• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा सम्पन्न मदारबाबा मेलाको आयव्यय सार्वजनिक

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन ३०, बिहिबार (६ साल अघि)
    hinu

    Advertisement

    परासी।पश्चिम नवलपरासीस्थित मदारबाबामा लागेको धार्मिक मेलाको आयव्यय सार्वजनिक भएको छ । मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा परिचित नेपालको पुरानो धार्मिकस्थल मदारबाबामा गत फागुन १२ देखि २० गतेसम्म धार्मिक मेला सञ्चालन भएको थियो । यहाँ प्रत्येक वर्ष मेला लाग्दै आएको छ । यस वर्षको मेलामा सात लाख बढीले अवलोकन गरेको मेला आयोजक संस्थाले जनाएको छ । यसवर्ष सञ्चालन भएको मेलामा कूल रु २७ लाख ५० हजार भेटी सङ्कलन भएको मेला आयोजक कुतबुल मदार शाह दरगाहा सुस्ता–२ महलबारीले जनाएको छ । यो आम्दानी गत वर्षको भन्दा कम हो । समितिका अध्यक्ष निजामुद्दिन मियाँका अनुसार मेलाबाट रु पाँच लाख २५ हजार ९९५ बचत भएको छ । समितिले मेलाको व्यवस्थापन, खाना, खाजा, सरसफाइ, बिजुली, पानीको व्यवस्था, रङरोगन, आर्थिक सहयोग, औषधि उपचार, यातायात, अतिथि सत्कारलगायतमा गरी रु २२ लाख २४ हजार ५५ खर्च गरेको छ ।

    मेलाबाट बचत भएको रकम निर्माणाधीन गद्दीघरमा खर्च गर्ने समितिले निर्णय गरेको अध्यक्ष मियाँले जानकारी दिनुभयो । गत वर्षको मेलाबाट रु २९ लाख ९१ हजार ८९२ आम्दानी भएको थियो । गद्दीघर पुरानो भएपछि गत वर्षको मेलाबाट बचत भएको रु आठ लाख ५० हजार पनि समितिले उक्त भवनमै खर्च गरेको बताएको छ । मेलामा भक्तजनले चढाएको भेटी पादरर्शी नहुने गरेको आरोप लागिरहेका बेला पछिल्लो वर्षमा समितिले मेलाको आयव्यय सार्वजनिक गर्न थालेको हो । विशेषगरी मुस्लिम समुदायको धार्मिकस्थल मानिने पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीमा अवस्थित मदारबाबा हिन्दू र बौद्ध धर्मावलम्बीको पनि आस्थाको केन्द्र हो ।

    सदरमुकाम परासीबाट २७ किलोमिटर पूर्व तथा पूर्वपश्चिम राजमार्गको बर्दघाटदेखि २१ किलोमिटर पूर्वमा रहेको मदारथानमा आउने ७५ प्रतिशत तीर्थालु भने भारतबाट आउने गरेका छन् । मदारबाबाले लामो समय तपस्या गरेको मदरीडाँडामा भक्तजनको विशेष भीड लाग्ने गर्दछ । मदारबाबा मेलाले धार्मिक सहिष्णुता कायम गर्न सहयोग पु¥याएको स्थानीयवासी बताउँछन् । मदारबाबाले तपस्या गरेको यो स्थान धार्मिक सद्भावका निम्ति अत्यन्तै उदाहरणीय क्षेत्र हो ।

    बाह्र सय वर्षअघि हिजरी संवत् २४२ मा सिरियामा जन्मिएका मदारबाबाको देहान्त हिजरी संवत् ८३८ मा भारतको कानपुरमा भएको थियो । उनी मुस्लिम समुदायका धर्मगुरु हुन् । मदारबाबाले थुप्रै मुलुकसहित नेपालको नवलपरासी र बुटवलस्थित फुलबारीपार्क क्षेत्रमा समेत तपस्या गरेको इतिहास रहेको मदारबाबाका मठाधीश अमिरुल्लाह अन्सारी बताउनुहुन्छ ।

    यहाँ भाकल गर्नाले सन्तान नहुनेले सन्तान प्राप्त गर्छन् भन्ने पनि ठूलो विश्वास रहेको छ । मदारथान ९मदारबाबाको समाधिस्थल० पुग्न सुस्ता–२ महलबारीबाट करीब तीनदेखि चार घण्टाको पहाड चढेर जानुपर्दछ । “यो नेपालकै सबैभन्दा पुरानो र धेरै स्वदेशी तथा विदेशी भक्तजनले अवलोकन गर्ने स्थल हो, मदारमा पुग्न लामो समय र अप्ठ्यारो बाटो तय गर्नुपर्ने अवस्था छ, तर पहाडको उक्त बाटो अहिलेसम्म व्यवस्थित हुनसकेको छैन”, समितिका संरक्षक बुद्धन अलीले भन्नुभयो ।

    लाखौं हिन्दू र मुस्लिम समुदायको साझा आस्थाको केन्द्र बनेको मदारबाबालाई उचित संरक्षण, प्रवद्र्धन र विकासका लागि स्थानीयस्तरबाट लागिरहेको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे बताउनुहुन्छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution