• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १०, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

२

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

३

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

४

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

५

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

६

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

७

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

८

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

९

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

१०

दाउन्ने क्षेत्रको सडकमा ढलान

११

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

१२

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पश्चिम नवलपरासीको शिवपार्वती सिद्धधामलाई पर्यटकीय क्षेत्र बनाइँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २२, बुधबार (६ साल अघि)
    रासिफल

    Advertisement

    मोहन पौडेल

    परासी । धार्मिक महत्व भएर पनि वर्षौंदेखि ओझेलमा रहेको शिवपार्वती सिद्धधाम (लोहरौली)लाई पर्यटकीय स्थलका रूपमा विकास गरिने भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–४ लोहरौलीमा अवस्थित उक्त धामलाई गाउँपालिकाले पर्यटकीयस्थलका रूपमा विकास गर्न लागेको हो ।हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र शिवपार्वती सिद्धधाम धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । ऐतिहासिक महत्वको उक्त स्थल ओझेलमा पर्दै गएपछि गाउँपालिकाले पर्यटक आकर्षित गर्न धार्मिक पर्यटन प्रवद्र्धन हुने गरी विकास गर्न लागेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता बताउनुहुन्छ ।

    सदरमुकाम परासीबाट पाँच किमी दक्षिण परासी–महेशपुर सडकखण्डको दायाँ भागमा अवस्थित यस स्थल रमणीय वातावरणले भरिपूर्ण छ । उचित प्रचारप्रसार र विकास नहुँदा यो स्थान ओझेलमा पर्दै आएको थियो । चारैतिर हरियाली बगैँचा, मनोरम वातावरण, चराचुरुङ्गीको आवाज अनि मन्दिरका घण्टहरुको गुञ्जायमान वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ । महाशिवरात्रि पर्वमा ठूलो मेला लाग्ने यो धाममा साउनको प्रत्येक सोमबार जलार्पण गर्ने र जनैपूर्णिमा अर्थात् रक्षाबन्धनको दिन पनि यहाँ दर्शन गर्न आउने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

    यो स्थान हिन्दू र बौद्ध दुवै धर्म मान्नेका लागि उत्तिकै महत्वपूर्ण मानिन्छ । मन्दिरको पश्चिमतर्फ हरियाली आँपको बगैँचा, अनि पूर्वतर्फ एउटा ठूलो पोखरीसँगै थरीथरीका फूलहरु फुल्दै गरेको दृश्यले पनि यहाँ आउने जो कोहीको मन लोभ्याउने गरेको स्थानीयवासी बताउँछन् ।

    यस्तो मनोरम वातावरणसँग रमाउन युवायुवतीदेखि बालबालिका र वृद्धवृद्धाका लागि पनि यो ठाउँ उत्कृष्ट गन्तव्यका रूपमा रहँदै आएको छ । एक पटक सो स्थानमा पुग्ने जो कोही पनि त्यहाँको मनोरम वातावरणको आनन्द लिन पटकपटक आउने गरेको स्थानीयवासी बताउँछन् ।

    मन्दिरको प्रवेशद्वार नजीकै ठूलो हनुमानको मूर्ति छ । सोही मूर्ति नजीक धर्मशाला र सभाहल निर्माण भएको छ । सो भवनको अगाडिपट्टि जीर्ण अवस्थामा रहेको सबैभन्दा पुरानो मन्दिर छ । सोही मन्दिरको पछाडिपट्टि एउटा ठूलो पीपलको रूख छ । केही वर्ष अघिसम्म त्यहाँ वरको पनि रूख रहेको तर पछि कसरी त्यो लोप भयो भन्ने थाहा हुन नसकेको स्थानीयवासी राजकुमार दास पटनवार बताउनुहुन्छ ।

    त्यहाँ रहेको सो पीपलको रूखमा नै शिव र पार्वतीको उत्पत्ति भएको विश्वास गरिन्छ । सो पीपलको पात जतिसुकै हावाहुरी चले पनि खस्दैन भन्ने मान्यता छ । पुरानो शिवपार्वतीको मन्दिरसँँगै त्यहाँ स्थानीयवासीको सहयोगबाट बनेको अन्य दुई मन्दिर पनि छन् भने मन्दिरको स्थापनाकालका सबैभन्दा पहिलो पुजारी विमलानन्द गिरीको सम्झनास्वरूप एउटा सानो मन्दिर पनि निर्माण गरिएको छ ।

    त्यहाँ रहेको मन्दिरलाई दुई खण्डमा बाँडिएको छ । पहिलो खण्डमा शिव र पार्वतीको मूर्ति स्थापना गरिएको छ भने अर्को खण्डमा बुद्धको मूर्ति राखिएको भए पनि अहिले त्यहाँ बुद्धको मूर्तिको पैतलाको भाग मात्र छ ।

    अष्टधातुबाट बनेको सो बुद्धको मूर्ति २०६४ सालतिर शरीरको भागसहित चोरी भएको बताइन्छ । यो धाम हिन्दूको मात्र नभई, बुद्ध धर्मप्रति आस्था राख्नेको पनि गन्तव्य बन्ने गरेको छ । यस शिवपार्वती सिद्धधाममा आफूले इच्छाएका पूरा हुन्छ भन्ने विश्वास हिन्दू धर्मावलम्बीमा छ । यहाँ दुर्गा, चण्डीमाता, गणेशको मूर्ति पनि रहेको छ । प्राचीनकालीन मानिने यो मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने बारेमा बूढापाकाले पनि भन्न सक्दैनन् ।

    कतिपयले बाबा बर्दगोरिया मन्दिरको इतिहाससँग पनि यसलाई लिने गरेका छन् । यति महत्वपूर्ण धार्मिकस्थल र पर्यटकीयस्थलको गतिलो गन्तव्य हुने सम्भावना बोकेको यो मन्दिरको उचित विकास गरी पर्याप्त धार्मिक पर्यटक भित्र्याउने गरी काम थालनी गरिएको गाउँपालिका अध्यक्ष गुप्ता बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, “विगतमा मन्दिरको उचित प्रचारप्रसार नहुनु, स्थानीयवासीले मन्दिरप्रति चासो नराख्नु, सरकारीस्तरबाट यसको संरक्षण, संवद्र्धन र विकासका लागि कुनै पहल नहुनु लगायतका कारणले मन्दिर ऐतिहासिक महत्व रहेर पनि आझेलमा परेको थियो, हामी निर्वाचित भएर आएपछि अहिले योजना बनाएर विकास गर्न थालेका छौँ ।”

    पछिल्लो समयमा सांसद विकास कोषबाट पूर्वाधार निर्माणका लागि भनेर करीब साढे नौ लाख रकम आएकामा सो मार्फत सभाहल, शौचालय, प्रवेशद्वार लगायतका संरचना निर्माण भएको धाम संरक्षण समितिले जनाएको छ ।

    ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय महत्व बोकेका यस्ता स्थलको खोज–अनुसन्धान गरी संरक्षण र विकासका लागि स्थानीय सरकारको हैसियतले पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष गुप्ताको भनाइ छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास


  • Advertisement

    समाचार
  • १

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • २

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • ३

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • ४

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ५

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ६

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ७

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ८

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ९

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • १०

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution