• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

२

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

३

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

४

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

५

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

६

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

७

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

८

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

९

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

१०

वन उद्यममा जोडिँदै नवलपुरका महिला

११

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१२

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सौर्य उर्जाबाट सिंचाई सुविधा पाएपछि हर्दियाका किसान लाभान्वित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १२, बुधबार (७ साल अघि)
    20181124_122307

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका छ हर्दियाका किसान सौर्य उर्जाबाट सिंचाई सुविधा पाएपछि लाभान्वित बनेका छन । दुई वर्ष अघिसम्म सिंचाईको सुविधा नहुदा परम्परागत रुपमा मकै र तोरी खेती गर्दै आएका यहाका किसानले सौर्य उर्जाबाट सिंचाई सुविधा भएपछि व्यवसायीक रुपमै तरकारी खेती गर्न थालेका हुन ।
    बुद्धिराम कुमालले अहिले तीन कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका छन । उनले दुई वर्ष अघिसम्म उक्त जग्गामा परम्परागत रुपमा मकै र तोरी खेती लगाउथे । जुन दुई महिना पनि राम्ररी खान पुग्थेन । तर उनले अहिले व्यवसायीक रुपमै तरकारी खेती गरेपछि एक सिजनमा ७० हजार रुपैयासम्म आम्दानी गरेको सुनाए । तीन कठ्ठा जग्गामा गरेको तरकारी खेतीबाट उनले वर्षमा खर्च कटाएर एक लाख रुपैया फाईदा गरेका छन । ‘यहा पानीको निक्कै समस्या छ । खानेपानीका लागि चापाकल प्रयोग गर्छौ सिंचाईको अरु कुनै सुविधा थिएन । तर सौर्य उर्जाबाट सिंचाई सुरु गरेपछि धेरै सुविधा भएको छ हामिलाई ।’ कुमालले भने । कुमालले अहिले खुर्सानी , फुलगोपि , बन्दागोपि , बोडी , लौका , काक्रा धनिया , टमाटर , करेला जस्ता तरकारी लगाएका छन ।
    यहाका किसानहरुले सौर्य उर्जा उपभोक्ता समुह गठन गरेर आलोपालो रुपमा सिंचाई गर्ने गर्छन । सौर्य उर्जा उपभोक्ता समुहकी सचिव तथा किसान जानुका राम्जेलीले पनि साढे दुई कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएकी छन । रम्जेली भन्छिन – ‘सुख्खा ठाउ भएकाले हामिले सिंचाई नहुदा तोरी मकै पनि राम्ररी उब्जनी गर्न सक्थेनौ अहिले भने हामिले मौसमी वेमौसमी तरकारी खेती गरेर आम्दानी गर्न सफल भएका छौ । ’ रम्जेलीले पनि एक सिजनमा ४० देखि ५० हजार रुपैयासम्म आम्दानी गर्ने गरेको बताईन । रम्जेलीका अनुसार सौर्य उर्जाबाट यहाका महिलाहरु बढि लाभान्वित भएका छन । पुरुषहरु प्रायः वैदेशिक रोजगारीमा गएकाले यहाका अधिकाशं महिलाहरुले नै तरकारी खेती गर्दै आएका छन । पहिले फुर्सदको समयमा कि भिटि हेर्ने , कि सुत्ने , नभए चौतारोमा कुरा गरेर बिताउने गरेका यहाका महिलाहरु अहिले तरकारी खेतीमै आफ्नो समय व्यतित गर्ने गरेको रम्जेलीले बताईन ।
