• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

२

जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

३

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

४

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

५

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

६

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

७

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

८

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

९

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

१०

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

११

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चार महीनामै थपिए ३८० घरेलु उद्योग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ११, मंगलबार (७ साल अघि)
    new

    Advertisement

    परासी । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै नवलपरासीमा ३८० लघु, घरेलु तथा साना उद्योग थपिएका छन् । ती उद्योगको दर्ताबाट घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीले रु एक करोड २० लाख २१ हजार ३०३ राजश्व सङ्कलन गरेको छ ।
    उद्योग स्थापना हुने क्रम बढ्न थालेपछि पछिल्लो समय नवलपरासी औद्योगिक क्षेत्रको रूपमा विकास भइरहेको छ । जिल्लामा लघु, घरेलु तथा साना उद्योग मात्र नभएर मझौला तथा ठूला उद्योग स्थापना हुने क्रम पनि बढ्दो छ ।
    कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा पाँच करोडसम्मको लगानी भएका सबैभन्दा धेरै सेवा उद्योग दर्ता छन् । पछिल्लो चार महीनाको अवधिमा पनि सबैभन्दा बढी १६६ वटा सेवामूलक उद्योग नै दर्ता भएको कार्यालय प्रमुख नन्दलाल पौडेलले जानकारी दिए । आव २०७४÷७५ सम्म दुई हजार ४८३ सेवामूलक उद्योग दर्ता थिए । चार महीनाकै अवधिमा कृषि तथा वनपैदावरमा आधारित १२२ उद्योग दर्ता भएका छन् । यसअघि कृषि तथा वनपैदावरमा आधारित एक हजार ३१२ उद्योग दर्ता थिए । पछिल्लो चार महीनामै पर्यटनका ५२ र उत्पादनमूलक उद्योग ४० वटा पनि दर्ता भएका छन् ।
    चालु आव २०७५÷७६ को कात्तिक मसान्तसम्म जिल्लामा सेवामूलक दुई हजार ६४९, कृषि तथा वन पैदावरमा आधारित एक हजार ४३४, पर्यटनका एक हजार १३, उत्पादनमूलक ९२२, सूचना तथा सञ्चारप्रविधिका तीन र खनिज उद्योग दुई गरी कूल छ हजार २३ लघु, घरेलु तथा साना उद्योग दर्ता तथा सञ्चालनमा रहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । यो नवलपरासी (बर्दघाट सुस्ता) पूर्व र (बर्दघाट सुस्ता) पश्चिम दुवै जिल्लाको तथ्याङ्क हो । दुई जिल्लामा विभाजन भए पनि पूर्वी नवलपरासीमा घरेलु तथा साना उद्योग कार्यालय स्थापना नभएकाले कार्यालयले दुवै जिल्ला हेर्दै आएको छ ।
    नवलपरासीमा स्थापना भएका लघु, घरेलु तथा साना उद्योगबाट मुलुकको अर्थतन्त्र उकास्न महत्वपूर्ण स्थान रहेको भन्दै कार्यालय प्रमुख पौडेल भन्नुहुुन्छ, “स्थानीय कच्चा पदार्थ स्रोतसाधन, परम्परागत सीप र प्रविधिमा आधारित यस्ता उद्योगको स्थापना, विकास, विस्तार, संरक्षण तथा सम्वद्र्धनका लागि प्रशासनिक तथा प्रवद्र्धनात्मक कार्यमार्फत हामीले सघाउ पुराइरहेका छौँ ।”
    कम जनशक्ति भए पनि औद्योगिक व्यवसाय फस्टाउने वातावरण निर्माण गर्न, परम्परागत सीप, कला र संस्कृतिको विकास र स्थानीय कच्चापदार्थको परिचालन गर्न कार्यालयले निरन्तर काम गरिरहेको उनको भनाइ छ ।
    जिल्लामा अझैपनि धेरै उद्योग बिना दर्ता सञ्चालनमा रहेको तर जनशक्ति अभावले अनुगमन र नियमन गर्न समस्या भएको पौडेलको भनाइ छ । दुवै जिल्लामा कार्य क्षेत्र र नौ जनाको मात्रै दरबन्दी भए पनि अहिले पाँचजना मात्र कर्मचारी कार्यरत् छन् ।
    जिल्लामा लघु तथा घरेलु उद्योगको सम्भावना अझै धेरै रहेको घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष मेघराज गौतम बताए । तर कृषि, वनपैदावर लगायतका उद्योग दर्तामा कानूनी जटिलता रहेको उद्योगीको गुनासो छ । गौतम भने, “भारतसँगको खुला सीमाका कारण जिल्लामा उत्पादित उद्यमीका वस्तुले बजारमा प्रतिस्पर्धा गर्न सकेका छैनन्, कतिपय सञ्चालनमा रहेका उद्योगले पनि गुणस्तरमा ध्यान नदिँदा प्रतिस्पर्धा गर्न समस्या छ ।” यो समस्या नेपालका अन्य जिल्लामा पनि रहेकाले राज्यले ठोस् नीति बनाएर उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने उनको माग छ । जिल्लामा औद्योगिक वातावरण बनाउन आफूहरूले भरपुर प्रयास गरिरहेको उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष केशव भण्डारी बताउछन् । सदरमुकाम परासीस्थित वाइपास सडक क्षेत्रसहित सुनवलमा औद्योगिक करिडोर स्थापनाका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग पहल भइरहेको अध्यक्ष भण्डारीले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात


  • Advertisement

    समाचार
  • १

    जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • २

    जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • ३

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • ४

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ५

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ६

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ७

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ८

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ९

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • १०

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution