
कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले कावासोतीबाट अवैध नदिजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने एक वटा जेसिबी र ६ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ । गएराती कावासोती–११ लोकाहा खोलाबाट १ जेसिबी, २ ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।
त्यस्तै गएराती नै विनयीत्रिवेणी–२ विनयीखोलाबाट ४ वटा ट्र्याक्टर गरी १ वटा जेसिबी ६ वटा ट्र्याक्टर अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार गर्दै गर्दा नियन्त्रणमा लिइएको डिएसपी सन्तोष पाठकले बताउनुभयो । नियन्त्रणामा लिएको सवारी साधन र चालकलाई आवश्यक कारवाहीको लागी राखिएको उहाँले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१