• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण २१, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

२

दाउन्ने क्षेत्रको सडकमा ढलान

३

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

४

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

५

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

६

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

७

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

८

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

९

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

१०

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

११

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

१२

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दुमा जग्गा नापी शुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख १८, सोमबार (२ साल अघि)
    image_6483441 (1) (1)

    Advertisement

    तिर्थराज डुम्रे
    चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधानको लागि जग्गा नापी शुरु भएको छ । नगरपालिकाको वडा नं. १ बाट सोमबार देखि नापीको काम शुरु भएको हो । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिसंगको सहकार्यमा नापीको काम शुरु भएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाको सबै भन्दा बढी भूमि सम्बन्धी समस्या रहेको मध्यविन्दु–१ को सेतापानीबाट नापीको काम शुरु भएको हो । जहाँ ४० भूमिहिन दलित, ७३ भूमिहिन सुकुम्बासी र ६ सय ४३ जना अव्यवस्थित बसोबासीले समास्या समाधानको लागि फारम भरेका छन् ।

    मध्यविन्दु–१ बाट शुरु भएको नापीको कामलाई थप जनशक्तिको व्यवस्थापन गरी अन्य वडाबाट समेत गरी दुई स्थानबाट एकै साथ अगाडी बढाउने योजनामा नगरपालिका रहेको नगर प्रमुख अधिकारीले बताउनुभयो । लामो समय देखि राजनितिक मुद्दामा सिमित बनेको भूमि सम्बन्धी समस्या समाधानको चरणमा प्रवेश गरेको अधिकारीले बताउनुभयो । “निर्वाचनको समयमा सबै राजनितिक दलले सुकुम्बासी समस्या समाधानमा प्रतिबद्धता जनाउने । तर, सत्ता केन्द्रीत मनस्थितिले पुरा नहुने जुन स्थीति छ । त्यसको अन्त्य हुनुपर्छ । ” – नगर प्रमुख अधिकारीले भन्नुभयो – “अब नापीको काम शुरुवात भयो । स्थानीय सरकारले आफ्नो तर्फबाट जग्गा नापजाँच सहितको काम चाडैं सक्छौं । विगतमा केपी ओलि नेतृत्वको सरकारले गठन गरेको आयोग विघटन हुदाँ काम रोकियो । फेरी त्यस्तै नहोस् ।”
    नगरपालिकाबाट गएको नापी टोलिले जग्गा नापजाँचको काम शुरु गरेपछि स्थानीय बासिन्दाहरुले खुशी व्यक्त गरेका छन् । सेतापानीमा २०६१–६२ सालमा बस्ती बसेको थियो । धेरै पटक आश्वासन पाएपनि अहिले नापीको काम नै शुरु हुदा अब जग्गाधनि पुर्जा पाउने विश्वास भएको स्थानीय यादव कुमारी महत्तोले बताउनुभयो । मध्यविन्दु नगरपालिका–२ को सेहरीमा नारायणी नदीले जग्गा कटान गरेपछि सुरक्षित स्थानको खोजिमा सेतापानी पुग्नु भएकी महत्तोले विगतमा बस्ती बस्दा गर्नु परेको संघर्ष निकै कहानी लाग्दो भएको स्मरण गर्नुभयो । “स्याउलाले बारेर घर बनाएको कहिले भत्काउने, कहिले आगो लगाउने, द्वन्दकाल थियो निकै डर लाग्थ्यो ।” महत्तोले भन्नुभयो –“ के गर्ने उता नारायणीले बगायो । यहीं सबै सहेर बसेको, अब त नापीको काम शुरु भयो । मेयर सरहरु पनि आउनु भएको छ । अब चाहीं जग्गा पाउछ भन्ने विश्वास लागेको छ ।”
    स्थानीय लक्ष्मी बि.क. ले जग्गाधनि पुर्जा नहुदाँ निकै समस्या भोगेको भन्दै अब सजिलो हुने बताउनुभयो । १९ वर्ष देखि बस्दै आएको जमिनको पुर्जा आउने थाहा पाउदा खुशी लागेको स्थानीय राधिका चौधरीले सुनाउनुभयो ।


    जग्गा नापीको काम भईरहदा हुन सक्ने समस्याहरु समाधानको लागि स्थानीय स्तरमा सहजिकरण समिति गठन गरिएको वडा अध्यक्ष तिलकराम न्यौपानेले बताउनुभयो । विभिन्न स्थानमा पोइन्टहरु निर्धारण गरेर नापीको काम शुरु भएको अमिन सरोज प्रसाद कुशवाहले बताउनुभयो । जग्गाको भौगलिक बनावट, जग्गाको साँधियाहरु बीचको समझदारी लगायतको आधारमा जग्गा नापजाँचको लागि कति दिन लाग्ने भन्ने निर्धारण हुने उहाँले बताउनुभयो ।
    मध्यविन्दु नगरपालिकाले जग्गा नापजाँचको लागि राष्ट्रिय भूमिआयोगबाट प्राप्त जनशक्ति संगै स्थानीय स्तरमा सर्वेक्षक सहितको प्राविधिकहरु समेत नियुक्ती गरी जग्गा नापजाँचको काम अगाडी बढाएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताउनुभयो । मध्यविन्दु नगरपालिकामा दुई सय ६४ भूमिहिन दलित, एक हजार एक सय ३२ भूमिहिन र ६ हजार दुई सय ७२ अव्यवस्थितले बसोबासको लागि फारम भरेका छन् ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • दाउन्ने क्षेत्रको सडकमा ढलान

  • गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • Advertisement

    समाचार
  • १

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • २

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • ३

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • ४

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ५

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • ६

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ७

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ८

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ९

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • १०

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution