• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मुग्लिन–नागढुंगा खण्डमा पहिरोको त्रासैत्रास, गाडीको चापले जामैजाम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ आश्विन १७, बिहिबार (१ साल अघि)
    461976755_8562723387107664_4189971908463198399_n

    Advertisement

    धादिङ। धादिङको झ्याप्ले खोलामा शनिबार बिहान खसेको पहिरोले दुई वटा माइक्रोबस र एउटा बस पुरेको थियो । उक्त दुर्घटनामा ३५ यात्रुको मृत्यु भयो । अहिले यस खण्डको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । यही सडक भएर मुग्लिनतर्फ अघि बढ्दा जताततै पहिरो खसेको भेटिन्छ । नागढुंगादेखि मलेखुसम्म सानाठूला ५ सयभन्दा बढी स्थानमा पहिरो छ । यात्रुहरु पहिरोको त्रासैत्रासमा यात्रा गर्न बाध्य छन् ।

    सवारी आवागमन खुलाउने गरी सडकको पहिरो पन्छाइएको छ । कतिपय ठाउँमा पहिरो पूरै नपन्छाइएकाले सडक साँघुरिएको छ । नागढुंगा सुरुङको मुखनेर पुगेपछि भने पहिरोका कारण सहजै दुईतर्फी सवारीसाधन गुडाउन कष्ट छ । कतै लेदो माटोले सडक ढाकेको छ, कतै धूलैधूलो छ । पक्की पुलहरूमै दुईतर्फी यातायात सञ्चालनमा समस्या छ । नागढुंगादेखि मुग्लिनसम्मै सडक अस्तव्यस्त छ ।

    सडकमा ट्राफिक जामको सास्ती उस्तै छ । गाडीको जाम दुई किमीभन्दा लामो हुने गरेको छ । कतै सडकको लेन मिचेर चलाइनाले त कतै बीचैमा बिग्रिने सवारीसाधनले ट्राफिक जाम थपेको छ । जामले चालक र यात्रु हैरान देखिन्छन् । कुन बेला कहाँ जाम हुने हो, पत्तो हुँदैन । नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड भासिएपछि वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौं आउनुपरेको दाङका चालक हेमराज उप्रेतीले सुनाए । ‘दाउन्नेको बाटो बन्द भएपछि स्याङ्जा, पोखरा हुँदै यात्रु बोकेर आएको हुँ,’ लप्सीखोला, धादिङमा मंगलबार साँझ सवा ५ बजे भेटिएका उनले भने ।

    गत बिहीबार साँझदेखि नागढुंगा–मुग्लिन खण्डमा ट्राफिक जाम नभएको दिन छैन । लप्सीखोलाका होटल व्यवसायी शिव दुवाडीका अनुसार केही दिनअघि पोखराबाट हिँडेको गाडी दुई दिनमा आइपुगेको थियो । ‘अझै सडक राम्रोसँग खुलिसकेको छैन,’ उनले भने । स्तरोन्नतिका नाममा जथाभावी सडक भत्काइएपछि पहिरो खस्ने र ट्राफिक जाम हुने समस्या बढेको दुवाडीले बताए । बाढीपहिरोका कारण बीपी राजमार्ग, भीमफेदी–सिस्नेरी–दक्षिणकाली, कान्ति राजमार्ग बन्द भएपछि नागढुंगा–मुग्लिन सडकमा सवारी चाप बढेको छ । दिनमा २० हजारभन्दा बढी सवारीसाधन यो खण्ड भएर ओहोरदोहोर गर्छन् । मालवाहक, कन्टेनर, ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन पनि यही खण्ड भएर उपत्यका भित्रिन्छन् ।

    सवारी चाप उच्च भए पनि त्यसअनुसार सडक पूर्वाधारमा सरकारले ध्यान दिन सकेको छैन । काठमाडौं पुग्न सडक यात्रा सधैं सास्तीपूर्ण हुने गरेको सल्यानबाट काठमाडौं आएका विशाल केसीले बताए । ‘सदरमुकामबाट मंगलबार दिउँसो ३ बजे हिँडेको गाडी बल्ल (बुधबार बिहान १० बजे) फिस्लिङको पहिरोमा आइपुगेको छ,’ उनले भने, ‘सडकको समस्या नभए यतिबेलासम्म काठमाडौं पुगिसकिन्थ्यो ।’ उनका अनुसार गाडी नारायणगढ–बुटवल सडकखण्डको दाउन्नेमा मंगलबार राति २ बजे नै आइपुगेको थियो तर बाटो बिहान ५ बजे मात्र खुल्यो । ‘हिजोआज कहिल्यै समयमा काठमाडौं पुग्न सकिएको छैन,’ उनले भने, ‘सधैं कष्टको यात्रा छ ।’ झ्याप्ले खोलाको पहिरोमा परी मृत्यु भएका २७ वर्षीय सुकबहादुर गुरुङको शव उनको गाउँ गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पुर्‍याउन झन्डै १३ घण्टा लाग्यो । कान्तिपुर दैनिकबाट

    फाेटाे : मिरा राना

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution