• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

२

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

३

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

४

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

५

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

६

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

७

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

८

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

९

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

१०

उ मर्यो रे ?

११

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पर्यटन प्रवर्द्धनका लागि देवचुली डाँडामा पर्यटन सप्ताह

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० कार्तिक १५, बुधबार (२ साल अघि)
    devchuli_i9H1kgAffQ

    Advertisement

    नवलपरासी ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली डाँडामा पर्यटन प्रवर्द्धनका लागि आजदेखि पर्यटन सप्ताह–२०८० हुने भएको छ ।पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि कात्तिक २१ गतेसम्म आधार शिविर कीर्तिपुरमा पर्यटन सप्ताह आयोजना गर्न लागिएको हो । जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले देवचुली डाँडा पर्यटन प्रवर्द्धन सप्ताह आयोजना गरिएको देवचुली जेसिजका अध्यक्ष गणेश सापकोटाले जानकारी दिए।“देवचुली डाँडाको महत्वलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गरी धार्मिक र साहसिक पदयात्रा पर्यटनको प्रवर्द्धनका लागि देवचुली डाँडाको फेदी कीर्तिपुरमा सप्ताहव्यापी कार्यक्रम पहिलोपटक गर्न लागिएको हो”, उनले भने ।उक्त स्थानको सुन्दरता देशव्यापी बनाउने र त्यस क्षेत्रमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले सप्ताहव्यापीरूपमा यो महोत्सवको आयोजना गरिएको सापकोटाले बताए ।

    देवचुली नगरपालिका प्रमुख संरक्षक रहेको पर्यटन सप्ताहको आयोजना देवचुली जेसिजले गरेको हो । पर्यटन सप्ताहअन्तर्गत वडास्तरीय खुला भलिबल प्रतियोगिता, नवलपुरमा पर्यटनको सम्भावना विषयक वक्तृत्वकला प्रतियोगिता, व्यापारिक तथा व्यावसायिक स्टलहरूमार्फत स्थानीय उत्पादनको पहिचान र प्रवरद्धन, जिल्लाको कृषि उपज प्रदर्शनी एवं व्यापार, स्थानीय कला–संस्कृति, सांस्कृतिक झाँकी र नाच प्रस्तुति गरिने छ ।स्थानीय कला र संस्कृतिको प्रवर्द्धनका लागि विविध सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति गरिने बताइएको छ । साथै पालिकास्तरीय युवा नेतृत्व र बहस कार्यक्रम, स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति प्रदर्शन, टिकटक प्रतियोगिता, कवि गोष्ठी एवं रचना बाचनसँगै दैनिक देवचुली डाँडाको पदयात्रा सञ्चालन गरिने सापकोटाले बताए ।कार्यक्रमलाई अझ प्रभावकारी र रचनात्मक बनाउन देवचुली पर्यटन दौडअन्तर्गत दलदलेबाट नगरपालिका कार्यालयसम्म वडाध्यक्षहरूको दौड, नगरपालिकाबाट कीर्तिपुरसम्म मार्चपास, नवलपुरको पर्यटन साथमा देवचुली विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितासमेत समावेश गरिएको कार्यक्रम संयोजक वसन्त पोखरेलले बताए ।

    देवचुली डाँडा पर्यटकीय क्षेत्रका रूपमा जिल्लाकै गौरव रहेकाले यस क्षेत्रको विकासमा पर्यटन सप्ताह आयोजना गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताए । “देवचुली डाँडा जिल्लाकै पर्यटकीय क्षेत्र हो, हामीले प्राथमिकता दिएका छौँ, नगरमात्रै होइन राष्ट्रियरूपमा यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा चिनारी गराउन पर्यटन सप्ताह फलदायी हुने विश्वास लिएका छौँ”, उनले भने ।पर्यटन सप्ताहको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आज उद्घाटन गर्ने नगरप्रमुख न्यौपानेले बताए ।तीनतले जिल्ला (पहाड, भित्री मधेस र तराई) का रूपमा रहेको नवलपरासी – बर्दघाट सुस्तापूर्व०को पर्यटकीय क्षेत्रमध्ये देवचुली डाँडा पदयात्राका लागि परिचित रहेको छ । समुद्र सहतबाट करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा रहेको पर्यटकीय क्षेत्र देवचुली डाँडा पदयात्रीहरूको रोजाइमा पर्ने गरेको छ ।यहाँबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न भू–भागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू–भाग अवलोकन गर्न सकिन्छ । देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाको दृश्यले यहाँ पुग्ने जो–कोहीलाई पनि आनन्दित बनाउने गरेको छ । साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू–भाग डाँडाबाट सहजै अवलोकन गर्न सकिन्छ ।

    थारू समुदायले प्रत्येक वर्ष चैत पूर्णिमाका दिन देवचुली डाँडामा विशेष पूजा गर्ने गर्दछन् । यस दिन डाँडामा मेलासमेत लाग्ने गर्दछ । थारू समुदायमा यहाँ पूजाआजा गर्नाले आफ्नो कूलमा सुख, समृद्धि हुने विश्वास रहिआएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो


  • Advertisement

    समाचार
  • १

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • २

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ४

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ५

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ६

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ७

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ८

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ९

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • १०

    उ मर्यो रे ?

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution