
काठमाडौं, जेठ १-
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन अघि बढिरहेको बेलामा तीन दलका शीर्ष नेताबीचको भेटवार्ताले आशंका पैदा गरेको बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले अहिले तारनतार भेट्नुपर्ने कुनै कारण नभएको औंल्याए ।
उनले भने, ‘तीन दलका नेताहरु पटक पटक भेटिरहेको समाचार हामी सुन्छौं । देशमा केही आपत्त परेको बेला जस्तैः बाढी, पहिरो, भूकम्पलगायत आपत्त परेको बेलामा नेताहरु यसरी तारनतार भेटिरहेको समाचार सुन्दैनथ्यौं । तर, अहिले किन सुनिन्छ ? त्यसमा उहाँहरुको आकर्षण किन देखिन्छ ? सम्भावित व्यक्तिहरु भाग्न पनि नपाऊन् । यसको आशंकामा भएका नामकरणको विषयमा सेटलमेन्टमा आएका विषयहरु पनि बाहिर नआओस् ।’