• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

२

जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

३

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

४

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

५

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

६

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

७

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

८

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

९

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

१०

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

११

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    खाजा कटौतीपछि विद्यालय जानै छाडे चेपाङ बालबालिका

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २३, सोमबार (७ साल अघि)
    chepang-garib-garibi

    Advertisement

    चितवन । २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका छन् ।

    खाजा कार्यक्रमपछि आर्थिक अवस्था निकै कमजोर भएका चेपाङ समुदायका बालबालिकाको विद्यालयमा भर्नादर र उपस्थिति दर बढेको थियो तर भदौदेखि सरकारले दिँदै आएको खाजा कार्यक्रम हटेपछि चेपाङ समुदायका विद्यार्थी विद्यालयमा नियमित हुन सकेका छैनन् ।

    चेपाङ समुदायका बालबालिका मात्रै अध्ययन गर्दै आइरहेको राप्ती नगरपालिका–१३ कालीटारको आधारभूत विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठ खाजा कार्यक्रम हटेपछि विद्यार्थीलाई नियमित बनाउन धौँधौँ भइरहेको बताउँछन् । ‘पाँच महिनादेखि विद्यालयमा विद्यार्थी नियमित आउने दर कम छ’, उनले भने, ‘विद्यालय आउने विद्यार्थी पनि खाना नखाई न्याउरो मुख लगाएर आउने गरेका छन् ।’

    चिसो बढी भएकाले र भौगोलिक विकटताका कारण पनि बालबालिका नियमित हुन नसकेको श्रेष्ठको भनाइ छ ।

    चिसोमा लगाउने स्वीटरसमेत नहुँदा कतिपय बालबालिका नियमित हुन सकेका छैनन् । आधारभूत विद्यालयमा पैदल एक घण्टासम्म हिँडेर बालबालिका विद्यालय आउने गरेका छन् । १७२ चेपाङ बालबालिका अध्ययन गर्ने आधारभूत विद्यालयमा अहिले ४० देखि ५० जना मात्रै नियमित विद्यालय आउने गरेका छन् । वडा नम्बर १३ को ग्यामिराङ, थानडाँडा, खोलाधारी, कुमैटारलगायतका क्षेत्रबाट अध्ययनका लागि विद्यार्थी आधारभूत विद्यालयमा आउने गरेका छन् ।

    राप्ती नगरपालिकाकै वडा नम्वर १३ को राष्ट्रिय आधारभूत विद्यालयमा पनि विद्यालयमा विद्यार्थी नियमित नहुने समस्या उस्तै छ । विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार शाहले ८५ विद्यार्थीमध्ये आधा विद्यार्थी मात्र नियमित विद्यालय आउने गरेको बताए । ८५ मा ८४ जना चेपाङ बालबालिका र एक जना दलित विद्यार्थी छन् ।

    ‘डेढ–दुई घण्टा हिँडेर विद्यार्थी विद्यालय आउनुपर्ने बाध्यता छ, शाहले भने, गरीबीका कारण सबै अभिभावकले विद्यालय पठाउँदैनन् ।’ धेरै बालबालिका हुने घरमा आमाबुबा मेलापात जाने र विद्यालय आउने उमेरका बालबालिकालाई भाइबहिनी हेर्न लगाउने गरिएको छ ।

    खाजा कार्यक्रम हुँदासम्म विद्यार्थीलाई विद्यालयमा टिकाउन सहज भएको उनको भनाइ छ । ठूलो सङ्ख्यामा विद्यालय बाहिर रहेका विद्यार्थीलाई स्कूलमा तान्न र टिकाइराख्न दिवाखाजा प्रभावकारी बनेको राप्ती नगरपालिकाका शिक्षा अधिकृत हुमाकान्त अधिकारीले बताए । केन्द्रले बजेट कटौती गरेका कारण नगरपालिकाको स्रोत साधनले खाजा कार्यक्रमलाई निरन्तरता दिन नसकेको उनले बताए । ‘नगरपालिकाभित्रका चेपाङ बालबालिकाका लागि मात्रै खाजामा करीब रु ४५ लाख खर्च हुन्छ’, उनले भने, ‘नगरपालिकाले छुट्टाएको रु १० लाख बजेटले सीमित क्षेत्रलाई पनि पुग्दैन् ।’

    नगरपालिकाको पहाडी क्षेत्रको १०, ११ १२ र १३ नम्बर वडामा दुई हजार ८०० विद्यार्थीमध्ये दुई हजार २०० चेपाङ बालबालिका मात्रै रहेको अधिकारीले बताए ।

    अन्य ६०० मा पनि अधिकांश जनजाति समुदायका विद्यार्थी छन् । भौगोलिक विकटतासँगै घरमा समयमै खाना खान नपाउने भएकै कारण बालबालिका विद्यालयसम्म आउने वातावरण नबनेको अधिकारीको भनाइ छ । उनले बालबालिकालाई नियमित बनाउन न्यानो कपडा वितरण, छलफल, अन्तक्र्रियालगायतका कार्यक्रम निरन्तर गरिरहेको जानकारी दिए ।

    बालबालिका टिकाउन विद्यालयमै छात्रावास

    राप्ती नगरपालिकाले पहाडी क्षेत्रका बालबालिका विद्यालयमा टिकाउन छात्रावासको व्यवस्था गर्ने भएको छ । केही विद्यालयमा छात्रावास निर्माण भइसकेका छन् भने केही निर्माण हुने चरणमा छन् ।

    राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले भौगोलिक विकटताका कारण बालबालिका समयमै विद्यालय उपस्थित हुन नसकेपछि विद्यालयमै छात्रावासको व्यवस्था गर्न लागिएको बताए । वडा नम्बर ११ को थाकलटारमा छात्रावास निर्माण भई सञ्चालनमा आएको छ भने वडा नम्बर १२ को यउरालीटारमा छात्रावास निर्माणाधीनको अवस्थामा रहेको प्रमुख बरालले बताए । अन्य विद्यालयमा पनि छात्रावास निर्माणको लागि प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

    onlinekhabar.com मा प्रकाशित

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात


  • Advertisement

    समाचार
  • १

    जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • २

    जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • ३

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • ४

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ५

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ६

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ७

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ८

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ९

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • १०

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution