• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    १५ दिनदेखि शहीद स्मृति विद्यालयमा नेविसंघको ताला ,परीक्षा व्यवस्थापनमा समस्या

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष २१, शनिबार (२ साल अघि)
    Picsart_24-01-06_12-10-33-920-1536x864

    Advertisement

    नवलपुर । नवलपुरको कावासोती सदरमुकाममा रहेको एक सामुदायिक विद्यालयमा विगत १५ दिन देखि तालाबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालय देखि करिब पाँचसय मिटरको दुरिमा रहेको विद्यालय प्रशासनमा पुस ६ गतेदेखि ताला लागेको छ । विद्यालय प्रशासनले नेविसंघले ताला लगाएको बताएको छ ।
    प्रशासनको ढोका छेउको सूचना पार्टीमा नेविसंघकाे विज्ञप्ति रहेको छ । विज्ञप्तिमा विभिन्न माग रहेकाछन् । सोही सूचना छेउमा अनेरास्ववियु नवलपुरको अर्को विज्ञप्ति छ। विज्ञप्तिको सार कुनै व्यक्तिको बचाउ गर्न विद्यालय प्रशासन , व्यवस्थापन समितिको क्षेत्राधिकार प्रभावित गर्ने काम भएको , ताला खोल्नुपर्ने र कानूनी आधारमा छानविन अघि बढाउनुपर्ने छ ।
    विद्यालय भित्रको मुख्य गरि लेखासँग जोडिएको विषयमा दुई विद्यार्थी संगठन तानिएका छन् । एउटाले ताला लगाएको छ । अर्कोले विद्यालय क्षेत्रमा तालाबन्दी गर्नु शोभनीय नभएको बताएको छ । विद्यालयमा ताला लागेपछि प्रशासनिक काम अर्को भवनबाट गरिएको छ । विद्यालयमा परीक्षा चलिरहेकाले त्यसको व्यवस्थापनका काम अन्यत्रबाट चलेको छ । प्रशासनमा ताला लाग्दा परीक्षा व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको शिक्षकले बताएकाछन् ।
    १५ दिन देखि विद्यालयको प्रशासनमा ताला लागेपनि पढ्ने विद्यार्थी किन लाग्यो ताला अलमलमा छन् ।
    विद्यालयमा पुस ६ गते ताला लागेपनि यो घटनाक्रम असोज ११ गतेदेखि अघि बढेको लहरोको उपज हो भन्ने प्रष्ट देखिन्छ । विद्यालयको सामाजिक लेखा परीक्षणका लागि सामाजिक लेखा परिक्षण समितिका अध्यक्ष एवं शिक्षक अभिभावक संघका अध्यक्ष त्रिलोचन उपाध्यायको अध्यक्षतामा असोज ११ गते बैठक बसेको देखिन्छ । उक्त बैठकमा छानविन गर्दा केही बिल भरपाईमा सही नगरेको र भौचरहरु अस्वभाविक देखिएपछि विद्यालय व्यवस्थापन समितिलाई बिल भौचरको विषयमा थप छानविन गर्न पठाउने निर्णय गरिएको छ ।
    विद्यालयका सहायक लेखापाल आयुष्मा पौडेलले तयार पारेका बिल भौचरका सवालमा त्रिलोचन उपाध्यायको अध्यक्षतामा बसेको लेखा परिक्षण समितिले विद्यालय व्यवस्थापन समितिसँग राय मागेपछि असोज १२ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले खर्चहरुको प्रमाणित गर्न सक्ने आधार नभएको र अस्वभाविक भएको भन्दै लेखा परिक्षण समितिलाई सुझाव दिएको छ । प्रमाणित नभएको र सहायक लेखापालले तयार पारेका भनिएका बिल भौचरमा प्राय होटल, खाजा घरका बिल रहेका छन् । कुनै बिलमा सही नभएका समेत भनिएको छ ।
    यसै क्रममा सामाजिक लेखा परिक्षण समितिका अध्यक्ष त्रिलोचन उपाध्यायको अध्यक्षतामा कात्तिक ११ गते बसेको बैठकले बिल प्रमाणित नभएकाले थप छलफलका लागि अभिभावक भेला बोलाउन विद्यालय व्यवस्थापन समितिलाई आग्रह गर्ने निर्णय गरेको छ ।
    कार्तिक १४ गते विद्यालय व्यवस्थापन समितिले अघिल्लो समिति, अघिल्ला प्रअ सहित अहिलेका समिति सहितको सयुक्त बैठक बोलाउने निर्णय गरेको छ ।
    कार्तिक १६ गते सयुक्त बैठक बसिएको छ । अघिल्लो समिति तथा प्रअ हुँदाको बिल हरू भएकोकाले साेही अनुसार सयुक्त बैठक बसेकाे छ। उक्त बैठकमा समेत लेखाको प्रचलित सिद्धान्त अनुसार प्रतिवेदन तयार पार्ने निर्णय भएको छ ।
    उक्त निर्णयका आधारमा सहायक लेखापाल आयुष्मा पौडेललाई प्रतिवेदन तयार पार्न भनिएकोमा प्रतिवेदन तयार नपारेको समितिको भनाई छ ।
    प्रतिवेदन तयार नपारेपछि कार्तिक १९ गते बसेको सयुक्त बैठकले प्रतिवेदन तयार नपारेको, अभिलेख उपलब्ध नगराएको, गत आवको दायित्वको भुक्तानी समितिको निर्णय विना भुक्तानी गरेको , पानी बिजुलीको महशुल समयमा भुक्तान नगरी जरिवाना तिर्नुपरेको लगायतका विषयमा तीन दिन भित्र सहायक लेखापाल आयुष्मा पौडेलसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।
    कात्तिक २४ गते सहायक लेखापालको स्पष्टीकरण आएपछि पुस ३ गते विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समितिको बैठकले स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै निलम्बन गरि थप सेवा निरन्तरता र कारवाहीको सन्दर्भमा कावासोती नगरपालिका शिक्षा शाखासँग राय माग गर्ने निर्णय गरेको छ ।
    यस बिचमा शहीद स्मृतिको लेखा प्रणालीमा गम्भिर शंका गर्ने अर्को एउटा निवेदन फेला परेको छ । प्राविधिक धारमा अध्ययनरत विद्यार्थीले बुझाउनुपर्ने रु. ४० हजार बुझाएको तर विद्यालयको आम्दानीमा नदेखिएपछि उक्त विद्यार्थीका अभिभावकले निवेदन समेत दिएकाछन् । यस्तै प्रकृतिकाे रु. ३० हजारकाे अर्को निवेदन समेत परेको छ।
    घटनाक्रम यति भएपछि पुस ६ गते नेविसङ्घले ताला लगाएको छ । यता नगर शिक्षा शाखाले छानविन समिति गठन गरि छलफल चलाएको भएपनि विद्यालयमा ताला लागेको र प्रशासनमा छानबिन गर्न नपाएपछि कानूनी आधारमा कुनै निर्णय लिन नसकिएको भनी नगर प्रमुख समक्ष प्रतिवेदन बुझाउने निर्णय गरेको छ ।
    विद्यालय व्यवस्थापन समिति र प्रशासनले लेखा प्रणालीमा कुनै त्रुटी भए छानविन गराउन र दोषी देखिए सम्बन्धी कर्मचारी हटाउन सक्ने आफ्नो क्षेत्राधिकार भित्र पर्ने बताएको छ। समितिले सहायक लेखापालले विधालयकाे हित विपरीत काम गरेकाे,लेखा दुरुस्त नराखेको , केही भाैचरहरु प्रमाणित गर्न सक्ने खालकाे नभएको बताएको छ। “हामीले सामाजिक लेखा परिक्षणमा देखिएका प्रमाणित हुन नसकेका बिल ,भाैचरकाे स्पष्ट छानबिन गर्नुपर्ने भनेका छाै, तर यहाँ समितिले छानबिन गर्न खाेज्दा ,बाहिरबाट आएर ताला लगाईएकाे छ, यसबाट के प्रष्ट हुन्छ ,आफै बुझ्नुहाेस” विधालय व्यवस्थापन समितिका अध्यक्ष थापाले भन्नुभयो ।
    छानबिनलाई कुनै प्रभाव पार्न नदिन आराेपितलाई निलम्बन गरिनु स्वभाविक प्रक्रिया भएको उहाँले बताउनुभयो ।
    उपयुक्त छानविन गर्ने ढोका बन्द गरि अघि बढेको वाक युद्धले विद्यालयको समग्र विकासमै असर पार्ने सम्बन्धित सरोकारवालाको भनाई छ । जाे सुकै दाेसी भए पनि छानबिन समितिलाई छानबिन प्रक्रिया अघि बढाउन ताला खाेलेर सहयोग पुर्याउनु आवश्यक रहेको स्थानीय अभिभावकले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution