• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन ३०, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    समुदाय सशक्तिकरण ,जीविकोपार्जन विकास तथा स्वास्थ्य कार्यक्रमको अनुगमन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ ६, शुक्रबार (६ साल अघि)

    Advertisement

    ज्ञानु पंगेनी

    नवलपुर , ६ असार

    असल छिमेकी नेपालले नवलपुरको कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकामा संचालन गरेको समुदाय सशक्तिकरण तथा जीविकोपार्जन विकास तथा स्वास्थ्य कार्यक्रमको शुक्रवार अनुगमन गरिएको छ ।

    जिल्ला समन्वय समितिका उपप्रमुख शारदा बिक , कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन , मध्यविन्दु नगरपालिका उपप्रमुख ओम कुमारी महतो , कावासोती नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष छविलाल महतो , मध्यविन्दु नगरपालिका ५ का वडा अध्यक्ष नमकान्त पाठक , गैह्र सरकारी महासंघका देवीसरा पुलामि , पत्रकार लगायतको टोलीले कावासोती नगरपालिका वडा नम्बर १५ शेरगञ्ज , वडा नम्बर १७ बरौलीटार र सेतापानी , मध्यविन्दु नगरपालिका वडा नम्बर ५ दाउनबारी र वडा नम्बर १ को सेतापानीमा परियोजना मार्फत् महिला समूहले संचालन गरेको कामहरुको अनुगमन गरिएको हो ।

    समुदाय सशक्तिकरण तथा जीविकोपार्जन विकास तथा स्वास्थ्य कार्यक्रम मार्फत् यी स्थानहरुमा महिलाहरुको समूह बनाएर सचेतना तथा महिलाका लागि आत्मनिर्भर हुने र समुदायको विकास लागि विभिन्न काम भएका छन ।
    मध्यविन्दु ५ को दाउनबारीमा उन्नती र सहनशिल महिला समूह गठन गरेर मासिक बचत गर्ने , सरसफाई गर्ने , शिप मुलक तालिम लिएर साना ब्यवसाय संचालन गरेर महिलाहरु आत्मनिर्भर भएको महिला समूहका सदस्यहरुले बताए ।

     


    संस्थाले सिलाकटाई तालिम दिएपछि स्थानीय सीता बंशी ठकुरीले विगत एक वर्षबाट आफ्नै ठाउमा टेर्लर संचालन गर्दै आएको बताईन । संस्थाबाट तीन महिनाको तालिम लिएर ब्यवसाय सुरु गरेको र अहिले राम्रोसंग चलिरेको र आम्दानी पनि राम्रो भएको उनले बताईन ।
    यस्तै यहाका महिलाहरुले संस्थाको परिक्रमा कोषबाट सुलभ ब्याजदरमा ऋण लिएर किराना पसल , बाख्रा पालन , भैसी गाई पालन , तरकारी खेती , केरा खेती समेत गर्दै आएको उन्नती समूहकी सचिव जोगमाया महतोले बताईन ।
    यसैगरी मध्यविन्दु १ र कावासोती १७ मा पर्ने सेतापानीमा पनि महिलाहरुले समूह गठन गरेर बचत गर्ने , महिलाहरुलाई सहूलियतमा ऋण उपलब्ध गराएर आत्मनिर्भर हुन सहयोग गर्ने गरेको बताए । संस्थाबाट सेतापानीमा खानेपानीको ईनार बनाउन र ट्वाईलेट बनाउन , फोहोर संकलन गर्ने रिङ्ग सहयोग भएको शक्तिशाली बचत समूहकी अध्यक्ष उमाकान्ती बिकले बताईन ।
    यसैगरी कावासोती नगरपालिका वडा नम्बर १५ मा पनि महिला समूहले संस्थाको परियोजनामा आबद्ध भएर धेरै काम गर्न सफल भएको बताए । महिलाहरुले उद्घोषण तालि , प्रतिवेदन, प्रपोजल लेखन तालिम पाएर अहिले ठूला ठूला कार्यक्रममा गएर मञ्चमा उचिएर बोल्न सक्ने भएको बताए । महिला भवन निर्माण गर्न सफल भएको , झोला बनाउने तालिम लिएपछि अहिले वडा नम्बर १५ लाई पलाष्टिक मुक्त क्षेत्र घोषणा गर्न लागेकाले महिलाहरु मिलेर कपडाको झोला बुनेर आम्दानी गर्न समेत सफल भएको पुष्पा मर्दनियाले बताईन ।

    यस्तै कावासोती १७ को बरौलीटारमा पनि सक्रिय महिला समूह गठन गरेर सामूहिक रुपमा बचत गर्दै आएको , विपद ब्यवस्थापन तालिम पाएकाले समुदायमा विपदमा परेकालाई समूहले विभिन्न समयमा सहयोग समेत गर्दै आएको महिलाहरुले बताए ।

    अनुगमनका क्रममा महिला समूहसंगको छलफलमा बोल्दै जिल्ला समन्वय समिति नवलपरासी पूर्वका उपप्रमुख शारदा बिकले महिला समूह मिलेर समाजमा ठूलो परिवर्तन ल्याउन सकिने भएकाले महिलाहरु कुनै पनि काममा पछि पर्न नहुने बताईन । महिलाले घर , खेत , बालबच्चा सबैको जिम्मेवारी पुरा गरेर पनि समुदायका लागि समेत काम गरेको देख्दा आफुलाई निक्कै खुसी लागेको भन्दै निरन्तर रुपमा यस्ता काममा लाग्न आग्रह गरिन ।

    यस्तै कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले महिला सशक्तिकरणमा असल छिमेकी संस्थाले राम्रो काम गर्दै आएको बताईन । ग्रामिण र पिछडिएको क्षेत्रका महिलालाई संगठित बनाएर समाज परिवर्तन र आत्मनिर्भर गराउने काम सजिलो काम नभएको भन्दै प्रमुख पुनले अब दिर्घकाली आयआर्जनको बाटोमा महिलाको बजेट नगरपालिकाले बिनियोजन गर्ने बताईन । साना तिना र थोरै थोरै बजेट बाड्ने कामको अत्य गर्दै नगरपाकिलाले अब महिलाका लागि सिटिभटीबाट मान्यता प्राप्त प्रमाणपत्र दिने गरि लामो समयको शिपमूलक तालिम प्रदान गरिने बताईन । शिपमूलक तालिमबाट महिलाहरुले आयआर्जन गर्न सक्ने र आत्मनिर्भर बनाउने गरेर नगरपालिकाले काम गर्ने बताईन ।

    यसैगरी मध्यविन्दु नगरपालिका उपप्रमुख ओम कुमारी महतोले स्थानीय तहको नजर नपुगेका ठाउमा गैह्र सरकारी संस्थाबाट महिलालाई संगठित गरेर सशक्तिकरण गर्ने काम गरेकोमा असल छिमेकीलाई धन्यवाद दिईन । उनले महिला र बालबालिकाको शिक्षा र स्वास्थ्य अवस्था ज्यादै कमजोर रहेकाले यसतर्फ पनि सरोकारवाला निकायले ध्यान दिन आवश्यक रहेको बताईन । २० वर्ष पुगेपछि मात्रै विवाह गर्नुपर्छ भन्ने सोचको विकास गर्न र समूदायमा हुने बालविवाह रोक्न समूहका महिलाहरुलाई आग्रह समेत गरिन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution