


गोरखा ।गोरखामा मिनीट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोरखा नगरपालिका–८ फूलबारी पाठशाला क्षेत्रमा मिनी ट्रकको ठक्करबाट तीन बर्षीय बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ग १ ख ७४४३ नम्वरको मिनीट्रकको ठक्करबाट आरुघाट गाउँपालिका–१ धुन्चेत घर भई हाल गोरखा बजार बस्ने युहान गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घ्याम्पेशालबाट वीरेनचोक जाँदै गरेको सो ट्रकले बुधवार साँझ करिव ६ बजे बालकलाई ठक्कर दिएको प्रहरीको भनाइ छ। ट्रकका चालक गोनपा–११ का हिराबहादुर कुमाल र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१