• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

३

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

४

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

५

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

६

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

७

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

८

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

९

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

१०

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

११

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गैँडाकोट हाफ म्याराथनको उपाधि आर्मीका धावकलाई

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ पौष १५, सोमबार (१ साल अघि)
    rokaya_WaCqqaA2wk

    Advertisement

    नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालन भएको ‘गैँडाकोट हाफ म्याराथन–२०२४’ को उपाधि आर्मीका धावकले जितेका छन् ।  प्रतियोगितामा निर्धारित २१ किलोमिटर दूरी एक घण्टा १६ मिनेट आठ सेकेन्डमा पूरा गर्दै त्रिभुवन आर्मी क्लबका धावक मुकेशबहादुर पाल प्रथम भएका हुन् । प्रथम भएका पालले नगर रू एक लाख पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, प्रतियोगितामा सशस्त्र प्रहरी बलका धावक गोपीचन्द्र पार्की दोस्रो भएका छन् । पार्कीले निर्धारित दूरी एक घण्टा १७ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै रू ५० हजार पुरस्कार प्राप्त गरेका छन् ।

    प्रतियोगितामा त्रिभुवन आर्मीकै धावक नरेन्द्र सिंह रावत तेस्रो भएका छन् । रावतले एक घण्टा १८ मिनेट ५१ सेकेन्डमा दूरी पार गर्दै रू २५ हजार पुरस्कार प्राप्त गर्न सफल भएका हुन् । प्रतियोगितामा एक घण्टा २१ मिनेट ५५ सेकेन्डमा दूरी पार गर्दै त्रिभुवन आर्मीका सञ्जय श्रेष्ठ, एक घण्टा २२ मिनेट १७ सेकेन्डमा दूरी पूरा गर्दै आर्मीकै रामजी बस्नेत, एक घण्टा २८ मिनेट १० सेकेन्डमा दूरी पूरा गर्दै स्याङ्जाका धनु मानन्धर, एक घण्टा ३४ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै काठमाडौँका मिङ्मारसिंह तामा र एक घण्टा ३५ मिनेट ४९ सेकेन्डमा दूरी पूरा गर्दै सशस्त्र प्रहरी बलका खेमबहादुर शाहीले सान्त्वना भए ।

    प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्ने पाँचजना खेलाडीलाई नगद रू पाँचरपाँच हजार पुरस्कार प्रदान गरिएको विजय फाउन्डेसन नेपालका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । प्रतियोगितामा अपाङ्गता भएका ९दाहिने हात नभएका० धावक दोलखाका नवराज कार्कीले एक घण्टा ४६ सेकेन्ड २१ मिनेटमा दूरी पार गर्न सफल भएकाले उनलाई हौसलास्वरूप रू तीन हजार पुरस्कार प्रदान गरिएको थियो ।

    विजय फाउन्डेसन नेपालको आयोजनामा भएको दोस्रो संस्करणको प्रतियोगितामा देशभरका एक सय ४१ धावकको सहभागिता रहेको सापकोटाको भनाइ छ । प्रतियोगितामा महिलातर्फको उपाधिसमेत त्रिभुवन आर्मी क्लबकै धावकले जितेकी छिन् । त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले २१ किलोमिटरको दूरी एक घण्टा ४८ मिनेट ४६ सेकेन्डमा पूरा गर्दै महिलातर्फ पहिलो भएकी हुन् । न्यौपानेले रू २५ हजार पुरस्कार प्राप्त गरिन् ।

    त्यस्तै, महिलातर्फ नवलपुरको गैँडाकोट–६ की अनु मगरले दुई घण्टा ४१ मिनेट पाँच सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो र चितवनको कालिका–८ की सुनीना मगरले तीन घण्टा एक मिनेट ३७ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भइन् । महिलातर्फ दोस्रो र तेस्रो हुने धावकहरूले क्रमशः रू १५ हजार र रू पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।

    प्रतियोगिताअन्तर्गत नै आयोजना गरिएको पाँच किलोमिटर दूरीको विद्यार्थीमैत्री दौडमा जनक नमूना माविका मनुप थापा पहिलो भएका छन् । उनले ३२ मिनेट ३५ सेकेन्डमा दूरी पूरा गर्दै रू १० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा कालिका माविका अनमोल विटालोले ३२ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै रू पाँच हजार तथा जनक नमूना माविकै दीपेश मगरले ३२ मिनेट ५२ सेकेन्डमा दूरी पार गर्दै रू तीन हजार पुरस्कार प्राप्त गरे ।

    त्यस्तै, प्रतियोगितामा छात्रातर्फ विजय सामुदायिक शिक्षा सदनकी सुर्ताना दराईले ४३ मिनेट तीन सेकेन्डमा दूरी पार गर्दै पहिलो हुँदा रू पाँच हजार पुरस्कार प्राप्त गरिन् । प्रतियोगितामा ४४ मिनेट पाँच सेकेन्डमा दूरी पार गर्दै विजय सामुदायिक शिक्षा सदनकी सामना गौतमले रू तीन हजार, ४५ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै जनक नमूना माविकी गरिमा अधिकारीले रू दुई हजार पुरस्कार प्राप्त गरिन् । विद्यार्थीमैत्री दौडमा गैँडाकोट नगरपालिकाभित्र रहेका कक्षा १० सम्म अध्ययन गर्ने तीन सय दुईजना खेलाडीको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, धावक वैकुण्ठ मानन्धरसहितले धावकहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा अधिकारीले खेलकुदको क्षेत्रमा नगरपालिकाले सक्दो लगानी गरिरहेको बताउनुभयो । आगामी दिनमा समेत पालिकाले खेलकुदको क्षेत्रलाई प्रवर्द्धन गर्नेगरी नीति तथा योजना बनाएर काम गर्दै जाने बताउनुभयो ।

    हाफ म्याराथन समापनका अवसरमा विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटाले विकासको क्षेत्रमा अगाडि भएका मुलुकहरू खेलकुदमा समेत अगाडि रहेका दाबी गर्नुुभयो । उहाँले खेलकुदको माध्यमबाट विकासलाई अगाडि बढाउन भूमिका खेल्ने भन्दै खेलकुद र विकासको सम्बन्ध महत्त्वपूर्ण रहेको बताउनुभयो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • २

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ३

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ४

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ५

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ६

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ७

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ८

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ९

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • १०

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution