• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ३१, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

२

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

३

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

४

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

५

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

६

उ मर्यो रे ?

७

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

८

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

९

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१०

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

११

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

१२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दुमा जग्गा नापी शुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख १८, सोमबार (३ साल अघि)
    image_6483441 (1) (1)

    Advertisement

    तिर्थराज डुम्रे
    चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधानको लागि जग्गा नापी शुरु भएको छ । नगरपालिकाको वडा नं. १ बाट सोमबार देखि नापीको काम शुरु भएको हो । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिसंगको सहकार्यमा नापीको काम शुरु भएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाको सबै भन्दा बढी भूमि सम्बन्धी समस्या रहेको मध्यविन्दु–१ को सेतापानीबाट नापीको काम शुरु भएको हो । जहाँ ४० भूमिहिन दलित, ७३ भूमिहिन सुकुम्बासी र ६ सय ४३ जना अव्यवस्थित बसोबासीले समास्या समाधानको लागि फारम भरेका छन् ।

    मध्यविन्दु–१ बाट शुरु भएको नापीको कामलाई थप जनशक्तिको व्यवस्थापन गरी अन्य वडाबाट समेत गरी दुई स्थानबाट एकै साथ अगाडी बढाउने योजनामा नगरपालिका रहेको नगर प्रमुख अधिकारीले बताउनुभयो । लामो समय देखि राजनितिक मुद्दामा सिमित बनेको भूमि सम्बन्धी समस्या समाधानको चरणमा प्रवेश गरेको अधिकारीले बताउनुभयो । “निर्वाचनको समयमा सबै राजनितिक दलले सुकुम्बासी समस्या समाधानमा प्रतिबद्धता जनाउने । तर, सत्ता केन्द्रीत मनस्थितिले पुरा नहुने जुन स्थीति छ । त्यसको अन्त्य हुनुपर्छ । ” – नगर प्रमुख अधिकारीले भन्नुभयो – “अब नापीको काम शुरुवात भयो । स्थानीय सरकारले आफ्नो तर्फबाट जग्गा नापजाँच सहितको काम चाडैं सक्छौं । विगतमा केपी ओलि नेतृत्वको सरकारले गठन गरेको आयोग विघटन हुदाँ काम रोकियो । फेरी त्यस्तै नहोस् ।”
    नगरपालिकाबाट गएको नापी टोलिले जग्गा नापजाँचको काम शुरु गरेपछि स्थानीय बासिन्दाहरुले खुशी व्यक्त गरेका छन् । सेतापानीमा २०६१–६२ सालमा बस्ती बसेको थियो । धेरै पटक आश्वासन पाएपनि अहिले नापीको काम नै शुरु हुदा अब जग्गाधनि पुर्जा पाउने विश्वास भएको स्थानीय यादव कुमारी महत्तोले बताउनुभयो । मध्यविन्दु नगरपालिका–२ को सेहरीमा नारायणी नदीले जग्गा कटान गरेपछि सुरक्षित स्थानको खोजिमा सेतापानी पुग्नु भएकी महत्तोले विगतमा बस्ती बस्दा गर्नु परेको संघर्ष निकै कहानी लाग्दो भएको स्मरण गर्नुभयो । “स्याउलाले बारेर घर बनाएको कहिले भत्काउने, कहिले आगो लगाउने, द्वन्दकाल थियो निकै डर लाग्थ्यो ।” महत्तोले भन्नुभयो –“ के गर्ने उता नारायणीले बगायो । यहीं सबै सहेर बसेको, अब त नापीको काम शुरु भयो । मेयर सरहरु पनि आउनु भएको छ । अब चाहीं जग्गा पाउछ भन्ने विश्वास लागेको छ ।”
    स्थानीय लक्ष्मी बि.क. ले जग्गाधनि पुर्जा नहुदाँ निकै समस्या भोगेको भन्दै अब सजिलो हुने बताउनुभयो । १९ वर्ष देखि बस्दै आएको जमिनको पुर्जा आउने थाहा पाउदा खुशी लागेको स्थानीय राधिका चौधरीले सुनाउनुभयो ।


    जग्गा नापीको काम भईरहदा हुन सक्ने समस्याहरु समाधानको लागि स्थानीय स्तरमा सहजिकरण समिति गठन गरिएको वडा अध्यक्ष तिलकराम न्यौपानेले बताउनुभयो । विभिन्न स्थानमा पोइन्टहरु निर्धारण गरेर नापीको काम शुरु भएको अमिन सरोज प्रसाद कुशवाहले बताउनुभयो । जग्गाको भौगलिक बनावट, जग्गाको साँधियाहरु बीचको समझदारी लगायतको आधारमा जग्गा नापजाँचको लागि कति दिन लाग्ने भन्ने निर्धारण हुने उहाँले बताउनुभयो ।
    मध्यविन्दु नगरपालिकाले जग्गा नापजाँचको लागि राष्ट्रिय भूमिआयोगबाट प्राप्त जनशक्ति संगै स्थानीय स्तरमा सर्वेक्षक सहितको प्राविधिकहरु समेत नियुक्ती गरी जग्गा नापजाँचको काम अगाडी बढाएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताउनुभयो । मध्यविन्दु नगरपालिकामा दुई सय ६४ भूमिहिन दलित, एक हजार एक सय ३२ भूमिहिन र ६ हजार दुई सय ७२ अव्यवस्थितले बसोबासको लागि फारम भरेका छन् ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद


  • Advertisement

    समाचार
  • १

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • २

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ३

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ४

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ५

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ६

    उ मर्यो रे ?

  • ७

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ८

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ९

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • १०

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution