• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ जेष्ठ १८, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुरमा नेचर गाइड तालिम समापन : २१ दिने तालिमबाट ४१ जना प्रशिक्षित

२

मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

३

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

४

नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

५

अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

६

बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

७

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

८

पेट्रोलियम पदार्थको मूल्य घट्यो

९

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

१०

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

११

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

१२

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेपाललाई फाइदै–फाइदा , बैशाखमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउने निश्चित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २१, शनिबार (६ साल अघि)
    maxresdefault

    Advertisement

    काठमाडै । अहिलेकै गतिमा काम भइरहे आगामी बैशाखसम्ममा पाइपलाईनमार्फत् भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउने निश्चित भएको छ । अहिलेसम्म मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको करिब ७० किलोमिटरमध्ये २५ किलोमिटर पाइप विच्छ्याउने काम सकिएको छ ।

    र, बाँकी पाइप विच्छ्याउने काम पनि द्रुत गतिमा भइरहेको छ । नेपाल आयल निगमले आगामी फागुन–चैतबाट डिजेल ढुवानी सुरु गर्ने लक्ष्यको छ । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर परियोजनाको रुपमा रहेको यो आयोजना इन्डियन आयल कर्पोरेसन आइओसीको २ अर्ब भारतीय रुपैयाँ भन्दा बढी लागतमा निर्माण भइरहेको हो । नेपालतर्फ आयल निगमका निर्देशक भानुभक्त खनाल संयोजक रहेको टिमले परियोजना हेरिरहेको छ । परियोजनाको हालसम्मका प्रगतिबारे निर्देशक खनाल ।

    परियोजनाअन्तर्गत नेपालतर्फ कुल ३७.२५ किलोमिटर पाइप बिछ्याउनुपर्नेछ । त्यसमध्ये जंगलको १० किलोमिटर र परवानीपुरको करिब डेढ किलोमिटर बाँकी छ । भारततर्फ मोतिहारीसम्म ३२.६५ किलोमिटर पाइप गाडिनेछ । त्यसमध्ये ३ किलोमिटर मात्र बाँकी छ । सन् २०१९ को फेब्रुअरीसम्ममा पाइप गाड्ने सबै काम सक्ने लक्ष्य नेपाल आयल निगमले लिएको छ ।

    जितपुर तथा परवानीपुरको कुल ३.६ किलोमिटर खण्डमा ड्रिलिङ प्रविधिबाट अर्थात जमिनभित्र दुलो पारेर पाइप गाडिएको छ । यो प्रविधिबाट सडकको फुटपाथदेखि ठीक तल पर्ने जमिनमुनि ८ देखि १६ मिटरसम्म मुनि पाइप गाडिएको छ  ।

    अहिले पथलैयादेखि अमलेखगन्ज खण्डमा पर्ने १० किलोमिटर दूरीमा पाइप बिछ्याउन बाँकी छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने सडकखण्डमा पर्सा वन्यजन्तु आरक्षको जंगल पर्ने भएकाले पाइप बिछ्याउँदा ६ हजार ५ सय ६३ रूख काट्नुपर्ने देखिएको छ । त्यस्तै साना बिरुवा करिब ५ हजार काट्नुपर्ने देखिएको छ । पहिलो चरणमा वैशाखदेखि नै पाइपलाइनबाट इन्धन झार्न नेपाल आयल निगमले केही साताअघि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पनि स्वीकृत गराइसकेको छ ।

    परियोजनाका संयोजक समेत रहेका खनाल भन्छन्, बैशाखसम्ममा डिजेल नेपाल ल्याउन सकिन्छ । सुरुमा रक्सौलबाट पाइप ल्याउने भनिएपनि अहिले विस्तार भएर मोतिहारीसम्म पुगेको छ । आइओसीले मोतिहारी डिपोलाई पूर्ण रूपले सञ्चालनयोग्य बनाइसकेको छैन । त्यसैले मोतिहारी–अमलेखगन्ज पाइपलाइनमा पटनाबाट डिजेल आउँछ ।

    जसकारण अहिले १ सय ९० किलोलिटर प्रतिघन्टाका दरले डिजेल आउँछ । तर, जब मोतिहारी डिपोको निर्माण सम्पन्न हुन्छ, त्यसपछि प्रतिघन्टा २ सय ९० किलोलिटर डिजेल आउँछ । आइओसीले सन् २०१९ भित्र मोतिहारी डिपोको निर्माण सक्ने लक्ष्य राखेको छ । यो हिसावले पेट्रोल, डिजेल लगाएत इन्धन आउनेगरी परियोजनाको पुर्ण रुपमा काम भने २०७७ असोजभित्र सकिने आपूर्ती मन्त्रालयका प्रवक्ता बताउछन् ।

    यो बाहेक अमलेखगञ्जमा पेट्रोलियम पदार्थ भण्डारणको लागी ट्याङ्क मर्मत र निर्माणको काम पनि भइरहेको छ । र अन्य संरचना निर्माणको काम पनि भइरहेको छ ।

    यो मल्टी प्रोडक्ट पाइपलाईन हो । यसबाट डिजेल, पेट्रोल र मट्टीतेल आयात हुनेछ । तर यो पाइपबाट अहिले डिजेल मात्र आयात गर्ने योजना छ । मागको करिब ६० प्रतिशत डिजेल पाइपबाट आउन सक्ने देखिन्छ । पाइप सञ्चालन भएको केही समयपछि पेट्रोल, मट्टीतेल पनि आयात हुनेछ । यद्यपि हवाईइन्धन यो पाइपबाट ल्याउने कि के गर्ने भनेर टुंगो लगाउन बाँकी छ ।

    चाँडै सम्पन्न होस्

    मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भएपछि नेपालले यसबाट निकै लाभ लिन सक्नेछ । पाइपलाइन निर्माण भएपछि वीरगञ्ज नाकामा भन्सार क्षेत्रमा हुने लामो जाम र भीडसमेत अन्त्य हुने र वीरगञ्ज–पथलैया–अमलेखगञ्ज सडकखण्डमा ट्यांकरको चाप घट्ने छ ।
    नेपालमा आयात हुने कूल पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत हिस्सा वीरगञ्ज नाका भएर भित्रने भएकाले पनि पाइपलाइन निर्माणपछि सहज अवस्था आउने विश्वास लिइएको छ ।

    निगमले अहिले भारतको बैरगनिया र रक्सौलमा रहेको आइओसीको डिपोबाट पेट्रोलियम पदार्थः डिजेल, पेट्रोल, मट्टीतेल, हाई स्पिड डिजेल र हवाई इन्धन ट्यांकरमार्फत अमलेखगञ्जमा रहेको आयल निगमको डिपोमा आयात गर्दै आएको छ । पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आयात गर्दा ढुवानी भाडा कम लाग्नुका साथै चुहावटमा पनि नियन्त्रण आउने आयल निगमको दाबी छ ।

    पाइपलाइन आयोजना निर्माणपछि भारतको डिपोबाट प्रतिघण्टा दुई लाख लिटर इन्धन अमलेखगञ्जको डिपोमा ल्याउने आयल निगमले लक्ष्य राखेको छ । पाइपलाइन भविष्यमा विस्तार गरेर चितवनसम्म लैजाने लक्ष्य राखिएको छ ।
    करिब १४ बर्ष अगाडी, सन् २००४ मा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन आइओसीबीच एउटा समझदारीपत्रमा हस्ताक्षर भएपछि पाइपलाईनमार्फत सिधै पेट्रोलियम पदार्थ ल्याउने उदेश्यसहित परियोजनाले गति समातेको थियोे । तर यसपछि खासै प्रगति भएको थिएन ।

    पाँच वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नेपाल भ्रमण गरी तत्कालीन संविधानसभामा बोल्दै पाइपलाइन परियोजना अघि बढाउने बताएका थिए । त्यसपछि भने यो परियोजनाले गति लिएको हो । मोदीले नेपालको संसद्मा बोलेको हप्ता दिनभित्रै आइओसीको प्रतिनिधिमण्डल परियोजना सर्भेका लागि आयो । त्यसपछि निगमको टिम पनि समावेश भएर काम अगाडि बढाइएको थियो ।

    भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र नेपालका तर्फबाट तत्कालीन आपूर्तिमन्त्री सुनीलबहादुर थापाको उपस्थितिमा आइओसी र निगमबीच ०७२ भदौ ७ मा पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । सन् २०१७ भित्र नै सम्पन्न गर्ने लक्ष्य राखिएको पाइपलाइन आयोजना निर्माणको काम, भुकम्प र नाकाबन्दी तथा नेपाल आयल निगम र आइओसी दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइले गर्दा ढिलो हुन पुगेको थियो ।

    यो बीचमा गत वर्ष चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा पाइपलाइन परियोजना शिलान्यास गरेपछि निर्माण कार्य अघि बढाउन सहज भयो । शिलान्यास भएपछि नेपालतर्फ पाइप विछ्याउन थालियो । दुवै देशका प्रधानमन्त्री परियोजनासँग जोडिएपछि काम अघि बढाउनुपर्ने दबाब आइओसी र निगम दुवैलाई छ । र अहिले काम दु्रत गतिमा नै अगाडी बढिरहेको छ । तसर्थ बाँकी कामलाई पनि यहि गतिमा अगाडी बढाउँदै कामलाई चाँडै सक्नुपर्ने जरुरी देखिन्छ ।

    news24nepal.tv बाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुरमा नेचर गाइड तालिम समापन : २१ दिने तालिमबाट ४१ जना प्रशिक्षित

  • मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

  • कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह


  • Advertisement

    समाचार
  • १

    नवलपुरमा नेचर गाइड तालिम समापन : २१ दिने तालिमबाट ४१ जना प्रशिक्षित

  • २

    मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

  • ३

    कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • ४

    नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • ५

    अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • ६

    बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

  • ७

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • ८

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ९

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • १०

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    namunasandesh@gmail.com

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution