• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ ९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

२

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

३

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

४

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

५

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

६

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

७

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

८

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

९

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१०

आज देशभर उम्मेदवारी दर्ता हुँदै

११

प्रतिनिधिसभा सदस्य बन्न १३ अनिवार्य कागजपत्रसहित उम्मेदवारी दर्ता

१२

एमाले अध्यक्ष ओली आज झापा जाँदै, निर्वाचन तयारीबारे कार्यकर्तासँग छलफल गर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    काँग्रेस बैठकमा हिन्दुधर्मबारे यसरी उठ्यो प्रश्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २०, बिहिबार (७ साल अघि)
    sashanka_koirala_newskarobar

    Advertisement

    काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा हिन्दु धर्मको विषयले प्रवेश पाएको छ ।

    गत मङ्सिर १३ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा हिन्दु धर्मबारे केही नेताहरूले दिँदै आएको अभिव्यक्तिलाई लिएर केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पार्टीको आधिकारिक धारणा बनाउन माग गरेका हुन् ।
    सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न बनेको विधान संशोधनको प्रस्तावमाथि छलफल गर्न आयोजित बैठकमा नेता विश्वकर्माले हिन्दु धर्मको विषयबारे प्रष्ट पार्न माग गरेका हुन् ।

    बुधबारको बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य विश्वकर्माले पार्टीको विधान र संविधान विपरीत जिम्मेवार नेताहरूबाटै हिन्दु राष्ट्रका पक्षमा आएको अभिव्यक्तिको चर्को विरोध गरेका हुन् ।

    ‘आउँदा दिनमा राजनीतिक स्थिरता भएपछि धर्मनिरपेक्षता राख्ने कि हिन्दु धर्म भनेर जनमत सङ्ग्रह हुनुपर्छ’, भनी महामन्त्री शशांक कोइरालाले दिएको सार्वजनिक अभिव्यक्ति किन आयो भन्दै प्रश्न गरेका थिए ।
    ‘महामन्त्रीज्यूले पार्टी नीतिविपरीत समावेशी सिद्धान्त र धर्मका विषयमा अभिव्यक्ति दिँदै हिँड्नुभएको छ । यो कसरी भयो ? पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन चाहान्छु’, बैठकमा विश्वकर्माले भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘महामन्त्रीले हिन्दुत्वको वकालत गरेसँगै राजतन्त्रको विषयमा पनि सोच्नुपर्छ भन्नेजस्ता विवादास्पद अभिव्यक्ति दिने गर्नुभएको छ ।  यसको निक्र्योल हुन जरुरी छ ।’

    महामन्त्री कोइरालाप्रति इङ्गित गर्दै  विश्वकर्माले भने, ‘पार्टीकै नेतृत्वमा समावेशी संविधान निर्माण भएको हो । आरक्षणको विरोधमा किन बोल्नुहुन्छ ? महामन्त्री राजतन्त्रको विषयमा समेत सोच्नुपर्छ भन्न थाल्नुभएको छ । यो के भनेको हो ? गणतन्त्र ल्याउन पार्टीले गरेको त्यत्रो बलिदान र योगदान कुल्चेर त्यसरी बोल्न पाउनुहुन्छ ?’

    मङ्सिर पहिलो साता काठमाडौँमा भएको एक कार्यक्रममा महामन्त्री कोइरालाले हिन्दु राष्ट्र र धर्म निरपेक्षबारे जनमत सङ्ग्रह गर्न सकिने अभिव्यक्ति दिएका थिए ।

    उनको यो अभिव्यक्तिप्रति काँग्रेसका धेरै नेता कार्यकर्ता नै अचम्मित बनेका थिए । कतिपय नेताहरूले महामन्त्री कोइरालाको यस्तो अभिव्यक्तिलाई निजी विचार भने पनि कतिपयले पार्टीको महामन्त्रीजस्तो पदमा रहेका नेताले सार्वजनिक रूपमा बोलेको विषय निजी विचार हुन नसक्ने भन्दै आपत्ति जनाउँदै आएका थिए । तर पार्टीको आधिकारिक फोरम या बैठकमा यो विषयले प्रवेश पाउन सकेको थिएन ।

    काँग्रेस स्रोतका अनुसार कोइरालाको यस्तो अभिव्यक्तिप्रति अन्य केन्द्रीय सदस्यहरू समेत आक्रोशित बने पनि उनीहरूले बैठकमा भने यो विषय उठाएका थिएनन् ।

    केन्द्रीय सदस्य धनराज गुरुङले रातोपाटीसँगको कुराकानीमा महामन्त्री कोइरालाले पार्टी नीति तथा संविधानविपरीत बोल्ने गरेको बताए ।

    ‘मुलुकलाई धर्मनिरपेक्ष घोषणा गर्न सबैभन्दा बढी आन्दोलन गर्ने जनजाति हुन् । अहिले आएर पार्टी विधानमै नभएका विषय जिम्मेवार नेताहरूले बोल्न थाल्नु दुर्भाग्य हो । यसले काँग्रेसमा रहेका जनजाति नेता कार्यकर्ताको भावनामा ठेस पुगेको छ’, गुरुङले भने ।ratopati.com

    नेपाली काँग्रेस : सरकारलाई धर्मनिरपेक्षताको ‘पाठ’ पढाउने तर आफै हिन्दुत्वको वकालत गर्ने ?

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    पत्रपत्रिका सम्बन्धि थप
  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा


  • Advertisement

    समाचार
  • १

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • २

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ३

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ४

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ५

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ६

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ७

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • ८

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • ९

    नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

  • १०

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution