



कावासोती । पूर्वि नवलपरासीको बुलिङटारमा बुधबार दिउँसो पोखराबाट गैडाकोट तर्फ आउदै गरेको बस दुर्घटना भएको छ । झापा–बिर्तामोडस्थित निभी आदर्श कलेजको कक्षा १२ का बिद्यार्थीहरु भ्रमण लिइ फर्किँदै गरेको ग १ ख ९५४६ नम्बरको स्कुल बस दुर्घटनामा परेको हो ।
बसको ब्रेक पाइप फुट्दा बस सडक छेउको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा करिब ३५ विद्यार्थी सवार थिए। दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि भरतपुर पठाइएको छ भने बाँकी विद्यार्थीहरूलाई स्थानीय बुलिङटार अस्पतालमा उपचार गरिएको छ ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१