• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ११, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कालीगण्डकी र म्याग्दी नदी किनारका सिमसार क्षेत्र मासिँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष २२, आईतबार (२ साल अघि)
    kaligandaki

    Advertisement

    म्याग्दी ।अत्यधिक नदी दोहन, सडक विस्तार, जनसङ्ख्या वृद्धिसँगै अव्यवस्थित बसोबास र विकास निर्माणले कालीगण्डकी र म्याग्दी नदी किनारको सिमसार क्षेत्र मासिँदै जान थालेको छ ।वातावरणीय मूल्याङ्कनविना नै जथाभावी खनिएका सडक, सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन र बढ्दो औद्योगिकीकरणले सिमसार क्षेत्र सुक्खा र उजाड बन्दै गएको सरोकारवालाले बताएका छन् ।सिमसार क्षेत्र मासिन थालेपछि त्यहाँ आहारा नपाएर रैथाने जातका चरा, जलचर प्राणी र स्थानीय जातका वनस्पति तथा आनुवांशिक स्रोतसमेत हराउन थालेको डिभिजन वन कार्यालय जनाएको छ ।सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्नसके कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको माध्यम, स्थानीय तहको अर्थतन्त्र मजबुत  हुने डिभिजन वन कार्यालयका चन्द्रमणि सापकोटाले बताउनुभयो ।बढ्दो सहरीकरण, यातायात, अव्यवस्थित विकास निर्माणले सिमसार क्षेत्र व्यवस्थापनमा धेरै चुनौती थपिएको उहाँको भनाइ छ । जिल्लाका मुख्य सिमसार क्षेत्र खयरवराही ताल, बराहा दल, कालीगण्डकी, म्याग्दी नदी, रघुगङ्गा खोलालगायत हुन् ।सिमसार क्षेत्र पुरिँदै र नासिँदै जानुमा नदी÷खोलाबाट अव्यवस्थित तवरमा बालुवा, गिटी र ढुङ्गा निकाल्नु, डोजरको प्रयोग गरेर सडक खन्नु प्रमुख कारण रहेको सरोकारवालाहरुले बताएका छन् । गाउँघरमा पोखरी, दह, कुवा आदिको संरक्षण गर्ने प्रचलन प्राचीन समयदेखि रहँदै आए पनि पछिल्लो समय बढ्दो बसाइँसराइ, विकासका नाममा भित्रिएको डोजर संस्कृति आदिले धारा, कुवा, पँधेरा, पोखरी, वरपीपल आदिको संरक्षणमा चासो घट्दै गएको मङ्गला गाउँपालिका–२ का हरिकृष्ण पौडेलले बताउनुभयो ।
    मानवीय अतिक्रमण र वातावरणीय प्रदूषणले म्याग्दी र कालीगण्डकी नदीको अस्तित्व सङ्कटमा पर्दै गएको वातावरण संरक्षणकर्मीको भनाइ छ । डोजर र स्काभेटरले जथाभावी उत्खनन गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खलबलिँदै गएको छ । बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननले नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नाका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खलबलिएको वातावरणविद् चन्द्रकान्त घिमिरेले बताउनुभयो ।राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन, उत्खनन, अतिक्रमण र नदीजन्य पदार्थको चोरी निकासीले दुर्लभ शालिग्राम सङ्कटमा परेका उहाँको भनाइ छ । पहिलेको जस्तो कालीगण्डकी नदीमा शालिग्राम पाइन छाडेको छ ।नदीको जलचक्र प्रणालीमा परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्क बढ्दै गएको छ । नदीले मौलिक धार परिवर्तन गर्दा बाढीपहिराले तटीय बस्ती जोखिममा पर्दै जान थालेका छन् । नदी साविककोभन्दा गहिरो र साँघुरो बन्दै गएको बेनी बजारका ज्येष्ठ नागरिक नैनकुमार श्रेष्ठले बताउनुभयो । आठसय १४ किमी लामो कालीगण्डकी नदमध्ये झण्डै पाँच सय किमी भाग नेपालमा बग्दछ भने तीन सय किमी भाग भारतमा बग्दै गङ्गा नदीमा समाहित भएर बङ्गालको खाडीमा पुग्दछ ।
    कालीगण्डकी आसपास रहेका विभिन्न तीर्थस्थल, धाम, घाट र मानवबस्तीलाई अध्ययन गर्दा यसको सभ्यता पनि वैदिककालसँग जोडिएको विश्वास गरिन्छ । यो नदी धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि ठूलो महत्वको छ । कालीगण्डकी किनारको धेरै ठाउँमा घना मानवबस्ती, व्यापारिक केन्द्र र विभिन्न पुराणमा वर्णन गरिएअनुसारका धार्मिक क्षेत्र रहेकाले कालीगण्डकीको सभ्यता निकै पुरानो सभ्यता मानिने पं नीलकण्ठ आचार्यले बताउनुभयो । रासस

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution