• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

२

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

३

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

४

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

५

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

६

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

७

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

८

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

९

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

१०

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

११

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१२

आज देशभर उम्मेदवारी दर्ता हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेपाल विश्वविद्यालय स्थापनको लागि मध्यविन्दु नगरपालिकाद्वारा आवश्यक सहमति प्रदान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र ३०, बिहिबार (३ साल अघि)
    inbound890460096058102452

    Advertisement

    तिर्थराज डुम्रे

    चोरमारा । नेपाल विश्वविद्यालय स्थापनाको लागि मध्यविन्दु नगरपालिकाले आवश्यक सहमति पत्र बिहिबार हस्तान्तरण गरेको छ । नेपाल विश्वविद्यालय स्थापना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले विश्वविद्यालय पुर्वाधार विकास निर्माण तयारी समितिका संयोजक डा. अर्जुन कार्कीलाई जग्गा व्यवस्थापनको विषयमा वडा र नगरकार्यपालिकाबाट भएको निर्णयको पत्र हस्तान्तरण गर्नु भएको हो । नेपाल विश्वविद्यालय स्थापनको सम्बन्धमा बिहिबार मध्यविन्दु नगरपालिकामा नगरपालिका भित्रका विभिन्न सरोकारवालाहरुको सहभागितामा अन्तक्र्रिया भएको थियो । अन्तक्र्रिया कार्यक्रमको शुरुवातमा विषय प्रवेश गर्दै नगर प्रमुख भिमलाल अधिकारीले मध्यविन्दु नगरपालिका क्षेत्रमा विश्वविद्यालय स्थापना हुनु गर्वको विषय हुने भन्दै त्यसको लागि सबै सरोकारवाला पक्षको साझाँ बुझाई र पहल आवश्यक रहेको बताउनुभयो । उहाँले विश्व इतिहासमा विश्वविद्यालयको इतिहास लामो भएपनि नेपालमा करिव सात दशक मात्रै लामो विश्वविद्यालय इतिहास रहेको उल्लेख गर्दै अब बन्ने नेपाल विश्वविद्यालय हरेक दृष्टिले उत्कृष्ट हुनुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालय स्थापनाको लागि मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित जग्गालाई व्यवस्थापन गर्नेगरी दुवै पालिका र सो क्षेत्रका स्थानीयको समेत सहमति प्राप्त भएको भन्दै अब त्यस तर्फ आवश्यक कार्य अगाडी बढाउन समेत निर्माण तयारी समितिलाई अनुरोध गर्नुभयो ।

    अन्तक्र्रियामा विश्वविद्यालय स्थापनको लागि भएका हाल सम्मको प्रयास र अबको अवस्था बारेमा पुर्वाधार विकास निर्माण तयारी समितका संयोजक डा. अर्जुन कार्कीले जानकारी गराउनु भएको थियो ।

    नेपाल सरकारबाट विश्वविद्यालय स्थापना सम्बन्धि ऐन पारित भएर संसदिय सुनुवाईको चरणमा पुगेको भन्दै उहाँले विश्वविद्यालय स्थापनाको लागि आवश्यक जग्गाको व्यवस्थापन गर्न समिति अहिले लागि परेको बताउनुभयो । नवलपुरको विभिन्न स्थानीय तहमा विद्यालय स्थापनको लागि जग्गा व्यवस्थापनको सम्बन्धमा अवलोकन गरिरहेको उहाँले जानकारी गराउनुभयो । मध्यविन्दु नगरपालिकाले जग्गा व्यवस्थापनको लागि गरेको पहल महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा सहभागीहरुले विश्वविद्यालयमा अध्ययन हुने विषय, हाल कायम रहेका भन्दा नेपाल विश्वविद्यालय के अर्थमा फरक र मध्यविन्दु नगरपालिकामा विद्यालय स्थापनको लागि नगरपालिकाले वा नागरिक समाजले खेल्नुपर्ने भूमिकाको बारेमा जिज्ञासा राखेका थिए ।

    सहभागीहरुबाट उठेको जिज्ञासाको जवाफ दिदै डा. कार्कीले नेपाल विश्वविद्यालय कुनै निजि विश्वविद्यालय नभई सार्वजनिक विश्वविद्यालय हुने बताउनुभयो । उहाँले हाल रहेका विश्वविद्यालय भन्दा व्यवस्थापकीय र अध्ययनको दृष्टिकोणले यस विद्यालयलाई समय सापेक्ष बनाउने तर्फ आफुहरुको ध्यान रहेको बताउनुभयो ।

    शिक्षा विद् डा. पुर्णकान्त अधिकारीले नेपाल विश्वविद्यालयबाट उत्पादन हुने विद्यार्थी स्थानीय रुपमा सान्र्दभिक र विश्वबजार संग प्रतिशपर्दा गर्न सक्ने हुनुपर्नेमा जोड दिनु भयो । डा. तीर्थ थापाले विश्व विद्यालय स्थापनामा राजनितिक हस्तक्षेपलाई निरुत्साहित गर्दै स्वयत्त समिति निर्माण गरेर उत्कृष्ट बनाउने तर्फ अहिले नै सचेत रहेको बताउनुभयो ।

    डा. अमिना सिंहले अहिले विश्वविद्यालयको पाठ्यक्रम निर्माणको विषयमा छलफल भइरहेको भन्दै नैतिकवान् विद्यार्थी उत्पादन गर्न तर्फ हाल समितिमा रहेका र छलफलमा सहभागी विज्ञहरु प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा खेम लकाई, राजेन्द्र दाहाल, प्रभाकर पोखरेल लगायत विश्वविद्यालयको सान्दर्भिकताको बारेमा उजागर गर्नुभयो ।

    अन्र्तक्र्रिया कार्यक्रममा मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले विश्वविद्यालय स्थापना नगर र समग्र जिल्लाको लागि गौरवको विषय हुने बताउनुभयो ।

    हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पुर्णसिं रानाले हुप्सेकोट गाउँपालिका विश्वविद्यालय स्थापनाको लागि आवश्यक छलफल र निर्णयका साथ अगाडी बढेको बताउनुभयो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने


  • Advertisement

    समाचार
  • १

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • २

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ३

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ४

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ५

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ६

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ७

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ८

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ९

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • १०

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution