एकअर्काले सबै कुरा प्रष्ट भन्नुपर्ने भन्दै झुटको आधारमा बनेको सम्बन्ध टिकाउन नहुने प्रष्ट पार्नुभयो । सबै उमेर समूहका व्यक्तिमा प्रेम हुने भएपनि कोशोरावस्थापछिको प्रेममात्रै परिपक्व हुने भुसालको भनाइ थियो ।

    साहित्यकार आकाश पौडेलले प्रेमको परिभाषा यही हो भनेर किटान गर्न नसकिने बताउनुभयो । प्रेमलाई व्यक्तिअनुसार फरक फरक तरिकाले परिभाषित गर्न सकिने भन्दै घरपरिवार, साथीभाइ, आफन्त, युवायुवतीबीच हुने प्रेम फरक प्रकृतिका हुने बताउनुभयो । प्रेमले मानिसलाई नजिक बनाउने र जीउने आधार सिकाउने पौडेलको भनाइ थियो ।

    सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास (वाईबी) पौडेलले प्रेम सम्बन्धको बारेमा खुलेर कुरा गर्नुपर्ने बताउनुभयो । प्रेम सम्बन्ध भनेको एकअर्काबीचको विश्वासको वातावरण भएको भन्दै केही क्षणको आकर्षणलाई प्रेम भन्न नमिल्ने बताउनुभयो । युवायुवतीबीच सामान्य कुरामा खटपट भएको अवस्थामा सम्बन्ध बिग्रनसक्ने भन्दै पौडेलले त्यस्तो प्रेमका कारण दुखित हुन नहुने बताउनुभयो ।

    कार्यक्रममा सहभागी विद्यार्थीहरुले प्रेमको सम्बन्ध तथा आफूहरुको भोगाइबारे छलफल गरेका थिए । किशोर तथा युवावस्थाका विद्यार्थीहरु सहभागी कार्यक्रममा उनीहरुले एउटा प्रेम असफल हुँदैमा जिन्दगी नै बिग्रिएको ठान्न नहुनेमा जोड दिँदै आफू अझ बलियो भएर अगाडि बढ्नुपर्ने बताएका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution