• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    फूल खेतीमा रमाउँदै नवलपरासीका किसान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० कार्तिक १८, शनिबार (२ साल अघि)
    flower-

    Advertisement

    नवलपरासी ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१ का लक्ष्मी चालिसेले पाँच कट्ठा जमिनमा लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ । बिहान–बेलुका उहाँले यिनै फूलको गोडमेलमा सयम बिताउने गर्नुभएको छ ।फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि चालिसेले धान खेती छाडेर विगत पाँच वर्षदेखि फूल व्यवसाय सुरु गर्नुभएको हो । धान खेतीभन्दा फूलबाट मनग्य आम्दानी भएको उहाँको भनाइ छ । “पहिलो वर्ष आधा कट्ठा बाँझो जमिनमा फूल लगाएर बिक्री गर्दा रु ४० हजार आम्दानी भयो”, उहाँले भन्नुभयो, “अर्को वर्ष धान रोप्ने पाँच कट्ठा जमिनमा फूल खेती गर्न थालेको हो, धानभन्दा फूलबाट मनग्य आम्दानी भयो, अहिले निरन्तर फूल नै लगाउने गरेको छु ।”

    वार्षिक रु ३० हजारको धान उत्पादन हुने जमिनबाट अहिले खर्च कटाएर रु एक लाख बचत गर्ने गरेको चालिसेले सुनाउनुभयो । “धान त रु ३० हजारको किन्यो भने वर्षदिनलाई खान पुग्छ, फूल लगाउन थालेपछि आम्दानी बढेको छ”, उहाँले भन्नुभयो, “बिक्रीका लागि कुनै समस्या छैन्, गत वर्षकै ग्राहकहरूले माग गर्नुभएको छ ।”

    तिहार आउन केही दिन बाँकी हुँदा बगैँचामा फुलेको फूलले छुट्टै रौनक बढाएको छ । फूल खेतीबाट किसानले राम्रो आम्दानीसमेत गरेका छन् । जिल्लामा पछिल्लो समय व्यावसायिक फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।

    कावासोतीका नगरपालिका–९ का ६८ वर्षीय विष्णु पोख्रेलको दैनिकी पनि अहिले फूल बगैँचामा बित्ने गरेको छ । बाँझो रहेको जमिनलाई भाडामा लिएर कावासोती पशुपक्षी कृषि फर्म दर्ता गरी पोख्रेलले फूल खेती सुरु गर्नुभएको हो । उहाँको बगैँचामा तिहारका लागि सयपत्रीसँगै अन्य फूल पनि ढकमक्क फुलेका छन् । “पहिले यो जमिन बाँझो थियो, जग्गा भाडामा लिएर फूल रोप्ने काम ग¥यौँ”, पोख्रेलले भन्नुभयो, “गत वर्षको बजार मूल्यअनुसार यस वर्ष रु पाँच लाख आम्दानी हुने अनुमान गरेका छौँ ।”

    कावासोती–९ मा जग्गा भाडामा लिएर स्थानीयले सामूहिक फूल खेती गरेका छन् । रु ८० हजारको लगानीमा गरिएको फूल खेतीबाट यस वर्ष रु पाँच लाखसम्म आम्दानी हुने अनुमान गरिएको बाबुराम केसीले बताउनुभयो । फूल खेती गरी आत्मनिर्भर बनाउन र आयातलाई कमी गर्ने उद्देश्यले फूल खेती सुरु गरिएको केसीको भनाइ छ ।

    “करिब तीन हजार पाँच सय बिरुवा लगाएका छौँ, एक हजारदेखि दुई हजार माला बिक्री गर्ने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो, “अर्को वर्ष जमिन थप गरी फूल खेती गर्ने सोच बनाएका छौँ ।” गाउँका स्थानीय एकजुट भई निर्माण गरिएको समूहले फूल बिक्रीबाट भएको नाफालाई सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरिएको केसीले बताउनुभयो ।

    सयपत्री फूल किन्नका लागि अन्य जिल्लाबाट समेत ग्राहक यहाँ आउने गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट, कावासोती, देवचुली नगरपालिका र हुप्सेकोट गाउँपालिकालगायत क्षेत्रमा लगाइएका फूल व्यवसायीको आम्दानीको स्रोत भएको व्यापारी बताउँछन् । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution