• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

२

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

३

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

४

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

५

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

६

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

७

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

८

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

९

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१०

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

११

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१२

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ श्रावण २०, बुधबार (२ मिनेट अघि)
    648f845e-0784-4c47-8c24-7452ae9a7924

    Advertisement

    कावासोती । विकास योजनाको शिलान्यास गरेर चर्चा कमाउने तर वर्षौंसम्म कार्यान्वयन नगर्ने प्रवृत्तिको एउटा उदाहरण बनेको छ हुप्सेकोट गाउँपालिका–१ बेलुवामा निर्माण गर्ने भनिएको हुप्सेकोट बसपार्क तथा कृषि उपज बजार संकलन केन्द्र । २०७६ साल कात्तिकमा गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शिलान्यास गरेको यो महत्वाकांक्षी योजना सात वर्ष बितिसक्दा पनि शिलालेखबाहेक अन्य कुनै संरचना उभिन सकेको छैन ।
    निर्माणस्थलमा पुग्दा बसपार्क बन्नुपर्ने ठाउँ अहिले बाक्लो झाडीले ढाकेको देखिन्छ । निर्माणस्थल बिचमा रहेको शिलालेखले मात्र यहाँ कुनै समय ठूलो योजना घोषणा गरिएको थियो भन्ने संकेत दिन्छ । वरिपरि गरिएको तारबारसमेत धेरै ठाउँमा जीर्ण बन्दै गएको छ । जहाँ यात्रुहरूको चहलपहल हुने आधुनिक बसपार्क र किसानका कृषि उपज संकलन तथा बिक्री–वितरणका लागि बजार केन्द्र बन्ने अपेक्षा गरिएको थियो, त्यहाँ अहिले झाडी र सुनसान वातावरण मात्र देखिन्छ ।

    स्थानीयका अनुसार शिलान्यासका बेला बसपार्क निर्माणले हुप्सेकोट क्षेत्रको यातायात व्यवस्थापन सुधारिने, किसानलाई कृषि उपज बिक्री–वितरणमा सहज हुने र स्थानीय व्यापार व्यवसायले गति लिने आशा जगाइएको थियो । तर वर्षौं बित्दा पनि योजना अगाडि नबढेपछि स्थानीय निराश बनेका छन् ।
    गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र प्रसाद रेग्मीले उक्त क्षेत्रमा तारबार तथा संरक्षणका काममा मात्रै रकम खर्च भएको स्वीकार गरे । उनका अनुसार बसपार्क तथा कृषि उपज बजार संकलन केन्द्र निर्माणका लागि त्यसपछि कुनै थप पूर्वाधार निर्माण वा लगानी गरिएको छैन ।
    यसले शिलान्यासपछि योजना किन रोकियो, बजेट अभाव थियो कि प्राथमिकता परिवर्तन भयो भन्ने प्रश्न उठाएको छ । सार्वजनिक महत्वको योजना सुरु गरेर वर्षौंसम्म अलपत्र छोडिँदा त्यसले विकास योजनाको प्रभावकारिता र सार्वजनिक स्रोतको उपयोगमाथि समेत प्रश्न खडा गरेको छ । स्थानीयवासीहरू भन्छन्, “शिलान्यासका बेला ठूलाठूला सपना देखाइयो । बसपार्क बन्छ, बजार केन्द्र बन्छ भनियो। अहिले त्यो ठाउँमा झाडी काट्ने मान्छेसमेत पुगेका छैनन् ।“ सार्वजनिक प्रयोजनका लागि छुट्याइएको बहुमूल्य जग्गा लामो समयदेखि उपयोगविहीन हुँदा त्यसको संरक्षणसमेत चुनौतीपूर्ण बन्दै गएको छ । संरक्षणका नाममा खर्च गरिएको रकमले पनि अपेक्षित प्रतिफल दिन सकेको देखिँदैन ।

    स्थानीयले गाउँपालिकासँग परियोजनाको वास्तविक अवस्था सार्वजनिक गर्न, योजना किन रोकियो भन्ने स्पष्ट जवाफ दिन र निर्माण प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन् । उनीहरूको भनाइमा, शिलान्यास गरेर योजनालाई वर्षौं अलपत्र छोड्ने प्रवृत्तिले जनप्रतिनिधिप्रतिको विश्वास कमजोर बनाएको छ । हुप्सेकोट गाउँपालिकामा यो मात्रै होइन, शिलान्यास भएर पनि वर्षौंसम्म सम्पन्न हुन नसकेका योजनाहरूको अवस्था र सार्वजनिक लगानीको प्रभावकारितामाथि समेत गम्भीर समीक्षा आवश्यक देखिएको स्थानीयको धारणा छ । विकासको नाममा घोषणा गरिएका योजना समयमै सम्पन्न नहुँदा त्यसको प्रत्यक्ष मार स्थानीय नागरिकले नै भोग्नुपरेको उनीहरूको गुनासो छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास


  • Advertisement

    समाचार
  • १

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • २

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ३

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ४

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ५

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ६

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ७

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ८

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ९

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • १०

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution