• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

२

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

३

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

४

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

५

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

६

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

७

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

८

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

९

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

१०

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

११

उ मर्यो रे ?

१२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ श्रावण २७, बुधबार (१ महिना अघि)
    f3b6f972-7023-4efa-a4c6-2ef5ce702b01

    Advertisement

    देवचुली । गर्भवती महिलालाई प्रसूतिको समयमा टाढाको अस्पताल धाउनुपर्ने बाध्यता कम हुने भएको छ। देवचुली नगरपालिका–७ स्थित देवचुली स्वास्थ्य चौकीमा ६३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको आधुनिक बर्थिङ सेन्टर भवन सञ्चालनमा ल्याइएको छ। संघीय सरकारको गत आर्थिक वर्षमा विनियोजित बजेटबाट निर्माण सम्पन्न भएको बर्थिङ सेन्टर भवनको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले उद्घाटन गर्नुभएको हो। भवन उद्घाटनसँगै स्थानीयस्तरमै सुरक्षित प्रसूति तथा मातृ स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ।

    देवचुली स्वास्थ्य चौकीका प्रमुख लीला काफ्लेका अनुसार बर्थिङ सेन्टर सञ्चालनमा आएपछि देवचुली–६ देखि ९ वडासम्मका गर्भवती तथा सुत्केरी महिलालाई प्रसूति सेवा लिन थप सहज हुनेछ। आवश्यक स्वास्थ्य सेवा समयमै स्थानीयस्तरमै उपलब्ध हुँदा प्रसूतिको समयमा हुने जोखिम न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा देवचुली–७ की वडा अध्यक्ष भुमीसरा थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख न्यौपानेले नागरिकलाई नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। उहाँले सुरक्षित प्रसूति सेवा विस्तारसँगै आमा र नवजात शिशुको स्वास्थ्य संरक्षणमा बर्थिङ सेन्टर महत्वपूर्ण पूर्वाधार बनेको बताउँदै स्वास्थ्य चौकीको थप स्तरोन्नति र सेवा विस्तारका लागि नगरपालिकाबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    बर्थिङ सेन्टर निर्माणसँगै देवचुली स्वास्थ्य चौकीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको दायरा थप फराकिलो हुने भएको छ। विशेषगरी ग्रामीण क्षेत्रका महिलालाई सामान्य प्रसूतिको सेवाका लागि टाढा जानुपर्ने अवस्था घट्ने विश्वास गरिएको छ। उद्घाटन कार्यक्रममा देवचुली स्वास्थ्य चौकीका सि।अहेव अधिकृत देवी भुसालले भवन निर्माणसँगै स्वास्थ्य चौकीमा आवश्यक थप स्तरोन्नति तथा सेवा विस्तारका विषयमा जानकारी गराउनुभएको थियो।

    कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, देवचुली–६ का वडा अध्यक्ष मिनबहादुर सोती मगर, देवचुली–८ का वडा अध्यक्ष नुनप्रसाद बाचे, देवचुली–९ का वडा अध्यक्ष बलिराम सापकोटा, जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, लेखा अधिकृत नारायण ढकाल, स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, प्रशासनिक अधिकृत अविनाश पन्थी लगायतको उपस्थिति रहेको थियो। त्यस्तै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको समेत सहभागिता थियो।

    कार्यक्रममा सहभागी वक्ताहरूले बर्थिङ सेन्टरलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्दै स्थानीय महिलालाई सुरक्षित र गुणस्तरीय प्रसूति सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए। देवचुली स्वास्थ्य चौकीका प्रमुख लीला काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण सि।अहेव राजेन्द्र रिजालले गर्नुभएको थियो।

    ६३ लाख रुपैयाँको लगानीमा बनेको यो भवन केवल नयाँ संरचना होइन, देवचुलीका आमाहरू र नवजात शिशुका लागि सुरक्षित मातृत्व सेवातर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी


  • Advertisement

    समाचार
  • १

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • २

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ३

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ४

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ५

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ६

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ७

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ८

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ९

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • १०

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution