• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ श्रावण २७, बुधबार (२ मिनेट अघि)
    03

    Advertisement

    गिरुबारी खोलाको बीचमै वर्षौंदेखि फोहोरको राज

    हुप्सेकोट । पानी बग्नुपर्ने गिरुबारी खोलाको बीचमा अहिले फोहोरको थुप्रो छ । खोलाको प्राकृतिक स्वरूप हराउँदै गएको छ । जहाँ खोला बग्नुपर्ने हो, त्यहीँ खाल्डो खनेर फोहोर पुरिएको छ । प्लास्टिक, सिसा, बोतलदेखि विभिन्न किसिमका कुहिने–नकुहिने फोहोरसम्म जथाभावी थुपारिएका छन् । दृश्य हेर्दा प्रश्न उठ्छ—यो गिरुबारी खोला हो कि हुप्सेकोटको डम्पिङ साइट ? हुप्सेकोट गाउँपालिका–४ झ्यालवास र वडा नम्बर २ गुहेरीको बीच क्षेत्रमा पर्ने गिरुबारी खोलाको अवस्था अहिले निकै दयनीय बनेको छ । खोलाको किनारमा मात्र होइन, खोलाकै बीच भागमा खाल्डो खनेर फोहोर पुरिएको अवस्थामा भेटिन्छ । वर्षौंदेखि फोहोर थुपारिँदै गएपछि कतिपय ठाउँ डम्पिङ साइटकै स्वरूपमा परिणत भएका छन् । त्यहाँ फालिएको फोहोर सामान्य घरेलु फोहोरमा मात्र सीमित छैन । सिसाका टुक्रा, प्लास्टिक, बोतल, कुहिने तथा नकुहिने फोहोर र अन्य अव्यवस्थित वस्तुहरू एकै ठाउँमा मिसाएर फालिएको देखिन्छ । कतिपय फोहोर खाल्डोमा हालेर पुरिएको छ भने कतिपय खुला रूपमा थुपारिएका छन् ।

    झन् गम्भीर पक्ष, त्यहाँ थुपारिएको फोहोर जलाउनेसमेत गरिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार गाउँपालिकाका कर्मचारीले समेत फोहोर जलाउने र नष्ट गर्ने गरेका छन् । खोलाको बीचमै फोहोर जलाउँदा निस्कने धुवाँ र त्यसबाट उत्पन्न हुने प्रदूषणले आसपासको वातावरणमा प्रत्यक्ष असर पार्ने जोखिम छ । फोहोर व्यवस्थापनका लागि छुट्टै सुरक्षित स्थान खोजिनुपर्नेमा प्राकृतिक खोलाकै बीचमा फोहोर थुपार्ने, पुरिने र जलाउने काम कसरी उचित फोहोर व्यवस्थापन हुन सक्छ ? गिरुबारी खोलाको अवस्थाले यही प्रश्न उठाएको छ । स्थानीयका अनुसार त्यहाँ फोहोर फाल्ने क्रम आजबाट सुरु भएको होइन । स्थानीय सरकारमा जनप्रतिनिधि आएदेखि नै गिरुबारी खोलाको यही क्षेत्रमा फोहोर फालिँदै आएको उनीहरूको भनाइ छ । लामो समयसम्म फोहोर थुपारिँदै जाँदा अहिले ठूलो क्षेत्र नै फोहोरले ढाकिएको छ ।

    स्थानीयले दिएको जानकारी अनुसार गाउँपालिकाको ट्र्याक्टर समेत फोहोर ओसार्न प्रयोग हुने गरेको छ । पालिकाको ट्र्याक्टरमा फोहोर ल्याएर यही क्षेत्रमा फाल्ने गरिएको उनीहरूको भनाइ छ । आसपासका स्थानीयले समेत विभिन्न स्थानबाट फोहोर ल्याएर त्यहीँ फाल्ने गरेका छन् । यसरी फोहोरको मात्रा बढ्दै गए पनि यसको दीर्घकालीन व्यवस्थापनका लागि प्रभावकारी पहल नभएको स्थानीयको गुनासो छ । पालिकाकै साधनबाट फोहोर ओसारेर खोलामा थुपारिँदा ‘फोहोर व्यवस्थापन’को जिम्मेवारी कसले कसरी पूरा गरिरहेको छ भन्ने प्रश्न अझ गम्भीर बनेको छ । गिरुबारी खोला वर्षायाममा बहाव बढ्ने प्राकृतिक जलमार्ग हो । खोलाको बीचमै पुरिएका फोहोर वर्षाको पानीसँगै बगेर तल्लो क्षेत्रसम्म पुग्ने जोखिम उत्तिकै छ । विशेषगरी सिसा र प्लास्टिकजस्ता नकुहिने फोहोर खोलामा फैलिँदा वातावरण, कृषि क्षेत्र तथा मानव स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्ने स्थानीयको चिन्ता छ ।

    खोलाको संरक्षण गर्नुपर्ने स्थानीय सरकारकै क्षेत्रमा खोला नै फोहोरको थलो बन्नु विडम्बना होइन र ? हुप्सेकोटलाई सफा, व्यवस्थित र वातावरणमैत्री बनाउने जिम्मेवारी स्थानीय सरकारको हो । तर, गिरुबारी खोलाको दृश्यले भने फोहोर व्यवस्थापनको अवस्था कागजमा जस्तो भए पनि व्यवहारमा कस्तो छ भन्ने प्रश्न उठाएको छ । वर्षौंदेखि खोलामै फोहोर थुप्रिँदा सम्बन्धित निकाय किन मौन रह्यो ? पालिकाको ट्र्याक्टरबाट फोहोर ल्याएर फालिएको हो भने त्यसको जिम्मेवार को हो ? खोलाको बीचमा खाल्डो खनेर सिसासहितका फोहोर पुरिन कसले अनुमति दियो ? र फोहोर जलाएर वातावरण प्रदूषित गर्ने काम रोक्न किन प्रभावकारी कदम चालिएन ? गिरुबारी खोलाको अहिलेको अवस्थाले हुप्सेकोटको फोहोर व्यवस्थापन प्रणालीमाथि नै प्रश्न खडा गरेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • २

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ३

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ४

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ५

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ६

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ७

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ८

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ९

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • १०

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution