• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २४, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    निसीखोलाका युवाको व्यावसायिक कृषिमा आकर्षण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ फागुन १, सोमबार (३ साल अघि)
    1545885852organic-vegetables

    Advertisement

    ढोरपाटन ।  “विद्यादय नजिक छ, दिउँसभरि पढाए पनि बिहान बेलुका खालीनै भइन्छ, खाली समयमा किन यतिकै बस्ने भनेर तरकारी खेती सुरु गरेको हुँ, सुरुमा सानो लगानीबाट सुरुआत गरेको अहिलेसम्म आउँदा रु सात लाख बढी लगानी गरेको छु, ।” शिक्षक गोपीकृष्ण क्षेत्रीले भन्नुभयो ।    निसीखोला गाउँपालिका–४ झिम्पामा पुग्दा गाउँकै बीचमा दुई/तीन प्लास्टिक टनेल देखिन्छ । टनेलभित्र लटरम्म फलेका गोलभेँडा, कलकलाउँदा सागसब्जी र टिपेर खाउँखाउँ लाग्ने फलफूल पनि । हरेक दिन बिहान र बेलुका यही भेटिनुहुन्छ, उहाँ । यहाँ पुगेर देख्दा धेरैलाई लाग्न सक्छ, यो त अनुभवी कृषकको करेसाबारी हो तर, उहाँ आफूलाई कृषिबारे धेरै ज्ञान नभएको बताउनुहुन्छ । यद्यपि उहाँको पौरख देख्दा अनुभवी कृषकको भन्दा कम देखिँदैन ।   क्षेत्री कृषकभन्दा बढी ‘मास्टर’ भनेर परिचित हुनुहुन्छ । उहाँको मुख्य पेसा शिक्षण हो । विसं २०६८ देखि शिक्षण पेसामा आबद्ध हुनुभएका उहाँले व्यावसायिक कृषि पेसालाई पनि आत्मसात् गरिरहनुभएको छ । दिनभर विद्यालयमा शिक्षण गर्ने क्षेत्री बिहान–बेलुका आफ्नो कृषि फर्ममा खटेर काम गर्नुहुन्छ । उहाँको त्यो खटाइ र कृषि उत्पादन देख्दा छरछिमेकी पनि दङ्ग पर्छन् । कृषि कर्ममा क्षेत्रीलाई परिवारको पनि राम्रो साथ सहयोग छ । यसले गर्दा अझ बढी उहाँ हौसिनुभएको छ ।

    उहाँले शिक्षणसँगै कृषिलाई बढावा दिने हिसाबले २०७४ सालदेखि ‘झिम्पा फलफूल तथा तरकारी कृषि फर्म’ दर्ता गर्नुभएको छ । आठ वर्षदेखि शिक्षण पेसालाई अँगाल्दै आए पनि तीन वर्ष अगाडि मात्रै प्रावि तहको स्थायी शिक्षक बन्नुभएको थियो । हाल उहाँ जनजीवराज सुशीला माध्यमिक विद्यालय झिम्पामा शिक्षण गरी रहनुभएको छ । विशेष गरी फलफूल र तरकारी उत्पादनलाई जोड दिनुभएका क्षत्रीले आम्दानी पनि राम्रो हुँदै गएको बताउनुहुन्छ ।    “त्यसरी धेरै आम्दानी त गर्न सकिएको छैन, सुरु गरेको पनि धेरै भएको छैन, जे होस् लगानीअनुसारको आम्दानी हुन थालेको छ”, उहाँले भन्नुभयो, “लगानी बढाउँदै छु, आम्दानी पनि विस्तारै बढ्ने अपेक्षा छ ।” क्षेत्रीको बारीमा अहिले रहर लाग्दा तरकारी र फलफूल देख्न सकिन्छ । उहाँले हाइटेक टनेल निर्माण गरेर तरकारी र फलफूलाई फलाउन र उब्जाउन सुरु गर्नुभएको छ ।

    तरकारी र फलफूल बेचेर वार्षिक करिब रु तीनदेखि पाँच लाख आम्दानी गरेको उहाँको भनाइ छ । बजारको समस्या नहुँदा मर्कामा नपरेको उहाँको भनाइ छ । उत्पादित तरकारी र फलफूल झिम्पा गाउँलगायत कानाबजार, झिवाखोला बजार, निसी, भल्कोट, बुर्तिबाङ लगायतका स्थानमा खपत हुने गरेको छ । उत्पादनलाई बिदाको समयमा बजार पु¥याउने गरेको सुनाउनुहन्छ । ग्राहक बारीमै पनि तरकारी खरिद गर्न आउने क्षेत्रीले बताउनुभयो ।

    निसीखोला –५ कारीगाउँका धर्मराज पोखरेले करिब २४ वर्ष विदेशमा सङ्घर्ष गर्नु । विदेशमा हण्डर खाएपछि उहाँ एक दशकदेखि गाउँमै व्यावसायिक कृषिमा लाग्नुभएको छ । पोखरेलका घर वरपरका बारी विभिन्न जातका फलफूलले ढाकिएका छन् । पछिल्लो समय पोखरेलले अमिलो जातका फलफूल उत्पादनमा जोड दिनु भएको छ ।   उहाँले १५ रोपनी बारीमा कागती खती गर्नुभएको छ । कागतीसँगै सुन्तला, हलुवाबेद, टिमुरलगायतका फलफूल उनका बारीमा छन् । अघिल्लो वर्ष एक लाखको कागती बिक्री गर्नुभएका पोखरेलले यस वर्ष दुई लाख बढी आम्दानी गर्नुभएको छ । उहाँले फलफूलसँगै कुखुरा, टिमुर र चुक (कागतीको पकाएको रस) समेत बिक्री गर्दै आएको बताउनुभयो ।    कागतीसँगै यस वर्ष सुन्तला पनि राम्रो उत्पादन भएको उहाँको भनाइ छ । फल दिने सुन्तलाका बोट कम भएको हुँदा एक लाखसम्मको बिक्री गर्नसक्ने पोखरेलको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष कागती, सुन्तलासँगै टिमुर पनि बढी उत्पादन भएको भन्दै रु ५० हजार बराबरको टिमुर बिक्री गर्ने उहाँले बताउनुभयो । कागतीले राम्रो उत्पादन दिन थालेपछि पोखरेलाई बजारको समस्या हुने देखिन्छ । पोखरेलले फलफूल, तरकारी तथा खाद्यान्न बेचेर वार्षिक करिब रु १० लाख बढी आम्दानी गर्ने बताउनुभयो ।

    लिलाबहादुर घर्तीले पनि वर्षौं विदेशमा सङ्घर्ष गरेर अहिले व्यावसायिक कृषि गरी राख्नुभएको छ । घर्तीले निसीखोला–४ थापागाउँमा सात वर्ष पहिले सुरुको फलफूल खेतीले अहिले राम्रो उत्पादन दिन थालेको । कतार र भारतमा एक दशक बिताउनुभएका घर्तीले स्वदेशमै उद्यमी बन्ने योजना बनाएर फर्किएको बताउनुहुन्छ ।

    “अरुको देशमा धेरै दुःख सङ्घर्ष गरियो, त्यहाँ गर्ने मेहनत आफ्नै बारीमा, आफ्नै गाउँठाउँमा गरेपछि राम्रो कमाइ गर्न सकिन्छ भन्ने सोचले फर्किए, गाउँ आएर बाँझो जग्गामा फलफूल खेती सुरु गरे, अहिले विस्तारै प्रतिफल दिन थालेको छ”, घर्तीले भन्नुभयो । उहाँले विदेशबाट फर्किएपछि सुरुमा परीक्षणका लागि १० वटा किवीको बिरुवा लगाएको भन्दै परीक्षण सफल भएपछि यसको खेती विस्तार गरेको बताउनुहुन्छ । उहाँले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा किवी तथा टिमुर खेती विस्तार गर्नुभएको छ । आगामी वर्ष थप ६५ रोपनी क्षेत्रफलमा किवी रोप्ने योजना बनाएको बताउनुहुन्छ ।

    उहाँको बारीमा अहिले किवीका सय बोट छन् भने सयौँ बोट टिमुर छन् । ती सबैले फल दिन थालेको उहाँको भनाइ छ । व्यावसायिक कृषिले आफूसँगै सन्ततिलाई पनि टेवा पुग्ने बताउनुहुन्छ ।     (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution