• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ईन्धनमा चुर्लुम्म नवलपुरका जनप्रतिनिधि, कुन पालिकाले कति खर्चियो ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ जेष्ठ ३०, बुधबार (२ साल अघि)
    88

    Advertisement

    कावासोती । जनताको सेवामा निस्वार्थ खटिने भन्दै शपथ लिएका जनप्रतिनिधिहरु सेवाको नाममा बजेट दोहनमा लागेको पाइएको छ । क्षेत्रको विकास र स्तरोन्नतिका खातिर विश्वास गरेर जनताले निर्वाचित गराएका जनप्रतिनिधिहरुले तोकिएको भन्दा बढी सुविधा लिएको पाइएको हो । जनप्रतिनिधिहरुले विविध शिर्षकमा नियमानुसार नै सेवा सुविधा वापत रकम प्राप्त गर्छन् । तर नवलपुरका जनप्रतिनिधिहरु सेवाभन्दा पनि सुविधामै लालायित देखिएका छन् । जसको पछिल्लो उदाहरण हो इन्धनमा भएको खर्च ।
    गण्डकी प्रदेश राजपत्र (२०७७/३/२६) अनुसार अनुसुचीमा नगरपालिका पदाधिकारी तथा सदस्यले पाउने सुविधामा नगरपालिका प्रमुख तथा उपप्रमुखले वार्षिक १०८० लि. डिजेल पाउने उल्लेख छ ।
    कुन पालिकाले ईन्धनमा कति खर्चियो ?
    गैंडाकोट नगरपालिका
    महालेखा परीक्षकको कार्यालयद्धारा प्रकाशित आर्थिक वर्ष २०७९/८०को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार गैंडाकोट नगरपालिकाले पदाधिकारीको इन्धन खर्चमा ६ लाख २० हजार ८१ रुपैयाँ बढी भुक्तानी लिएको छ ।
    पदाधिकारीको गाडी नम्बर बा २ झ ३४०४ले आर्थिक वर्ष २०७९/८० मा ३ हजार ६ सय १४ लिटर र बा २ झ १३४९ नम्बरको गाडीमा ३ हजार २ सय ५५ लिटर ईन्धन खर्चिएको हो ।
    देवचुली नगरपालिका
    देवचुली नगरपालिकाका पदाधिकारीले पनि तोकिए भन्दा बढी इन्धन सुविधा लिएका छन् । प्रतिवेदन अनुसार नगरपालिका प्रमुख हरी प्रसाद न्यौपानेले प्रयोग गर्ने गाडी बा २ झ ४०२३ ले ४ हजार २० लिटर र उप प्रमुख पार्वता तिवारीले प्रयोग गर्ने बा २ झ १२६० नम्बरको गाडीले ५ हजार १ सय ३१ लिटर इन्धन बुझेका छन् । नगरपालिकाले प्रमुख र उप प्रमुखको गाडीका लागि मात्रै १३ लाख २८ हजार २ सय ९० रुपैयाँ खर्चिएको छ ।
    कावासोती नगरपालिका
    यता कावासोती नगरपालिकाले ईन्धन खर्चका लागि आवश्यक पर्ने कार्यविधि नै नबनाएको पाइएको छ ।
    नगरपालिकाले पदाधिकारीका लागि २५ लाख ९९ सय हजार ९८ रुपैयाँ, कार्यालय प्रयोजनका लागि ३७ लाख ९९ हजार १ सय ९३ र अन्य प्रयोजनका लागि ९० हजार ३ सय २९ गरि कुल ६४ लाख ८८ हजार ६ सय २० रुपैयाँ ईन्धनमा खर्चिएको छ ।
    मध्यविन्दु नगरपालिका
    महालेखा कार्यालयले मध्यविन्दु नगरपालिकालाई पनि ईन्धन प्रयनेगको कार्यविधि बनाई खर्चमा मितव्ययीता ल्याउन सुझाएको छ ।
    नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा पदाधिकारीका लागि ६ लाख ४१ ह्जार २ सय ७२ रुपैयाँ, कार्यालय प्रयोजनार्थ २३ लाख १७ हजार ५ सय ५५ रुपैयाँ र अन्य प्रयोजनका नाममा १० लाख ३७ हजार ४ सय ८८ रुपैयाँ गरि कुल ३९ लाख ९६ हजार ३ सय १५ रुपैयाँ ईन्धनमा खर्चिएको छ ।

    बुलिङटार गाउँपालिका
    बुलिङटार गाउँपालिकाले व्यवस्थित रुपमा ईन्धनको लगबुक नराखेको पाइएको छ । यस्तै दुई पाङ्ग्रे सवारी साधनका लागि दिइने ईन्धनको अभिलेख अध्यावधिक नगरिएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।प्रतिवेदन अनुसार गाउँपालिकाले कार्यालय प्रयोजनका लागि गाडी, जेसिबि तथा अन्य सवारीको शिर्षकमा २६ लाख ३ हजार २ सय ७२ रुपैयाँको ईन्धन खर्चिएको देखिएको छ ।
    हुप्सेकोट गाउँपालिका
    हुप्सेकोट गाउँपालिकामा आर्थिक वर्ष २०७९/८० मा ६ लाख २३ हजार ४ सय २९ रुपैयाँ ईन्धनका नाममा अनियमितता भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।जसअनुसार गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले ४ हजार १ सय ७० लिटर र उपाध्यक्ष पुर्ण सिं राना मगरले २ हजार ७ सय १९ लिटर ईन्धन सुविधा लिएका छन् ।
    बौदीकाली गाउँपालिका
    बौदीकाली गाउँपालिका उपाध्यक्ष डिल कुमारी सरुले दोहोरो सुविधा प्रयोग गरेको देखिएको छ । गण्डकी प्रदेशको गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७को दफा १६ मा ऐनले निर्धारण गरेकोमा बाहेक अन्य सुविधा नपाउने व्यवस्था छ । समन्वय समितिको कार्यालयले उपाध्यक्षलाई उल्लेखित आर्थिक वर्षको भाद्र देखि माघसम्मको १२ हजार रुपैयाँको दरले ७२ हजार रुपैयाँ भुक्तानी दिएकोमा पालिकाबाट समेत सवारी सुविधा लिएको पाइएको छ । उक्त ७२ हजार रुपैयाँ असुल गर्नुपर्ने महालेखाले जनाएको छ ।
    यस्तै गाउँपालिका अध्यक्षले पनि नियम भन्दा बढी १ हजार ५ सय २७ लिटर ईन्धन सुविधा लिएका छन् ।

    विनयी त्रिवेणी गाउँपालिका
    सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ मा सवारी साधनको ईन्धन मर्मत खर्चमा एकरुपता ल्याउन निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था गरेको छ । तर विनयी त्रिवेणी गाउँपालिकाले मापदण्ड नै तयार नगरेको पाइएको छ भने वार्षिक ईन्धन खर्च र उपयोगको विवरण खुल्ने गरि अभिलेख पनि राखेको छैन ।
    गाउँपालिकाले उल्लेखित मापदण्डको पालना नगरी ३६ लाख २९ हजार रुपैयाँ ईन्धनमा खर्चिएको छ । महालेखाले गाउँपालिकालाई ईन्धनमा भएको खर्चको यकीन गरी असूल फस्र्यौट गर्न भनेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%३%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution