



काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ ।

यसअघि शुक्रबार २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेपछि नेपाली बजारमा प्रभाव देखिएको हो । त्यस्तै चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २७५ रुपैयाँमा झरेको छ ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१