    हर्दियाका २२ घरधुरीका किसान सौर्य उर्जाबाट सिंचाई गरेर तरकारी खेती गर्दै आएका छन । यहाका ३४ घरधुरीका किसानले नौलो विहानी कृषक समुह गठन गरेर सामुहिक रुपमा नै काम गर्दै आएका छन । जसमध्ये अहिले २२ घरधुरी सौर्यउर्जाको सिंचाईबाट लाभान्वित भएका छन । सौर्य उर्जा एक सय ४० वाट क्षमताको छ । जसमा २४ वटा सोलार प्यानल जडान गरिएको छ । ४५ फुट जमिनमुनी बोरिङ्गबाट पानी निकालिएको छ । अन्डरग्राउण्ड मोटर एक सय ३५ पावर्सको छ । जसलाई जमिनमुनी नै राखिएको छ । सौर्यउर्जाबाट निकालिएको पानीलाई भण्डारण गर्ने ६५ हजार लिटर क्षमताको ट्याङ्कि समेत निर्माण गरिएको छ । ट्याङ्कि गत वर्ष निर्माण गरिएको हो । सौर्यउर्जा टंकि निर्माण समितीका संयोजक तारा प्रसाद भट्टराईका अनुसार सिंचाईमा केहि समस्या परेपछि ट्याङ्कि निर्माण गरिएको हो । सौर्यउर्जा दिउसोका समयमा मात्रै काम गर्ने तर, विरुवमा पानी सांझ र विहानको समयमा राखेको राम्रो हुने । साझ विहानको समयमा बोरिङ्कमा पानी नआउने दिउसोको समयमा मात्रै आउने जसले गर्दा दिउसोको समयमा ंिसचाई गर्दा जरा कुहिएर विरुवा मर्ने जस्तो समस्या परेपछि ट्याङ्कि निर्माण गरिएको हो । ट्याङ्किमा अहिले दिनको तीन पटकसम्म पानी भर्न सकिन्छ । ट्याङ्कि निर्माणपछि सिंचाईलाई सहज भएको भट्टराईले बताए । अहिले सौर्यउर्जाबाट तीन विगाहा दुई कठ्ठा खेतीमा सिंचाई हुदै आएको भट्टराईले जानकारी दिए । समुहमा आबद्ध १२ घरधुरीका किसानले अझै पनि सुविधा लिन भने पाएका छैनन । भट्टराईका अनुसार टाढा खेती भएका किसानले सिंचाई गर्न पाएका छैनन । सिंचाईका लागि पक्की कुलो अथवा पाईप बिछ्याउन नसक्दा टाढासम्म पुर्याउन नसकिएको हो । बजेट नहुदा काम हुन नसकेको भट्टराईले बताए । विभिन्न निकायसंग बजेट माग गरिरहेको भए पनि सहयोग हुन नसकेको उनको भनाई छ ।
    सोलार प्यानल खरिदका लागि जलवायुमैत्री गाउ परियोजना अन्तरगत ली– बर्ड संस्थाले नौ लाख ५६ हजार ५० रुपैया र समुदायको तर्फबाट ३६ हजार ४ सय ३० रुपैया गरेर कूल नौ लाख ९२ हजार ४ सय ८० रुपैया लागत लागेको छ भने ट्याङ्कि निर्माणमा मध्यविन्दु नगरपालिकाले साढे तीन लाख रुपैया , चार लाख १६ हजार ३ सय ३० रुपैया ली– बर्ड संस्थाले र जनश्रमदान ५७ हजार ६ सय ८० रुपैया गरेर आठ लाख २४ हजार रुपैया लगानी लागेको भट्टराईले जानकारी दिए ।यहाका किसानले तरकारी खेतीमा जैविक मल प्रयोग गर्ने गरेका छन । एक जना किसान बालकृष्ण न्यौपानेले तरकारीमा आफुले रसायनिक मल प्रयोग नगरेको बताउछन । उनले प्राङ्ग्रारीक र जैविक मल नै प्रयोग गर्दै आएको सुनाए । जैविक मल बनाउने तालिम लिएर यहाका सबै किसानले आफै मल बनाउदै आएको न्यौपाले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • २

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ३

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ४

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ५

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ६

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ७

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ८

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • १०

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution