नवलपुर । अखिल नेपाल महिला संघ नवलपुरको अध्यक्षमा कोपिला पौडेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ।कावासोतीमा सम्पन्न नवौँ सम्मेलनले कोपिला पौडेलको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । उपाध्यक्षमा सरस्वती सिग्देल उपाध्याय र यममाया दर्लामी चयन हुनुभएको छ।सचिवमा बालु गिरी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ।
कोषाध्यक्षमा कलादेवी दहाल चयन हुनुभएको हो । सह सचिवमा गिता भण्डारी चयन हुनुभएको छ। सम्मेलनले ४७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । ४ जना पछि मनोनित गरिनेछ ।