• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ अषाढ २१, आईतबार (३ महिना अघि)
    Screenshot-2026-07-05-095738

    Advertisement

    चितवन ।बिहानको ठीक साढे ४ बजे सहर अझै मस्त निद्रामै हुन्छ। तर, गैँडाकोटको फेदीमा रहेका १८८२ वटा ढुङ्गे खुड्किलाहरूमा भने पदयात्रीहरूको पदचाप गुञ्जिन सुरु भइसकेको हुन्छ। कुनै समय केवल धार्मिक अनुष्ठान र पूजाआजामा सीमित मौलाकालिकाको यो उकालो, विशेषतः सार्वजनिक बिदाका दिन निकै गुल्जार बन्छ। सहरको कोलाहल र व्यस्त दिनचर्याबाट मानसिक स्फूर्ति चाहनेहरूका लागि यो पहाडी थुम्को ‘सर्ट हाइकिङ’ को रूपमा विकसित भइरहेको छ। सहरको आधुनिक जीवनशैलीका कारण निम्तने शारीरिक शिथिलता र मानसिक तनाव व्यवस्थापनका लागि धेरैले मौलाकालिकाको यो उकालो चढ्न रुचाउँछन्। भरतपुर र गैँडाकोटको मुख्य सहरदेखि नजिकै रहेको मौलाकालिका आफैँमा धेरैका लागि ‘शनिबारे हाइकिङ स्पट’ बनिरहेको छ।

    यस्तै उद्देश्यका साथ शनिबार र अन्य सार्वजनिक बिदाका दिन झिसमिसे बिहानीमा फेदीमा आइपुग्ने नियमित जोडी हो– चितवन मेडिकल कलेजमा कार्यरत डा. शैलेन्द्र राज अधिकारी र डा. ममता तिवारी। केही समययता यो जोडीले मौलाकालिकाको उकालोलाई आफ्नो जीवनशैलीको हिस्सा बनाएको छ।
    “सुरुमा उकालो चढ्न १ घण्टा १० मिनेट लाग्थ्यो, अहिले हामी ५० देखि ५२ मिनेटमा मन्दिर पुग्छौँ,” डा. शैलेन्द्र आफ्नो अनुभव सुनाउँछन्। उनीहरूका लागि यो यात्रा धार्मिक आस्था मात्र होइन, बरु शरीरलाई स्फूर्त राख्ने एउटा माध्यम पनि हो। जाडो होस् वा बर्खा, छाता र रेनकोट ओढेरै भए पनि उनीहरू यो यात्रा छुटाउँदैनन्।

    मनोचिकित्सक समेत रहेका डा। शैलेन्द्रका अनुसार, यस्तो हाइकिङले मस्तिष्कमा अक्सिजनको मात्रा बढाउँछ, जसले मानिसलाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि फिट र फ्रेस राख्छ। डा. ममताका लागि भने यो यात्रा १२–१५ वर्षको ‘सेडेन्टरी’ (हिँडडुल कम हुने) जीवनशैली बदल्ने एउटा अभियान हो। मानसरोवर जाने लक्ष्य राखेका उनीहरूले अभ्यासका लागि यहाँबाट यात्रा सुरु गरेका थिए। अहिले त शनिबार मन्दिर जान पाएन भने उनीहरूलाई थकथकी लाग्छ, किनकि यसले हप्ताभरिको कामको थकान मेटेर नयाँ ऊर्जा दिने उनीहरूको अनुभव छ।

    मौलाकालिकाको यो उकालोमा डाक्टर दम्पती मात्र होइन, विभिन्न पेसा र उमेर समूहका व्यक्तिहरू भेटिन्छन्। प्रायः शनिबार यो उकालोमा भेटिने भरतपुर–१२ की सविना ढकालका लागि यो यात्रा लामो र खर्चिलो ट्रेकिङमा जान नपाउँदाको ‘तृष्णा मेट्ने’ एउटा सुन्दर विकल्प हो। त्यस्तै, भरतपुर–७ की रोजिना गुरुङ लामालाई यहाँको घना हरियाली र उकालो चढ्दा बहने चिसो हावाले आकर्षित गर्छ।

    व्यवस्थापन र बढ्दो आकर्षण

    मन्दिर व्यवस्थापन समितिका अनुसार सामान्य दिनमा भन्दा शनिबार भक्तजन र हाइकरहरूको भीड अझ बढी हुन्छ। व्यवस्थापक मुक्ति भण्डारीका अनुसार शनिबार मात्रै करिब ३ देखि ५ हजार मानिस यहाँ आइपुग्छन्। भक्तजनहरूको सुविधाका लागि अहिले पुराना खुड्किलाहरू मर्मत गर्ने र बाटोलाई अझ सहज बनाउने काम पनि भइरहेको छ। मानिसहरू धार्मिक आस्था मात्र नभएर नभई ‘मर्निङ वाक’, प्रकृतिसँगको सामीप्य र स्वास्थ्य सचेतनाका कारण यहाँ आउने उनको ठम्याइ छ। अहिले हिँड्न नसक्नेहरूका लागि मन्दिर पुग्न केबलकारको पनि व्यवस्था छ। तापनि, धेरैजसो पदयात्री आफ्नो स्वास्थ्य र शारीरिक स्फूर्तिलाई ध्यानमा राख्दै हिँडेरै यो ठाउँ पुग्न रुचाउँछन्।

    मौलाकालिकाको ऐतिहासिक विरासत

    यो पदयात्राको अन्तिम विन्दु अर्थात् मौलाकालिका मन्दिरको ऐतिहासिक विरासत उत्तिकै गर्विलो छ। इतिहासकारहरूका अनुसार यो क्षेत्र करिब २०० देखि ३०० वर्ष पुरानो सेन वंशीय राजाको ‘गढी’ (सैन्य चौकी) थियो। पछि, त्यही गढीमा मौलो गाडी पूजाआजा गर्न थालिएपछि यसको नाम ‘मौलाकालिका’ रहन गएको स्थानीय ऐतिहासिक कथन छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution