• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जनप्रतिनिधिकै आरोप खोलाको ठेक्‍कामा ७० लाखको चलखेल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र १३, बुधबार (७ साल अघि)
    khola-chalkhel_20190327075007

    Advertisement

    वीरगन्ज : पर्साको पटेर्वा सुगौली गाउँपालिकामा रहेको भुलवाही खोलामा गिट्टी बालुवा उत्खननका लागि लगाइएको ठेक्‍काको विषयलाई लिएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाद  चुलिएको छ। गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले ठेकेदारसँग रकम लेनदेन गरी प्रक्रिया मिचेर भलुवाइ खोलाको ठेक्‍का लगाएको उपाध्यक्ष ममता महत्तो थारुको आरोप छ। अध्यक्ष चौधरीले भने आफन्त पर्ने ठेकेदारले ठेक्‍का नपाएको झोकमा उपाध्यक्ष महत्तोले खोलाको ठेक्‍काका बारेमा भ्रम छर्दै हिँडेको आरोप लगाएका छन्।

    बुधबार वीरगन्जमा पत्रकार सम्मेलन गरी गाउँपालिकाकी उपाध्यक्ष महत्तोसहितका बहुसंख्यक कार्यपालिका सदस्यले विधि प्रक्रिया मिचेर गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशाकीय अधिकृतले खोलाको ठेक्‍का लगाएको आरोप लगाएका छन्। गाउँपालिकाकी उपाध्यक्ष थारुसहितका सातजना कार्यपालिका सदस्यले बोर्ड बैठकबाट निर्णय नै नगराइ गाउँपालिका अध्यक्ष  चौधरी र प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीले खोलाको ठेक्‍का लगाएको आरोप लगाएका हुन्। अध्यक्ष र प्रमुख प्रशासकीयले ७० लाख रुपैयाँको लेनदेन गरी नियम प्रक्रिया मिचेर खोलाको ठेक्‍का लगाएको आरोप उनीहरुको छ।  पटेर्वा सुगौली गाउँपालिकाले चालु आर्थिक वर्षको साउनमा भलुवाही खोलाको ठेक्‍का दुई करोड ७२ लाख ५१ हजार ९ सय ९९ सय रुपैयाँमा लगाएको थियो।

    उक्त ठेक्का निमिया माइ निर्माण कम्पनीले लिएको थियो। निमिया माइ निर्माण कम्पनी अशोक साहको नाममा दर्ता रहेपनि त्यसमा लगानी भने गाउँपालिकाकी उपाध्यक्ष नागेन्द्र महत्तो थारुको रहेको छ।

    तर साउनमा पटेर्वा सुगौली गाउँपालिकाले ठेक्‍का लगाएलगत्तै छिमेकको जीराभवानी गाउँपालिकाले भलुवाही खोला आफ्नो क्षेत्रमा पनि पर्ने भन्दै पटेर्वासुगौली गाउँपालिकाले लगाएको ठेक्‍का खारेजीको माग गर्दै उच्च अदालत अस्थायी इजलाश वीरगन्जमा मुद्धा हालेको थियो।

    अदालतमा मुद्धा परेपछि गत माघ तेश्रो साता प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा बसेको सरोकारवालाको बैठकमा भलुवाही खोलाको नयाँ ठेक्‍का १ करोड ८५ लाख रुपैयाँमा लगाउने र उक्त रकम दुवै गाउँपालिकाले आधा आधा लिने सहमति भएको थियो।

    सहमति पछि जीराभवानी गाउँपालिकाले अदालतबाट मुद्धा फिर्ता लिएको थियो। त्यसपछि अध्यक्ष चौधरी र प्रमुख प्रशासकीय अधिकृतले रकमको लेनदेन गरी १ करोड ९लाख रुपैयाँमा मात्र नवगावा माइ निर्माण कम्पनीलाइ ठेक्का लगाएको उपाध्यक्ष महत्तोले बताइन्।

    बोर्ड बैठकको निर्णयअनुसार लगाइएको ठेक्का खारेज गर्नुपर्ने आफूहरुको माग रहेको उपाध्यक्ष महत्तोले पत्रकार सम्मेलनमा बताइन्। पेटर्वासुगौली गाउँपालिकाको कार्यपालिका कुल १३ सदस्य छन्। ती मध्ये बुधबारको पत्रकार सम्मेलनमा उपाध्यक्ष महत्तोसँगै कार्यपालिका सदस्य माधवप्रसाद राउत थारु, मानमती देवी थरुनी, प्रेमशीला देवी चमइन, कलही देवी मुसहरीन, नयना देवी थरुनी र  विपिन मुखीया बिन गरी सातजनाको सहभागीता रहेको थियो।

    गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले भने विधि र प्रक्रिया पूरा गरेर नै १ करोड ९ लाख रुपैयाँमा नयाँ ठेक्का लगाइएको दाबी गरेका छन्। जीराभवानी गाउँपालिकाले अदालतमा मुद्धा हालेपछि प्रमुख जिल्ला अधिकारीको उपस्थिति बसेको बैठकमा ठेक्काको रकम दुवै गाउँपालिकाले आधा/आधा लिने सहमति भएको भन्दै अध्यक्ष चौधरीले भने, ‘उक्त बैठकमा १ करोड ८५ लाखमा पहिलेकै ठेकेदार (निमियामाइ निर्माण कम्पनी) लाइ ठेक्का दिने सहमति भयो, तर उसले अझै रकम घटाउने भन्दै आलटाल गर्‍यो।’

    निमियामाइ निर्माण कम्पनीले ठेक्का सकार गर्न आलटाल गरेपछि कार्यपालिकाको बैठकबाटै निर्णय गरेर १ करोड ९ लाख रुपैयाँमा चार महिनाका लागि नवगावा निर्माण कम्पनीलाइ नयाँ ठेक्का लगाइएको अध्यक्ष चौधरीले बताए।

    उनले कार्यपालिकाको बैठकबाट पुरानो ठेक्का रद्ध गरिएको निर्णय गरी नयाँ ठेक्का लगाइएको बताए। नयाँ ठेक्का लगाउने निर्णय कार्यपालिकाको बहुमतले अनुमोदन पनि गरेको दाबी उनले गरे। आफन्तले ठेक्‍का नपाएको झोकमा उपाध्यक्ष महत्तोले झुठो आरोप लगाएको अध्यक्ष चौधरीले बताए।

    annapurnapostबाट साभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution