• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भरतपुरको दुई ठाउँबाट प्याराग्लाइडिङ गर्न सकिने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष २०, शुक्रबार (२ साल अघि)
    Chitwan-Paragliding

    Advertisement

    चितवन ।पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानका रुपमा लिइएको भरतपुरमा अब दुई स्थानबाट प्याराग्लाइडिङ गर्न सकिने भएको छ । गत वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक उद्घाटन गर्नुभएको भरतपुरको हिमालयन फन्टियर्स प्याराग्लाइडिङको व्यावसायिक उडान बर्खा लागेसँगै स्थगन गरिएको थियो । कम्पनीका सञ्चालक शैलेन्द्र रावतका अनुसार वर्षाका कारण बाटो बिग्रेको हुनाले सञ्चालनमा आउन नसकेको प्याराग्लाइडिङ पुस अन्तिम सातादेखि भरतपुरका दुई स्थानबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।भरतपुर महानगरपालिका–२९, चौकीडाँडा र कविलासडाँडाबाट साहसिक खेलका रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरु गर्न लागिएको उहाँले बताउनुभयो । सुरुमा चौकीडाँडाबाट मात्रै उडान गरिएकामा अबदेखि दुई ठाउँबाट उडान गर्न लागिएको रावतले जानकारी दिनुभयो । भरतपुर भ्रमण वर्षका अवसर पारेर प्याराग्लाइडिङ सुरु गर्ने भनिए पनि भ्रमण वर्ष स्थगित भएपछि कम्पनीले उडानको काम सुरु गर्न लागेको रावतको भनाइ थियो । चितवनमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यको नयाँ अनुभवसँगै र बसाइ लम्ब्याउनका लागि प्याराग्लाइडिङले भूमिका खेल्ने उहाँले बताउनुभयो ।

    समुुन्द्री सतहबाट एक हजार ५० मिटर उचाइमा रहेको चौकीडाँडा र पाँच सय ८० मिटर उचाइको कविलासबाट ‘टेकअफ’ गराउने व्यवस्था मिलाएको र प्याराग्लाइडिङ अवतरण भने त्रिशूली नदी किनारको दुई सय ५० मिटर उचाइमा हुने रावतले जानकारी दिनुभयो । उहाँका अनुसार प्याराग्लाइडिङमा एक सय २० किलो तौलभन्दा कम भएकालाई मात्र उडान भर्न सकिनेछ । अवतरण गरिने स्थान त्रिशूली किनार भने तनहुँको देवघाट गाउँपालिकामा पर्दछ ।

    नयाँ गन्तव्यको खोजी गर्ने क्रममा यस क्षेत्रमा प्याराग्लाइडिङ सुरु गरिएको रावतले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्नेछ । उडानका लागि चौकीडाँडाबाट रु आठ हजार र कविलासबाट रु चार हजार तोकिएको छ । सुरुआतमा चौकीडाँडाबाट दुईवटा र कविलासबाट दुईवटा उडान गरिने छ । १० जना चालक राखेर काम गर्न पाउने भए पनि सुरुआतमा थोरै चालकबाट काम गर्न लागिएको रावतले बताउनुभयो । यहाँको नागबेली परेको सडक र त्रिशूली नदी माथिबाट भरतपुर र देवघाटका रमणीय स्थलको दृश्यावलोकनसँगैको उडानले पर्यटकले भरपुर आनन्द लिन सक्ने उहाँको भनाइ थियो ।

    नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । कविलासडाँडा नारायणगढ मुग्लिनको मुख्य सडकबाट तीन किलोमिटर माथि रहेको छ । कविलास रिसोर्टको छेउमा गर्न लागिएको दोस्रो उडान स्थल माथि जान नसक्ने र अनुभव लिनेहरुका लागि सहज हुने रावतले बताउनुभयो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution