• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणगढ-बुटवल सडक निर्माण ४ वर्षमा २५ प्रतिशतमात्रै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ फागुन ३०, मंगलबार (३ साल अघि)
    butwal-narayanghat-sadak-scaled

    Advertisement

    रुपन्देही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम ४२ महिनामा सक्ने गरी २०७५ चैत ८ गते सम्झौता गरिएको थियो । तर, ४ वर्ष पूरा हुन लाग्दा २५ प्रतिशतमात्रै काम भएको छ । ११४ किलोमिटरको यो सडक खण्ड पार गर्न ६ देखि ८ घण्टा लाग्ने भएकाले सवारी चालक र सेवाग्राहीलाई निकै सकस छ । निर्माण सुरु भएको यति लामो समयसम्म पनि कामले गति लिन नसक्दा सबैलाई हैरानी पारेको छ । जिम्मेवार निकायले अनुगमन गर्न नसक्दा र कार्यान्वयनमा चासो नदेखाउँदा सडक विस्तारको कामले गति लिन नसकेको गुनासो पीडितहरूको छ ।

    यो सडक खण्डमा पहिले २ घण्टामा यात्रा गर्ने चालक दीपक थापाले अहिले कम्तीमा पनि ६ घण्टा लाग्ने बताए । ‘निर्माणका क्रममा केही समस्या त हुनसक्छ, हामी पनि बुझ्छौं । तर, यति लामो समय अस्तव्यस्त बनाउँदा पनि सरकारले किन वास्ता गरेको छैन, उनीहरू यो बाटो ओहोरदोहोर गरे भने अलिकति ज्ञान हुन्थ्यो कि ?’, थापाको आक्रोश छ ।

    सडक छेउमा बनाइएका खाल्डाखुल्डीले एकपटक यात्रा गरेपछि गाडीमा पूरै समस्या आउने र काम सुरु गरेको स्थानमा निर्माण सामग्री बाटोमै राख्ने तथा नियमित धुलो मार्ने गरी पानी छर्कने काम नहुँदा सास्ती पाएको उनको गुनासो ।

    ‘बुटवल-नारायणगढको बाटो सधैं २ घण्टामा पार गरिन्थ्यो, आजभोलि त ७-८ घण्टा लाग्छ, चानचुन १ सय किलोमिटर हिँड्न यस्तो समय लागेपछि आँटेको समयमा कहिल्यै काम गर्न सकिएको छैन’, बजार प्रबन्धकको काम गर्दै आएका सुशील ज्ञवाली भन्छन्, ‘ठूला दुई शहर रुपन्देही र चितवनका बजारमा अनिवार्य जानुपर्छ, बाटोको हालत देख्नुभयो, नेताहरूले ठेकदारलाई किन जोगाएका होलान् रु उनीहरूको पनि मिलेमतो भएर त होला, अब जिम्मेवार नेता र ठेकेदारहरुलाई यो बाटोमा केही दिन दुई पाङग्रेमा हिँडाएपछि चेत खुल्थ्यो कि रु’

    बर्दघाटको राजमार्ग छेउमा व्यवसाय गर्ने इन्दिरा पन्तले बाटो बन्न ढिलाइ हुँदा आफ्नो व्यवसाय चौपट भएको बताउँछिन् । ‘यस्तो बाटो छ, चौबीसै घन्टा धूलो उडेको छ । २ वर्ष पनि लाग्दैन बाटो बनाउन भनेका थिए सुरु गर्दा । ४ वर्ष भयो, यस्तो हालत छ, धूलो धूवाँले रोगी बनायो’, पन्तले भनिन् ।

    सडक विभागले यसअघि तोकिएको समय सीमाभित्र निर्माणको काम नसकिए ठेक्का तोड्ने भन्दै सूचना नै प्रकाशित गरेको थियो । तर, सडक विभागले लचिलो बन्दै काम अघि बढाउन सकेको छैन । छ महिनामा प्रगति विवरण हेरेर ठेक्का रद्द गर्ने या नगर्ने भन्ने निर्णयमा पुग्ने बताउँदै सूचना जारी गरेको थियो । तर, काम अघि नबढ्दा थप निर्णय लिन सडक विभागले आनाकानी गरेको स्थानीयको आरोप छ ।

    ११३ किलोमिटर लामो सडक चार लेन बनाउने गरी २०७५ पुसमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ एसोसियसन र सडक विभागबीच सम्झौता भएको थियो । यस सडकलाई दुई खण्डमा विभाजन गरेर सो कम्पनीलाई नै जिम्मा दिइएको थियो ।

    तीन जिल्लामा पर्ने नारायणगढ-बुटवल सडक खण्डलाई गैंडाकोट-दाउन्ने र दाउन्ने-बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । गैंडाकोट-दाउन्ने ६५ किमि सडकलाई खण्ड १ (पूर्वी खण्ड) र दाउन्ने-बुटवल ४८ किमि सडकलाई खण्ड २ (पश्चिम खण्ड) मा छुट्टाएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ । दुबैतर्फ काम उस्तै सुस्त छ । ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले काममा विलम्ब गर्दा यो सडक खण्डमा यात्रा गर्ने यात्रुलाई निकै सास्ती छ ।

    ठेकेदारले उक्त सडक खण्डका ठाउँ-ठाउँमा पुल र कल्भर्ट निर्माणलाई जोड दिएको छ भने राजमार्ग ठाउँ-ठाउँमा भत्काएर छाडेको छ । लामो समय खाडल, धूलो र हिलोले यात्रु आजित छन् । निर्माण सम्पन्न गर्ने समयावधि सकिनै लाग्दासमेत सडक विस्तार निकै सुस्त छ ।

    २०७५ मा ठेक्का सम्झौतापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ मा सडक विस्तार कार्यको शिलान्यास गरेका थिए । त्यति बेला ४२ महिनामा सडक निर्माण सक्ने जनाइएको थियो । उक्त तोकिएको समयावधि सकिन हप्ता दिनमात्रै बाँकी छ । समय सकिनै लाग्दा ठेकेदार कम्पनीले जम्मा २५ प्रतिशत हाराहारीमात्रै काम गरेको छ ।

    चिनियाँ कम्पनीले सडक विस्तारका लागि रुख कटान गरेको छ भने विद्युत् पोल सार्ने र खानेपानी पाइप पर्ने ठाउँमा त्यसको व्यवस्थापन गर्ने काम भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कम्पनीले अझै सोचेअनुरूपको काम गर्न नसकेको बताए । उनले भने। ‘काम सन्तोषजनक नभएकाले पहिले नै ठेक्का तोड्ने योजनामै थियौं । तर, पछि कम्पनीले काम गर्छौं भनेर आश्वासन दिएपछि पुनः ६ महिना हेरौं भनेर समय दियौं । तर, अझै पनि काम सन्तोषजनक रहेको छैन ।’

    सडक निर्माणमा असन्तुष्टि जनाउँदै ठेक्का रद्द गर्ने विषय पटक-पटक उठेको थियो । शुक्रबारमात्रै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक विस्तारको काम तीव्र गतिमा अगाडि नबढाए सरकारले ठेक्का तोड्ने बताएका थिए ।

    बुटवल-बर्दघाट सडक खण्डमा पर्ने ४८ किलोमिटर सडकमा अहिले २० प्रतिशत हाराहारी काम भएको प्रमुख इन्जिनियर प्रदीप शाक्यले जनाए । उता बर्दघाट-गैंडाकोट क्षेत्रमा हालसम्म करिब १९ प्रतिशतमात्र काम भएको छ । आयोजनाका अनुसार बुटवल-बर्दघाट सडक खण्डमा अहिले ८० वटा कल्भर्ट निर्माण भएका छन् भने ५० वटा कल्भर्टका अधिकांश काम सकिएको छ । यो खण्डमा २४० वटा कल्भर्ट निर्माण गर्नुपर्ने प्रमुख इन्जिनियर शाक्यले जानकारी दिए ।

    तर, अझै आधा जति बाँकी रहेको उनले बताए । काम नसकिने भएपछि कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्न निवेदन दिएको छ । तर, सो निवेदनको विषयमा कुनै निर्णय नभएको आयोजनाले बताएको छ ।

    संघीय संसद्अन्तर्गतको विकास तथा प्रविधि संसदीय समितिले सडक खण्डको निर्माण कार्य सन्तोषजनक नरहेको जनाउँदै आयोजनाको लागत नबढ्ने गरी तत्काल ठेक्का रद्द गर्न निर्देशन नै दिएको थियो । समितिको गत साउनमा सिंहदरबारमा बसेको बैठकले सडक निर्माणको कार्य प्रगतिका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसहित आयोजना प्रमुखसँग छलफलपछि सरकारलाई यस्तो निर्देशन दिएको थियो । समितिले निर्देशन दिए पनि सडकको ठेक्का रद्द भएन ।स्रोत:नेपाल प्रेस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution