• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ कार्तिक २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

२

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

३

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

४

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

५

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

६

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

७

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

८

तोलामा ४ हजार ८ सय घट्यो सुन

९

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१०

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

११

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

१२

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गण्डकी सरकारले खुलायो ढलेका रूख बेच्ने कानुनी बाटो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ माघ १६, बुधबार (९ महिना अघि)
    gandaki2024-08-30-08-39-52

    Advertisement

    पोखरा । गण्डकी प्रदेश सरकारले वन क्षेत्रमा ढलापडा रूख सङ्कलन गरेर बेच्न बाटो खुला गरेको छ ।  ४ वर्षदेखि यस्ता वन पैदावार सङ्कलन र बिक्री वितरण रोकिएको थियो । अहिले सरकारले नीतिगत निर्णय गरेर बाटो खुला गरिएको मन्त्री भेषबहादुर पौडेलले जानकारी दिए । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७७ माघ ११ गते खारेज भएपछि यस्ता रूख बेच्न प्रतिबन्ध थियो । ‘सबै रूख जङ्गलमा कुहिएर जाने अवस्था बन्यो । कार्यविधि पनि नबनेको, निर्णय पनि नभएको अवस्था थियो,’ उनले भने, ‘त्यस्ता काठदाउरा मार्केटमा ल्याउनुपर्छ भनेर मैले नीतिगत निर्णय गराएको छु ।’ सरकारले नयाँ कार्यविधि निर्माणसमेत थालेको पौडेलले जानकारी दिए ।  ‘बजारमा काठको अभाव छ । जङ्गलमा कुहिएर गएको छ । राज्यलाई आम्दानी पनि हुने, काठ पनि नकुहिने हिसाबबाट कार्यविधि तयार गर्दैछौं,’ उनले थपे, ‘कार्यविधि यही आर्थिक वर्षभित्र तयार हुन्छ । तत्कालका लागि नीतिगत निर्णय गरेर खुला गरिएको हो ।’  फागुनदेखि जेठसम्म यस्ता काठदाउरा निकालेर बिक्री गरिने उनको बताए । सरकारले निजी वनको काठ दाउरासमेत व्यवसायिक प्रयोजनका लागि खुला गरिदिएको छ । गण्डकी प्रदेशभित्र चालु वर्षको हालसम्म ३ लाख ४७ हजार क्युविक फिट काठ र ३ सय ४७ चट्टा दाउरा उत्पादन भएको छ ।

    विभिन्न सामुदायिक वनबाट ५७ हजार क्युविक फिट काठ र ४९ चट्टा दाउरा बिक्री गरिएको सरकारी तथ्याङ्क छ । वन पैदावारको बिक्री, जडीबुटी सङ्कलन र बिक्रीबाट ७ करोड रुपैयाँ सरकारले आम्दानी गरेको छ । गत वर्षको यही अवधिमा १ करोड ७५ लाख मात्रै आम्दानी गरेको थियो ।  सामुदायिक वन उपभोक्ता समूहले मात्रै वन पैदावारबाट ५ करोड १६ लाख आम्दानी गरेका छन् । ‘वनबाट राजस्व बढाउने हो । त्यसबाट मात्रै वन मन्त्रालयलाई हेर्ने दृष्टिकोण फेरिन्छ,’ पौडेल भन्छन्, ‘प्रदेशलाई आत्मनिर्भर बनाउन वन महत्त्वपूर्ण क्षेत्र भनेर सरकारले पुष्टि गर्छ ।’ प्रदेशभरि ८ लाख १७ हजार हेक्टर वन क्षेत्र छ । तीमध्ये सबैभन्दा बढी सरकारी वन छन् । ६६ दशमलव ८ प्रतिशत सरकारले व्यवस्थित गरेको वन छ भने सामुदायिक वन ३२ प्रतिशत छ । यस्तै, साझेदारी वन ० दशमलव ८ प्रतिशत, कबुलियती वन ० दशमलव ६५ प्रतिशत, धार्मिक वन ० दशमलव ४ प्रतिशत र सरकारद्वारा व्यवस्थित चक्ला वन ० दशमलव ४७ प्रतिशत छ । मन्त्री पौडेलले कार्यभार सम्हालेको १ सय दिनमा गरेका कामबारे पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका हुन् ।

    वन्यजन्तुले गरेको क्षतिमा राहत 

    प्रदेश सरकारले वन्यजन्तुबाट भएको क्षतिको रकमसमेत वितरण गर्न थालेको छ । केही वर्षदेखि रोकिएको क्षतिपूर्ति वितरण अहिले सुरु भएको सचिव जीवनाथ पौडेलले जानकारी दिए । उनका अनुसार १ करोड १० लाख रुपैयाँ विभिन्न जिल्लामा वितरण गरिएको छ । ‘३–४ वर्षदेखि रोकिएर बसेको थियो । वन्यजन्तुबाट घाइते र मृत्यु भएकाहरू थिए । त्यसमा १ करोड संघ सरकारबाट र ७८ लाख प्रदेशले दिन बाँकी थियो,’ उनले भने, ‘छिटो गरौं भन्दा पनि सकिएको थिएन । अहिले आएर वितरण गरिएको छ ।’

    यो वर्ष गण्डकीमा वन्यजन्तुको आक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । ३१७ वटा पशुधनको क्षति भएको तथ्याङ्क छ । तनहुँमा चितुवाको आक्रमण र नवलपुरमा गैँडाको आक्रमणबाट मानवको मृत्यु भएको थियो । उनीहरूका परिवारलाई प्रतिमृतक १० लाखका दरले वितरण गरिएको पौडेलले जानकारी दिए । सख्त घाइतेको हकमा भने २ लाखसम्म दिने कानुनी व्यवस्था छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन


  • Advertisement

    समाचार
  • १

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • २

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ३

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ४

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ५

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ६

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ७

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • ९

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • १०

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution