• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

२

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

३

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

४

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

५

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

६

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

७

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

८

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

९

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

१०

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

११

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार (२ मिनेट अघि)
    07

    Advertisement

    दुम्किबास । वर्षौँ देखि प्रतीक्षामा रहेको दुम्किबास–त्रिवेणी सडक निर्माणको प्रक्रिया फेरि अघि बढेको छ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा वनसँग सम्बन्धित आवश्यक वातावरणीय प्रक्रिया पूरा गर्ने क्रममा महत्वपूर्ण स्वीकृति प्राप्त भएपछि सडक आयोजना निर्माणको चरणतर्फ अघि बढ्ने बाटो खुलेको हो । नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालयले करिब २० किलोमिटर लामो दुम्किबास–त्रिवेणी सडक आयोजनाको क्षेत्र निर्धारण तथा वातावरणीय अध्ययनका लागि आवश्यक कार्यसूची स्वीकृत गरेको छ । मन्त्रालयको मन्त्रिस्तरीय निर्णयसँगै अब सडकको विस्तृत वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) तथा विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । लामो समयदेखि विभिन्न कारणले रोकिएको सडकको प्रक्रिया पुनः अघि बढेपछि स्थानीय तहले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले सडक निर्माणका लागि आवश्यक स्वीकृति र प्रक्रियाहरू क्रमशः टुंगिँदै गएको बताएका छन् । अध्यक्ष गिरीका अनुसार २०८२ साल भदौ २१ गतेको बैठकपछि रोकिएको फाइल करिब एक वर्षपछि पुनः अघि बढेको हो । संघीय तथा प्रदेश सरकारसँगको समन्वय र सम्बन्धित निकायसँग भएका विभिन्न चरणका छलफलपछि अहिले वातावरणीय अध्ययनका लागि आवश्यक स्वीकृति प्राप्त भएको उनले बताए ।  “त्रिवेणी गाउँपालिकाको यो बहुप्रतिक्षित गौरवको योजना हो । लामो समयदेखि हामीले यसको विकासको अवधारणालाई अगाडि बढाउँदै आएका थियौँ । अहिले स्वीकृति प्राप्त भएको छ । यसका लागि संघीय सरकार र प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छौँ । अब त्रिवेणी–दुम्किबास सडक निर्माणको चरणतर्फ अगाडि बढेको जानकारी गराउन चाहन्छु,” अध्यक्ष गिरीले भने ।

    निकुञ्ज र वनका कारण प्रक्रिया लामो

    दुम्किबास–त्रिवेणी सडकको ठूलो हिस्सा वन, मध्यवर्ती क्षेत्र तथा चितवन राष्ट्रिय निकुञ्जसँग सम्बन्धित भएकाले सडक निर्माणका लागि सामान्य आयोजनाभन्दा बढी वातावरणीय तथा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था छ । अध्यक्ष गिरीका अनुसार सडक निर्माणअघि परामर्शदाता छनोट, वातावरणीय प्रभाव अध्ययन, DPR तयारी तथा सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्ने विभिन्न चरण रहेका छन् । अहिले तीमध्ये महत्वपूर्ण चरणहरू अघि बढेका छन् । “राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र वा वनसँग सम्बन्धित सडक निर्माण गर्दा आवश्यक स्वीकृति र अनुमतिका चरणहरू हुन्छन् । ती चरणमध्ये परामर्शदाता छनोट, EIA गर्नुपर्ने, DPR गर्नुपर्ने र त्यसका लागि आवश्यक स्वीकृतिहरू लिनुपर्ने प्रक्रिया अब अगाडि बढेको छ,” उनले भने । सरल भाषामा भन्नुपर्दा, EIA मार्फत सडक निर्माण गर्दा वन, वन्यजन्तु, वातावरण र स्थानीय क्षेत्रमा पर्न सक्ने प्रभावको अध्ययन गरिनेछ । त्यसपछि सडक कसरी निर्माण गर्ने भन्ने प्राविधिक योजना अर्थात् DPR तयार हुनेछ ।

    हुलाकी राजमार्ग अन्तर्गत पर्ने सडक

    दुम्किबास–त्रिवेणी सडकलाई विगतदेखि नै राष्ट्रिय राजमार्ग एन–७२ अन्तर्गत राखिएको छ । यसको निर्माणको जिम्मेवारी हुलाकी राजमार्ग निर्देशनालयमार्फत अघि बढाउने विषय पनि यसअघि नै टुंगो लागिसकेको अध्यक्ष गिरीले बताए । सडकको वातावरणीय अध्ययनका लागि आवश्यक स्वीकृति प्राप्त गराउन पछिल्लो समय विभिन्न तहमा छलफल भएको र त्यसको परिणाम अहिले देखिएको उनको भनाइ छ । “एसडी र टीओआरका लागि हामीले धेरैवटा बैठक गरेका थियौँ । ती बैठकमा भएका छलफल अहिले फलदायी भएका छन् । परामर्शदाताले EIA र DPR को जिम्मेवारी पाएको छ र सम्बन्धित मन्त्रालयबाट मन्त्रिस्तरीय निर्णय भएर काम अगाडि बढेको छ,” अध्यक्ष गिरीले भने ।

    स्थानीयको वर्षौँदेखिको प्रतीक्षा

    दुम्किबास–त्रिवेणी सडकलाई विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाउँदै आएको छ । सडक निर्माण भएमा दुम्किबासदेखि त्रिवेणीसम्मको आवागमन सहज हुनुका साथै स्थानीय उत्पादनको बजारीकरण, पर्यटन तथा आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । वर्षौँदेखि विभिन्न प्रक्रिया र स्वीकृतिको पर्खाइमा रहेको सडकको काम अब वातावरणीय अध्ययन हुँदै निर्माणतर्फ अघि बढ्ने अवस्था बनेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो


  • Advertisement

    समाचार
  • १

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • २

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ३

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ४

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ५

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ६

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ७

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ८

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ९

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • १०

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution