• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गुरुङ समुदायले धान्दै लमजुङको पर्यटन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० फागुन ५, शनिबार (२ साल अघि)
    x1666456684-SPBuE.jpg.pagespeed.ic.b2rdtilW7o

    Advertisement

    लमजुङ। लमजुङ गुरुङ जातिको उद्गमस्थल हो । पुर्खौंदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, भेषभूषा, संस्कार र संस्कृति छन् । एकै ठाउँमा सँगै भएर बस्न रुचाउने गुरुङ समुदायबीच एकता पनि छ । पहिले रोदी हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा समूह, बाबा समूह, युवा क्लब भएर पर्यटन पवर्द्धनमार्फत गाउँको विकासमा जुटेका छन् ।

    क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एशियाकै नमूना मानिएको घलेगाउँदेखि भुजुङ गाउँ लमजुङमै पर्छन् । यति मात्र नभई गुरुङ जातिको उद्गमस्थल क्व्होलासोथरमै पर्छ । ती गाउँबाट सुरु भएको सामूहिक एकता यतिबेला अन्य गाउँगाउँमा फैलिएको छ । समूहमार्फत सुरु भएको एकता अभियान पछिल्लो समयमा पर्यटन प्रवद्र्धनमा पनि जोडिएको छ । यसका लागि उनीहरु समिति नै स्थापना गर्दै अघि बढिरहेका छन् । मुलुकको कठिन परिस्थिति बाबजुत पनि लमजुङको घलेगाउँबाट ग्रामीण पर्यटनको सुरुआत भएको थियो ।

    विसं २०५७ मा घलेगाउँमा पहिलो पटक महोत्सवको सुरुआत गर्दै सोही वर्षबाट अघि बढेको होमस्टे कार्यक्रम सञ्चालनमा आएको छ । घलेगाउँबाट सुरु भएको लमजुङको ग्रामीण पर्यटनको अवधारणा पछिल्लो समयमा अन्य समुदायका गाउँमा समेत फैलिएको छ ।

    घलेगाउँसहित भुजुङ, सिउरुङ, पसगाउँ, घनपोखरा, खासुर, राइनासकोट, काउलेपानी, इलामपोखरी, नाल्मा, छापामिम्प्रा, भुस्मे, घेर्मुलगायतका गाउँमा ग्रामीण पर्यटन विस्तार भएको छ । ती गाउँका स्थानीय पर्यटन समिति गठन गरेर आफ्नो गाउँमा पर्यटक तान्न जुर्मुराएका छन् । विषेश गरी लमजुङ, डा हर्क पिक, मनास्लु हिमाललाई छर्लङ्ग देख्न तथा नियाल्न सकिने ठाउँ रहेकाले त्यहाँबाट मस्र्याङ्दी मिदिम, खुदीलगायतका नदीनाला पनि देखिन्छ ।

    विश्वप्रख्यात चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्ने लमजुङका सबै गुरुङ गाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास भइसकेका छन् । ग्रामीण पर्यटनको अवधारणा पनि गुरुङहरुबाटै सुरु भएको हो । घलेगाउँ सार्क राष्ट्रकै नमूना गाउँका रुपमा प्रख्यात छ । जुन समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा अवस्थित छ ।

    घलेगाउँमा एक सय २५ घरधुरी छन् । उनीहरुले विसं २०५६ मा ग्रामीण पर्यटनको अवधारण भित्र्याएर विसं २०५७ बाट महोत्सव मनाउन सुरु गरेका हुन् । जिल्लाकै सबैभन्दा धेरै पर्यटक आउने यहाँ विदेशी तथा आन्तरिक पर्यटकको चाप छ ।

    ग्रामीण पर्यटनबाटै स्थानीयले वार्षिक लाखौँ कमाउने गरेको घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रबाट राम्रो आम्दानी हुँदा घलेगाउँको स्वरुपसमेत बदलिएको छ । घलेगाउँमा यतिबेला ४४ घरमा घरबास ९होमस्टे० सेवा सञ्चालन छ । पर्यटन व्यवसाय विस्तारै सफल बन्दै गएपछि केही विदेशीका युवासमेत गाउँमै फर्किएका पर्यटन व्यवसायमा लागेका छन् ।

    यहाँ सुरुवातदेखि हालसम्म वर्षेनी जस्तै महोत्सव समेत हुँदै आएको छ । घलेगाउँ गुरुङ चलचित्रको छायाँकनस्थल समेत बनेको छ । घलेगाउँ सुखी गाउँसमेत घोषणा भइसकेको छ । त्यस्तै, क्व्होलासोथर गाउँपालिका–४ भुजुङ गाउँमा करिब पाँच सय घरधुरी गुचमुच्च भएर रहेका छन् ।

    भुजुङ गाउँमा विसं २०६४ बाट घरबास सञ्चालनमा आएको हो । अहिले ३२ घरवास सञ्चालनमा छन् । त्यस्तै केही होटलसमेत सञ्चालनमा छन् । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ समय समयमा यहाँ मेला तथा महोत्सव हुँदै आएका छन् । महोत्सव र पर्वले यहाँको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्दै आएको छ । भुजुङ गाउँबाट छिमेकी जिल्ला कास्कीका गुरुङ गाउँ सिक्लेस तथा ताङतिङ पनि जान सकिन्छ । यस्तै, मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङ गाउँ मनास्लु हिमालको काखमा अवस्थित छ । यहाँबाट मस्र्याङ्दी नदीको नागबेली देख्न सकिन्छ ।

    समुद्री सतहदेखि एक हजार छ सय ८० मिटर उचाइमा रहेको भुजुङमा आमा समूह, बाबा समूहलगायत स्थानीय निकै सक्रिय छन् । पर्यटन प्रवद्र्धनका लागि विसं २०६२ यता महोत्सव गर्दै आएको छ । यस गाउँ पनि घरवास कार्यक्रम सञ्चालनमा छ ।
    त्यस्तै, सिउरुङ नजिकै राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईबस्तु चराएको हर्षिङडाँडा पछिल्लो समयमा पर्यटकीय गन्तव्य बन्दै गएको छ । घनपोखा गाउँ, खासुर गाउँमा समेत ग्रामीण पर्यटन प्रवद्र्धनको अवधारणा भित्रिएको छ ।

    त्यस्तै, ग्रामीण पर्यटनले चिनिएको गाउँ हो, पसगाउँ । गुरुङ समुदायको बाहुल्यता रहेको यहाँ ग्रामीण पर्यटनको विस्तार गर्ने उद्देश्यले विसं २०६० मा पहिलो पटक महोत्सव आयोजना गरिएको थियो ।

    क्व्होलासोथर गाउँपालिका अध्यक्ष तथा पसगाउँ सामूहिक होमस्टे समितिको नवनिर्वाचित अध्यक्ष सूर्यप्रसाद गुरुङ लमजुङमा ग्रामीण पर्यटन अवधारण भित्र्याउन गुरुङ समुदायको ठूलो भूमिका रहेको र त्यसमाथि सबैभन्दा बढी क्व्होलासोथर गाउँपालिकाका स्थानीयको योगदान रहेको बताउनुभयो । ग्रामीण पर्यटनमा सबैभन्दा बढी होमस्टे रहेको र यसबाट समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ ।

    पालिकाले पर्यटक आकर्षित गर्न पर्यटन पूर्वाधार पार्क, संरचना निर्माणदेखि पर्यटकको बसाइ लम्ब्याउने विषयमा ध्यान केन्द्रित गरेको छ । हाल पसगाउँमा २१ घरमा होमस्टे सञ्चालन छ । कृष्णचरित्र नृत्य, झ्याउरे नाच, सारङ्गी नृत्य, घाटुजस्ता लोपोन्मुख नृत्यका लागि पसगाउँ परिचित छ । लमजुङको पर्यटकीय ठाउँमा विस्तारै पर्यटन पूर्वाधारको विकास भइरहेको छ । विषेश गरी प्राकृतिको छटा र स्थानीयको कला संस्कार संस्कृति हेर्न पर्यटक आउने गरेका छन् । पर्यटक आउँदा ग्रामीण पर्यटनको प्रवद्र्धन हुनुका साथै स्थानीयको जीवनस्तरसमेत उकासिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution