• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १९, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

२

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

३

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

४

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

५

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

६

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

७

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

८

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

९

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

१०

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

११

उ मर्यो रे ?

१२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको विनयी त्रिवेणीले खेर गएको पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्दै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ पौष १७, बुधबार (१ साल अघि)
    d156fede-2e02-4095-ac64-4c2c82cf669d

    Advertisement

    मध्यविन्दु । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ । वनमा खेर गएको पातपतिङ्गरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । ‘विनयी जैविक मल उत्पादन उद्योग’ सञ्चालन गरी स्याउला, घाँसपातको प्रयोगबाट जैविक मल उत्पादन सुरु गरिएको उनको भनाइ छ ।

    ‘विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा रहेको विनयी सामुदायिक वन उपभोक्ता समूहमा स्थापना गरिएको उद्योगमा अहिले जैविक मल तयार गरी बिक्री सुरु भएको छ’, उनले भने, ‘यस वर्ष एक सय २५ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको छ ।’

    केही वर्ष अघिसम्म सामुदायिक वनले जैविक मल उत्पादन गर्दै आएकोमा गत वर्षदेखि गाउँपालिकाले स्वामित्व लिँदै उद्योगका रूपमा काम अगाडि बढाएको हो । विज्ञहरूको सहयोगमा माटो र मलको गुणस्तरसम्बन्धी अनुसन्धान सम्पन्न गरी गुणस्तरीय मल उत्पादन सुनिश्चित गरिएको गाउँपालिका अध्यक्ष गिरीले जानकारी दिए । वनजन्य झाडी तथा हिउँदमा डढेलो निम्त्याउने तत्वलाई नियन्त्रण गर्न जैविक मलको उत्पादन प्रभावकारी हुने उनले बताए ।

    ‘गाउँपालिकाभित्र ४१ वटा सामुदायिक वन, दुई वटा धार्मिक वन र दुई वटा मध्यवर्ती वन छन्, यी सबै वनलाई जैविक मल उत्पादन उद्योगसँग जोड्दै लैजाने प्रक्रियामा रहेका छौं, उनले भने, ‘यो योजनाले रासायनिक मललाई विस्थापित गर्दै जैविक मललाई प्राथमिकता दिने, स्थानीय जनताको आयआर्जनको स्रोत विस्तार गर्ने र वातावरण संरक्षणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।’

    वन जङ्गलबाट सङ्कलन गरिएको स्याउला तथा घाँस पात जम्मा गरे पछि जैविक मल उत्पादन गर्न ९० दिन लाग्छ । उत्पादन प्रक्रिया पूर्ण रूपमा व्यवस्थित र पर्यावरणमैत्री रहेको अध्यक्ष गिरीले बताउनुभयो । वनमा स्याउला तथा घाँस सङ्कलन गर्न विनयी सामुदायिक वनका ८० जना उपभोक्ताहरू अहिले काममा जुटेका छन् ।

    ‘अहिले एउटा वनबाट मात्रै ८० जना उपभोक्ताले प्रत्यक्ष रोजगारी पाएका छन्’, उनले भने, पालिकाभित्रका ४१ वटा सामुदायिक वनबाट वायोमास सङ्कलन सुरु गर्दा पाँच हजारले प्रत्यक्ष रोजगारी पाउने छन् ।’

    जङ्गलमा रहेको स्याउला, घाँसपात सङ्कलनका लागि ८० जना उपभोक्ताहरू दैनिक रूपमा काममा आउने गरेको विनयी सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष बालु पुरीले बताए । जैविक मल उत्पादनका लागि एनसाव नेपाल र एफएयुले तालिम तथा अन्य प्राविधिक सहयोग गरेका छन् ।

    उपभोक्ताले सङ्कलन गरेको हरियो स्याउलालाई प्रतिकिलो दुई रुपैयाँले खरिद गरिने उनले जानकारी दिए । उद्योगबाट उत्पादन भएको मल गाउँपालिकाभित्र प्रतिकेजी २० रुपैयाँ र बाहिर प्रतिकेजी २५ रुपैयाँका दरले बिक्री सुरु गरिएको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी


  • Advertisement

    समाचार
  • १

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • २

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ३

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ४

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ५

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ६

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ७

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ८

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ९

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • १०

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution