• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ३, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

३

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

४

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

५

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

६

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

७

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

८

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

९

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

११

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

१२

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ २५, बिहिबार (२ साल अघि)
    narayani-nadi-nh-1594369179

    Advertisement

    नवलपुर।तराईको गर्मी छल्न नारायणी नदीमा पौडी खेल्न जानेको जमात रहेकै बेलामा नदी किनारमा एक हुल मानिसको जमघट हुन्छ । यत्तिकैमा नदीबाट आवाज आउँछ ‘बचाउ.., बचाउ…’ उक्त आवाज सुन्नेबित्तिकै नदी किनारमा रहेका मानिसले छेउमा डल्लो परेको डोरी फालेर उद्धारका लागि प्रयास गर्छन् । बग्दै गरेको मान्छेले डोरी समातेपछि तानेर उसलाई डुब्नबाट बचाएर सकुसल उद्धार गरिन्छ ।यो घटना नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटस्थित नारायणी नदी किनारमा बुधबार आपतकालिन उद्धारका लागि गरिएको नमुना अभ्यासको दृश्य हो । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोरसहित सुरक्षाकर्मीले समुदायका बासिन्दालाई नदीमा बगेको तथा डुबेको अवस्थामा उद्धार गर्ने तरिकाबारे सिकाइरहेका थिए । बन्द कोठामा सैद्धान्तिक प्रशिक्षण दिएपछि सुरक्षाकर्मीले स्थानीयवासीलाई नदीमै लगेर प्रकोपका बेलामा गर्न पर्ने आपतकालीन अभ्यासबारे प्रशिक्षण दिएको थियो ।गैँडाकोट नगरपालिका–२ र ३ स्थित नदी किनारका बासिन्दालाई प्रकोपका बेलामा उक्त प्रशिक्षण दिइएको हो । विपद् व्यवस्थापनसम्बन्धी काम गर्दै आएको संस्था कारितास नेपालको आयोजना तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयको प्राविधिक सहयोगमा उक्त प्रशिक्षण दिइएको हो ।

    कालीगण्डकी र नारायणी नदीले तटीय क्षेत्रका बासिन्दालाई बर्सेनि ठूलो क्षति पु¥याउने भएकाले नदीबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि प्रशिक्षण दिइएको कारितास नेपालका प्रादेशिक व्यवस्थापक शङ्करकुमार पौडेलले बताउनुभयो । भौतिक संरचना भत्किँदा अपनाउनुपर्ने सावधानीका साथै गर्नुपर्ने खोज तथा उद्धार, नदीमा अपनाउनुपर्ने सावधानी, पीडितलाई गर्नुपर्ने उद्धारकालगायत विषयमा सहभागीलाई प्रशिक्षण दिइएको उहाँको भनाइ थियो ।सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानसमेत प्रदान गर्दा प्रभावकारी हुने भएकाले सहभागीलाई नारायणी नदीमा लगेर अभ्यास गराइएको व्यवस्थापक पौडेलले बताउनुभयो । “पढेको कुरा चाँडै विर्सन सकिन्छ तर पढ्दै अभ्यास गरेको कुरा दीर्घकालीन हुन्छ” उहाँले भन्नुभयो,“आवश्यक पर्दा अभ्यास गरेका सबै कुरा सम्झिन सकिने भएकाले उनीहरुलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान प्रदान गरिएको हो ।” कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयका सशस्त्र प्रहरी निरीक्षक, अस्मित चोहान मगरले तालिममा विपद्का बेलामा सुरक्षितरुपमा प्रतिकार्य गर्न चाहिने आधारभूत ज्ञान तथा व्यावहारिक सीपका बारेमा सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । घाइते तथा पीडितका लागि उद्धार सामग्री स्थानीय स्रोत र साधन प्रयोग गरेर पनि निर्माण गर्न सकिनेबारे त्यस अबसरमा जानकारी दिइएको थियो ।

    संरचना भत्किँदा हुने क्षतिका बेलामा र नदीजन्य प्रकोपका बेलामा गरिने उद्धारका लागि गरिने प्रयासबारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको उहाँको भनाइ थियो । सशस्त्र प्रहरी निरीक्षक मगरले विपद्बाट जोगिन सबै ठाउँमा पर्याप्त सामग्री नहुने भएकाले सुधाररिएको साधन प्रयोग गर्न सकिने सुझाब दिनुभयो । घाइते तथा पीडितको उद्धारका लागि स्थानीयस्तरमै पाइने बाँसको लौरीका साथै तन्ना, पर्दा तथा टिसर्टबाट स्टेचर बनाउन सिकाइएको थियो । त्यसैगरी पानीमा डुबेका व्यक्तिको उद्धारका लागि प्लाष्टिकका बोतल, जर्किन, ड्रमलगायत सामग्रीमा हावा नपस्ने गरी बिर्को लगाएर नदीमा उत्रिने साधन निर्माण गर्न सकिनेमा पनि जानकारी गराइएको थियो ।गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले तालिममा सिकेका सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई प्रयोग गरेर विपद्मा सक्रिय भएर उद्धारमा खटिन सहभागीलाई आग्रह गर्नुभयो । सहरी तथा सहरोन्मुख विपद् उत्थानशील परियोजनामार्फत कारितास नेपालले वडास्तरमा विपद् प्रतिकार्य योजना निर्माण गर्नाका साथै स्थानीय सरकारले बनाएको संरचनालाई क्रियाशील बनाइ विपद् पीडितलाई सघाउ पु¥याउँदै आएको उहाँले बताउनुभयो ।सहरी तथा सहरोन्मुख विपद् उत्थानशील परियोजनाका संयोजक दुर्गाबहादुर लामाले यस परियोजनामार्फत तीन सय किसान, ३० पशुपालक, ३० जना लघुउद्यम व्यवसायी लाभन्वित भएका बताउनुभयो । उक्त परियोजनाले दुवै वडाका गरी सात विद्यालयलाई स्वच्छता र सरसफाइ सामग्री हस्तान्तरण, प्रहरी कार्यालय एवं वडास्तरीय विपद् व्यवस्थापन समितिलाई उद्धार सामग्री हस्तान्तरण गर्नाका साथै नगरपालिकाको विपद् कोषमा रु दुई लाख सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ


  • Advertisement

    समाचार
  • १

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ३

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ४

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ५

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ६

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ७

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ८

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ९

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • १०

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution