• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

२

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

३

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

४

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

५

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

६

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

७

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

८

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

९

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१०

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

११

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१२

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गृहमन्त्रीलाई ओलीको प्रश्न- आकाशमा चिल देखाएर यता के लुकाउन खोजिँदै छ ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण ९, मंगलबार (३ साल अघि)
    kp-oli-e1690248831332

    Advertisement

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वयमले सबैको ध्यान अन्त मोड्न विभिन्न प्रपञ्च गरिरहेको आरोप लगाएका छन् । कम्बोडियाबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले स्वतन्त्र ढंगले अनुसन्धान गर्नुपर्ने गृहमन्त्रीले अस्वाभाविक रूपमा विभिन्न व्यक्तिको फोटो पत्रिकाहरूमा छाप्न लगाएर ध्यान अन्त मोड्न खोजेको आरोप लगाएका हुन् ।

    सानोतिनो संलग्नताबाट क्विन्टल सुन विमानस्थलबाट भित्रिन नसक्ने उल्लेख गर्दै ओलीले यसमा गृहमन्त्रीको संलग्नता छ की छैन भनेर प्रश्न पनि गरे । उनले भने, ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ, आफू । उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गर्नुभएको छ की छैन ? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन ? यहाँ के आउने के जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो की होइन ? अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ । गृहमन्त्री कोटको गालामा र टारको गालामा काँक्राको बियाँ टाँस्दै बस्छन्, मुखैका छेउमा गएर । यो अत्यन्तै अनैतिक हो । गृहमन्त्रीको कृयाकलाप गैर जिम्मेवार हो । यस्ता गैर जिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ? उहाँले बताउनुपर्‍यो उहाँको संलग्नता छ छैन ? सानोतिनो संलग्नताबाट यो त भएको छैन होला ! उहाँको संलग्नता छ छैन ? छैन भने कसको संलग्नता छ ? को छ यसमा ? यतिकै कोटको गालामा बियाँ टाँस्ने होइन ।’ उनले आफूले बोल्दा गैर जिम्मेवार ढंगले बोल्न नहुनेतर्फ पनि गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले भने, ‘म उहाँलाई सचेत गराउन चाहन्छु । गृहमन्त्रीको हैसियतले उहाँले बोल्दा तरिका पुर्‍याएर बोल्नुपर्छ । बत्तमीज हुनु एउटा कुरा हो । तर यो त हद भयो । गैर जिम्मेवार भयो, अनैतिक भयो । जथाभाबी बोल्ने गृहमन्त्री भएर जथाभाबी बोल्न गृहमन्त्रीलाई छुट छ ? अर्को कोही उनको जबाफदेहिताको कुरा उठायो भने मुद्दा हाल्न जाने ? गृहमन्त्रीविरुद्ध मुद्दा हाल्ने की नहाल्ने ?’ सुरुमै पत्रिकाहरूलाई फोटो छाप्न लगाएर गम्भीर विषयलाई डाइभर्ट गरी कता मोड्न खोजेको भन्दै उनले प्रश्न पनि गरेका छन् । उनले भने, ‘चेम्बरको अधिवेशनमा खिचिएको व्यापारीसँगको फोटो गैर जिम्मेवार ढंगले छाप्यो । चेम्बरमा व्यापारी नभएर को किसान हुन्छ त ? त्यो फोटो छाप्छ । अत्यन्तै गैर जिम्मेवार ढंगले । यस्ता गम्भीर विषयलाई डाइभर्ट गर्न खोज्छ । ध्यान कता मोड्न खोजेको ? के छोप्न खोजेको ? आकाशमा चिल देखाएर यता के लुकाउन खोज्दै छ ? के छोप्न खोजिँदै छ ? गृहमन्त्री र नयाँ पत्रिकाहरूलाई सोध्न खोज्छु ।’

    गत साउन २ सोमबार निर्वाचनको पर्यवेक्षण गर्नका लागि कम्बोडिया गएका ओली एक सातापछि स्वदेश फर्किएका हुन्। सोमबार राती स्वदेश फर्केका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेललगायतका पार्टीका शीर्ष नेताहरूले स्वागत गरेका थिए । कम्बोडियामा हालै सम्पन्न निर्वाचनको पर्यवेक्षण गर्न विशेष अतिथिको रूपमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, राजन भट्टराईसहित  सचिवालयका अन्य सदस्यहरू सो भ्रमण टोलीमा सहभागी थिए । एक साता लामो कम्बोडिया बसाइका क्रममा उनले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसहित सरकारी उच्च अधिकारीसँग पनि भेट गरेका थिए।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड


  • Advertisement

    समाचार
  • १

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • २

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ३

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ४

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ५

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ६

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ७

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ८

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ९

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • १०

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution