• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा वनको बाँझो जमिनमा बेसार खेती, पहिलो वर्षमा नौ लाख रुपैयाँ आम्दानी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २०, सोमबार (७ साल अघि)
    Besar-kheti (1)

    Advertisement

    ज्ञानु पंगेनी

    कावासोती । वनमा बाँझो र खाली रहेको जग्गामा बेसार खेती गरेर कावासोतीका महिलाहरुले मनग्य आम्दानी गरेका छन् । कावासोती नगरपालिका १० र ७ नम्बर वडामा पर्ने लामिचौर उपभोक्ता समिति अन्तरगतको कृष्णसार मध्यवर्ती सामुदायिक वनको खाली जमिनमा स्थानीय महिलाहरुले सामूहिक बेसार खेती गरेर आम्दानी गर्न सफल भएका हुन् । वडा न. १० चिलिया र ७ साँडका पाँच समूहले वनको बाँझो जमिनमा अर्गानिक बेसार खेती गेरेका हुन् । बेसार खेती सुरु गरेको पहिलो वर्ष नै करिब नौ लाख रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएका छन् ।

    कावासोती नगरपालिका–१० को शान्ति देवी महिला समूह , वडा नम्बर सातको अष्टलक्ष्मी महिला समूह, जनजागृती महिला समूह, सुनगाभा महिला समूह र भगवती महिला समूहले समूहगतरुपमा बेसार खेती सुरु गरेका हुन् । पाँच वटा समूहमा करिब १५० जना महिलाहरु आबद्ध रहेका छन् । गएको वैशाख महिनामा लगाएको बेसार खेती फागुनको पहिलो हप्तामा समूहले खनेर बिक्री गरेको हो ।

    पाँच समूहले सात बिघा क्षेत्रफलमा बेसार खेती गरेको थियो । बनमारा र अनावश्यक झाडीले भरिएको वनको जग्गालाई सरसफाइ गरेर खेती गरिएको हो । यहाँका महिलाहरुले घरको कामधन्दा सकेर फुर्सदको समयलाई सदुपयोग गर्न बेसार खेती सुरु गरेका थिए । यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उनीहरुलाई लागेको थिएन । तर, फुर्सदको समयमा गरिएको कामको प्रतिफल राम्रो भएपछि महिलाहरु उत्साहित समेत भएका छन् ।

    शान्तिदेवी महिला समूहकी अध्यक्ष दिलमाया गुरुङ भन्छिन् – ‘घरको कामधन्दा सकेर फुर्सदको समयमा गरेको कामबाट पनि आम्दानी हुने रहेछ । पहिलो वर्षमा नै राम्रो आम्दानी भयो अब अझै राम्ररी गर्छौ । ’ समूहकी अर्की महिला तिलकुमारी मूखिया पनि दंग छिन । घरको काम भ्याएर पनि आम्दानी गर्न सकिने रहेछ भनेर । ‘धेरै मेहेनत पनि गर्न परेन, फुर्सदमा समूहमा मिलेर काम गर्दा काम गरेको पनि पत्तै पाइएन , आम्दानी पनी राम्रै भयो । ’

    द अर्गानिक भ्याली कम्पनी सुर्खेतसँगको सहकार्यमा यहाँका महिलाहरुले बेसार खेती सुरु गरेका हुन । कम्पनीले वनसँग समन्वय गरी महिलाहरुलाई समूहगत रुपमा बेसारखेतीको तालिम दिएको थियो ।

    पहिलो वर्ष भएकाले कम्पनीले समूहका लागि ७ ५० केजी अर्गानिक बेसारको बिउ र प्रति समूह २७ हजार ५०० रुपैयाँ सापटी रकम समेत उपलब्ध गराएको थियो । उक्त सापटी रकम समेत कटाएर महिला समूहले नौ लाख रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको कम्पनीका शुरेन्द्र पौडेलले जानकारी दिए । सात बिघा क्षेत्रफलमा ४० टन बेसार उत्पादन भएको पौडेलले बताए । उत्पादन भएको बेसार मध्ये पा“च टन बीउका लागि छुट्टाएर ३५ टन बेसार कम्पनीले खरीद गरेको हो । कम्पनीले प्रति किलो २१ रुपैयाँले बेसार खरिद गरेको हो ।
    पौडेलका अनुसार कम्पनीले देशका विभिन्न ठाउँमा महिलालाई सहभागी गराई अर्गानिक बेसार उत्पादन गर्दै आएको छ । खेतीका लागि तालिम र पञ्चकाव्य नामक प्राङ्गारिक किटनाशक औषधि कम्पनीले सहयोग गरेको थियो । उत्पादन भएको सबै बेसार कम्पनीले आफै खरिद गर्ने भएकाले बजारको समस्यासमेत नहुने पौडेलले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution