• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ ५, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नमुना सदरमुकाम निर्माण प्रक्रिया सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ अषाढ ६, बिहिबार (१ साल अघि)
    333

    Advertisement

    बोमलाल गिरी , नवलपुर । नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माणका लागि प्रक्रिया अघि बढेको छ । डिपिआर तयार भई वातावरण प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको लामो समयसम्म पनि प्रक्रिया अघि नबढेपछि आलोचना भइरहेका बेला सदरमुकाम निर्माणले गति लिने देखिएको हो ।

    सदरमुकामका लागि पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र एकीकृत प्रशासनिक भवन बनाउन टेन्डर प्रक्रियाले लगभग अन्तिम रूप लिएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिनुभयो ।

    भवन निर्माणका लागि २५ वटा निर्माण कम्पनीले टेन्डर हालेका थिए । त्यसमध्ये सबैभन्दा सस्तो दरमा टेन्डर हाल्नेको नाम चयन गरिएको छ तर छनोटमा परेको कम्पनीले निकै सस्तो दरमा टेन्डर हालेकाले भवन निर्माण गर्न सक्ने त्यसको आधार खोजेर मात्र ठेकेदार कम्पनीको नाम सार्वजनिक गर्ने सघन सहरी विकास तथा भवन निर्माण कार्यालय चितवनले जनाएको छ । उक्त कम्पनीले आधार पेस गरेपछि मूल्याङ्कन गरेर आशय निकाल्ने र एक हप्ताभित्रमा सम्झौता गर्ने तयारी गरिएको भवन निर्माण कार्यालय चितवनका प्रमुख इन्जिनियर झपटबहादुर थापाले जानकारी दिनुभयो ।

    सहजीकरण गर्न समिति 

    भवन निर्माणको कामलाई सहयोग गर्न पाँच सदस्यीय जिल्ला सहजीकरण समिति बनाइएको छ । जिल्लामा रहेका कार्यालय प्रमुखहरूको बुधबारको बैठकले सहजीकरण समिति बनाएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले जानकारी दिनुभयो ।

    जिल्ला प्रशासन कार्यालयका अधिकृतको संयोजकत्वमा बनेको समितिमा डिभिजन वन, नापी, मालपोत, प्रदेश पूर्वाधार कार्यालय र सघन सहरी विकास तथा भवन निर्माण कार्यालयका एक/एक जना प्रतिनिधि राखिएको प्रजिअ पोख्रेलले जानकारी दिनुभयो । यो समितिले सदरमुकाम निर्माणका क्रममा आउने सबै समस्या समाधानका लागि सहजीकरण गर्ने बताइएको छ ।

    रुख काट्न वनलाई पत्राचार

    वातावरण प्रभाव मूल्याङ्कन अनुसार भवन निर्माण स्थलमा रहेको रुख काट्न सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले डिभिजन वन कार्यालय नवलपुरलाई पत्राचार गरेको छ । कार्यालयको पत्र अनुसार प्रक्रिया अघि बढाउने डिभिजन वन कार्यालयका प्रमुख वसन्तकेशव अधिकारीले जानकारी दिनुभयो ।

    “कार्यालयले हामीलाई पत्र पठाएको छ । हामी त्यो वन विभागमा जानकारी गराउँछौँ, वनले मन्त्रालयमा जानकारी गराएर अनुमति पाए रुख कटानको काम सुरु हुन्छ,” अधिकारीले भन्नुभयो । डिभिजन वनका अनुसार यो क्षेत्रमा रहेका ६४२ रुख कटान गर्नुपर्ने हुन्छ ।

    मन्त्रालयले अनुमति दिएमा इआइएको प्रतिनिधि आइसकेपछि उसको निगरानीमा रुखको नम्बरिङ गर्ने र कटानको काम सुरु हुने अधिकारीले बताउनुभयो । त्यसअघि सदरमुकाम निर्माणका लागि कावासोती नगरपालिका–३, राममन्दिर चौरमा सङ्घीय सरकारले उपलब्ध गराएको १८६ बिघा जग्गा पुनः नापजाँच गर्नुपर्ने र यो सबै गर्न कम्तीमा एक हप्ता लाग्ने डिभिजन वनले जनाएको छ ।

    पहिलो चरणमा तीन वटा भवन बनाइसकेपछि दोस्रो चरणमा जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला कारागार, सुधारगृह, यातायात सेवा कार्यालय, पूर्वाधार कार्यालय, सशस्त्र प्रहरी कार्यालय र प्राथमिकताका आधारमा अन्य कार्यालय निर्माण गर्ने योजना अघि सारिएको छ ।

    सदरमुकामलाई ८० करोड

    भवन निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरिएको २० करोड, अर्थ मन्त्रालयले सुनिश्चित गरेको थप ५० करोड र आगामी आर्थिक वर्षका लागि विनियोजन भएको ८० करोड लागतमा बहुवर्षीय योजना अन्तर्गत भवन निर्माणको काम अघि बढाउन लागिएको हो । रुकुमपश्चिम र नवलपुरका लागि भनेर विनियोजन गरिएको एक अर्ब २१ करोडमध्ये नवलपुरका लागि ८० करोड विनियोजन भएको छ ।

    आव २०७८/७९ मा झन्डै ३४ करोड रुपियाँ बजेट विनियोजन भएको थियो तर सो अनुसार बहुवर्षीय आयोजनामा जान पनि नसकेको र कुनै भवन निर्माण सुरु हुन पनि नसकेपछि सबै रकम फ्रिज भएको थियो । प्रारम्भिक गुरुयोजना सम्पन्न गर्न ३६ अर्ब ४३ करोड लागत अनुमान गरिएको नमुना सदरमुकाम सम्पन्न गर्न अहिले भने १६ अर्ब लाग्ने अनुमान गरिएको भवन डिभिजन भरतपुरले जनाएको छ ।  यो समाचार गोरखापत्र अनलाइनबाट साभार गरिएको हो । 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution