• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एक तोला गहनाको लागत १ लाख २९ हजार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० मंसिर १२, मंगलबार (२ साल अघि)
    gold-sun-gahana-sunchadi

    Advertisement

    काठमाडौं । सुनको भाउ आकाशिएपछि विवाहको सिजनमा एक तोला सुनका गहना बनाउन नै १ लाख २९ हजारसम्म खर्च गर्नुपर्ने भएको छ ।प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।सुनका गहनामा सामान्यतया पसलहरुले १० प्रतिशत जर्ती राख्ने गरेका छन् । यस्तो अवस्थामा एक तोला सुनका गहना बनाउन १ लाख २९ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने भएको हो । सुनका गहनाको प्रकृतिअनुसार जर्ती र ज्यालाको दर पनि फरक हुने गर्छ ।‘गहनाको प्रकारअनुसार सुनको बजार मूल्य, जर्ती र ज्याला गरेर प्रतितोला कम्तीमा पनि एक लाख २४ हजार रुपैयाँ लागत पुग्छ,’ महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने, ‘एउटा निम्नमध्यम वर्गको मानिसलाई बिहेमा आधारभूत सुनका गहना जोड्न नै लाखौं लागत लाग्ने भएको छ ।’ सुनका गहनाअनुसार लागत पनि फरक फरक पर्ने भएकाले लागत मूल्य अझै बढ्ने उनले बताए ।

    बजार मूल्यमा हरेक दिन नयाँ नयाँ रेकर्ड कायम भइरहँदा सुनको बजारमा भने मन्दी छाएको छ । सामान्य अवस्थामा अघिल्ला वर्षको मंसिरमा दैनिक ३० देखि ४० किलो सुनको खरिद बिक्री हुने गरेकामा अहिले बजारमा सुनको खपत आधाले घटेको व्यवसायीहरुको दाबी छ ।मूल्य उच्च हुँदा दैनिक २० किलो हाराहारी मात्रै सुनको कारोबार भएको महासंघका अध्यक्ष शाक्यले बताए । उनका अनुसार मंगलबारकै मूल्यमा पनि अहिले एक तोला सुनको गहना तयार गर्न कम्तीमा एक लाख २४ हजार रुपैयाँसम्म लागत लाग्ने देखिएको छ ।सामान्यतया निकै कम मात्रामा गहना किन्नेका लागि पनि ५ देखि ७ तोला सुन चाहिने र यसको लगात मंगलबारको मूल्यअनुसार साढे ७ लाख रुपैयाँ भन्दा माथि पुग्ने देखिएको शाक्य बताउँछन् ।सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यकाअनुसार अब सुन बिस्तारै आम मानिसको पहुँच भन्दा माथि पुग्दैछ । महँगीका कारणन बिहेको मौसममा सुनको कारोबार ओरालो लागेको उनले बताए ।

    बढ्दो मूल्यका कारण सुन खरिद गर्ने कम तर बिक्री गर्ने बढीरहेका कारण सुन चाँदीको व्यवसायमा संलग्नहरु नै समस्यामा परेको उनले बताए ।अन्तर्राष्ट्रिय बजारको ट्रेण्डका कारण सुनको मूल्य अझै उकासिन सक्ने भएकाले सुनको व्यापारको भविष्यमै प्रश्न उठेको बज्राचार्य बताउँछन् ।अन्तर्राष्ट्रिय बजारमा सुनको मागमा बढेको चाप अस्वाभाविक भएका कारण सुनको मूल्य अझै अनिश्चित भएको शाक्य बताउँछन् ।‘हामी अब सुन बजारको व्यवसायप्रति चिन्तित छौं,’ शाक्य भन्छन्, ‘नयाँ बिक्री गर्नका लागि उपभोक्ताको आर्थिक हैसियतले नभ्याउने तर पुरानो सुन बिक्रीका लागि ग्राहकको चाप आयो भने गम्भीर समस्या सुरु हुनसक्छ । ’अहिले बजारमा आएका ग्राहकहरुको मनोविज्ञान हेर्दा अति जरुरी अवस्थामा बाहेक सुन किन्न मानिसहरु तयार नभएको महासंघले जनाएको छ । सरकारले अहिले दैनिक २० किलो सुन आयात गर्न अनुमति दिइरहेको छ ।गत वर्ष नेपालमा ४३ अर्ब ८९ करोड रुपैयाँ बराबरको ३ हजार ५०७ किलो सुन आयात भएको थियो । यस वर्ष कात्तिकसम्म ८ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको एक हजार ८५ किलो सुन नेपाल भित्रिइसकेको छ ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution