• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    राष्ट्रिय अर्थतन्त्र निर्माणमा हजुरआमाहरुको योगदान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ २१, आईतबार (३ साल अघि)
    T pandey

    Advertisement

    ठाकुर प्रसाद पाण्डे
    एक दिन दिउसो माघ महिनाको दिन थियो । एउटा गाउमा घुम्दै जादै थिए जहा घरहरु बाक्लै थिए घर आँगन, बाटो र चोक समेत निकै सफा र रमणिय देखिन्थ्यो । अधिकांश घरका आगन, पिढिमा अलिक पाका उमेरका महिलाहरुले निकै स–साना बच्चा बच्चिलाई नुहाउदै, तेल लगाउदै खाना खुवाउदै गरेका दृश्यहरु बाक्लै थिए भने कतिपयले स्तन चुसाउदै गरेको देखिन्थ्यो । अनि मैले मनमनै गम्न थाले यति पाका महिलाहरु पनि सुत्केरी भएका छन आजभोली त धेरै सन्तान जन्माउने परिवार पनि विरलै हुन्छन । अनि यति पाका आमाहरु फेरी एक दुई परिवार पनि होइन लगभग गाउमा आधा जति आमाहरुको काखमा दुधे बालक देखिन्छन् भनेर सोच्दै थिए । हिड्दा हिड्दै तिर्खा लागेपछि एउटा घरमा आमालाई देखेर पानीको प्यास मेट्न पानी मागे सोही अवस्थामा कति राम्रो बावु कति वर्षको भयो भनेर सोधे आमाले ३५ महिनाको भयो भन्नु भयो । कुरा गर्दै जादा छोराबुहारी जापान गएका छन त्यहा हेर्नको लागि काम छाडेर बिदामा बस्नु पर्छ भनेर यहा मलाई हेर्न छाडेका छन् । छोराछोरी कसरी हुर्काइयो अहिले सबै विर्सियो अहिले यो नातीको स्याहार गर्न निकै सकस परेको छ भनेर आमाले वृतान्त सुनाएपछि बल्ल कुरा बुझे । आप्mना छोराछोरी हुर्काउन भन्दा नातिनातिना हुर्काउन गारो र डर पनि बढि हुन्छ । कतै केही भइहाल्यो भने के भन्ने होला ? मलाई के भन्नी हुन ? भनेर राती पनि नाती रुन्छ कि, बिरामी हुन्छ की भनेर डरै डरमा रात जान्त, बिहान बेलुका पनि पुजापाठ गर्दा पनि ध्यान नातितिरै हुन्छ । कयौ रात त बिरामी हुदा कुरेर बस्छु र विहानै मेडिकल पु¥याउछु मेरो त तनमन होस सबै यहि नाति मै छ भनेर सुखदुःखका अनुभुति व्यक्त गर्नुभयो ।
    विद्यालय बोडिङहरुमा पनि बच्चा लिएर हजुरआमाहरु नै गएको पाइन्छ, बिहान बेलुका बच्चालाई नुहाई धुवाई, गृहकार्य गराउने काममा आजकल अधिकांश बस्तीहरुमा हुजरआमाहरुको भूमिका प्रस्शत छ, भने धेरै सक्रिय पनि देखिन्छ । साझमा बत्ति जलाउने, भजन गाउने र सुत्ने बेलामा कथा र जिवनी सुनाएर सुताउने गरेको कुरा हुजरआमाहरुको दैनिकी बनेको छ ।
    यहि प्रसं·मा सन २०१४ मा बेलायतका तत्कालिन प्रधानमन्त्री डेबिड क्यामरुनले एउटा अचम्मको विषय सुनाएका थिए । ‘हाम्रा हजुरआमाहरुले आप्mनो जिवनको अन्तिम समयमा पनि यो देशलाई करिब ७ बिलियन डलर वार्षिक रुपमा कमाएर दिने गर्छन’ भनेका थिए । यसरी हजुरआमाहरुले आप्mना नातिनातिनालाई सेवा, सुसार नगर्ने हो भने र अन्य मान्छे राख्ने हो भने कति खर्च लाग्छ होला ? एकातिर खर्च बचेर राष्ट्रलाई सहयोग पुग्यो भने अर्को तिर स्वस्थ संस्कार सहितको एउटा सभ्य नागरिक बन्यो यस अर्थले हजुरआमाहरुको योगदानको उच्च मुल्याड्ढन सहित राष्ट्रिय अर्थतन्त्रमा योगदानको विषयले सबै नागरिकलाई गम्भिर हुन सिकायो ।
    हजुरआमाहरुले आप्mना नातिनातिनाको निःशुल्क सुसारेको काम गर्दा राष्ट्रलाई हुने आर्थिक लाभको विषयमा रातो किताब तयार गर्नेले यो विषयलाई पनि समावेश गर्न सके राष्ट्रिय योगदानको कारणले हजुर आमाहरुलाई आत्मसम्मान हुन पुग्दछ । हुजरआमाद्वारा हुर्काएका र हजुरआमा नभएका बच्चा बच्ची बिच उनीहरुको विकासमा के फरक छ त ? भन्ने विषय पनि कम महत्वपूर्ण छैन ।
    हजुरआमाहरुले हुर्काएका बच्चा बच्ची मोटाघाटा उनीहरु बलिया थिए । तुलनात्मक रुपमा तिनीहरुको दिमाग पनि स्मरणशक्ति राम्रो भएको र संस्कार सहितको व्यवहारबाट कार्य सम्पन्न गर्ने, गहन स्वभाव भएका बालबालिकाको जीवन पनि सफल भएको पाइन्छ अझ भन्नु पर्दा स्वस्थ शरिर र सामाजिक सहयोगी हुने गरेको पाइन्छ । राष्ट्रको लागि त्यो देशको नागरिक स्वस्थ हुनु, सभ्य हुनु राष्ट्र प्रति वफादार हुनु संस्कारी बन्नु परिवार समाज प्रति उत्तरदायित्व बोध गर्नु पक्कै पनि राष्ट्रको लागि गौरबको विषय हो तर त्यस्तो नागरिक हुर्काउने असल हजुरआमा प्रति तिनै तहको सरकारको गतिविधि तथा योगदानको मुल्याड्ढन शुन्य प्राय छ ।
    यसरी विदेशीएका छोराछोरीका सन्तान हुर्काउने मात्र होइन यहि नेपालमै बस्ने जागिर गर्ने, व्यापार गर्ने छोराछोरीका सन्तान हुर्काउनु पनि त्यति सहज छैन । हाम्रा संघसंस्थाहरुले पनि वृद्धहरुको सम्मानका लागि दोसल्ला, रामनामी च्यादरी ओढाउने र अबिरले सम्मान गरी रहदा समाज र राष्ट्र प्रतिको योगदानको तथ्याड्ढ कसले निकाल्ने भन्ने विषयबाट पनि हामीलाई र हाम्रो क्षमता प्रति पनि प्रश्न चिन्ह होइन र ?
    यसरी नेपालका हुजरआमाहरुले आप्mनो बुढेसकालमा देशको अर्थतन्त्र उकास्ने र सुरक्षित भविष्य कोर्ने विषयमा कत्रो योगदान गरेकाछन भन्ने कुरा कसले बुझ्ने ? बेवास्ताले मस्त निदाएका बेखबर भएकालाई यो विषय कति गम्भिर हुन सक्ला र ? विशेषगरी नेपाल जस्तो देशका ग्रामीण र दुर्गम क्षेत्रका हजुरआमा माथि गरिने स्वास्थ्य, शिक्षा र जीवन संचालनका लागि गरिने खर्च, खर्च होइन आउने पिढीहरुको समस्टिगत विकासको लगानी हो । जेष्ठ नागरिक जिन्दगीको साझ हो, भने उज्यालोको लागि सुन्दर लक्षण पनि हो ।
    पछिल्लो समयमा निजीक्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा करिब ८१ प्रतिशत आफुले सहयोग पु¥याएको अवस्थामा नेपाल सरकार कै नागरिक, कर्मचारी, युवा, महिला र जेष्ठ नागरिकहरुको समेत राष्ट्रको लागि लगानी सहयोग पु¥याएको विषयमा मुल्याड्ढन समेतको अभावले नागरिक मुलुक प्रतिनै उत्तरदायि नभएको अवस्था देखिन्छ । राज्यको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा कतार, दुबई, मलेसिया, भारत लगायतका देशमा श्रम गरेर पठाएको रेमिट्यान्सको समेत मुल्याड्ढन नहुनु विदेशीएका नेपाली प्रतिको दृष्टिकोण गैरजिम्मेवारी पूर्ण भएको देखिन्छ । सबै नागरिकबाट मुलुकलाई सम्वृद्धि बनाउने हो भने उनीहरुको लगानी, योगदानको लेखाजोखा, मुल्याड्ढन र सम्मान गर्न सरकार उदार हुन पनि आवश्यक छ ।
    (लेखक : नमुना सन्देश साप्ताहिकको नियमित विचार लेखक हुन्।)

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution