• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीकी मेयरको अनुभव सिंहदरबारले बुझ्दैन, प्रदेशलाई बुझाउन सजिलो छ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र २६, बिहिबार (६ साल अघि)
    received_531692044069961

    Advertisement

    कावासोती नगरपालिकाको फोहोर व्यवस्थापनमा स्मार्ट शैली
    काठमाडौं । उमेरले ६० टेक्न लागेकी चन्द्रकुमारी पुनलाई सेवाग्राही जनताले पनि मेयर सा’ब भन्दैनन्, दिदी भनेर सम्वोधन गर्छन् । नवलपरासीको कावासोती नगरपालिकाकी मेयर हुन् पुन नगरवासीकी साझा दिदी हुन् । जनताको के कुरा, कर्मचारीले पनि दिदी नै भन्छन् । त्यतिमात्र पनि होइन रहेछ, नेकपाका महासचिव बिष्णु पौडेलदेखि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकी पनि दिदी नै हुन् उनी ।

    तत्कालीन एमालेका धेरै नेतालाई भूमिगतकालमा सेल्टर दिँदादिँदै चन्द्रकुमारी सबैकी दिदी भइन् । प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी प्रमुखसम्म सबैले उनलाई मेयर होइन, दिदी नै भन्छन् । देशभरका ७५३ स्थानीय तहका प्रमुखमध्ये १८ जनामात्र महिला निर्वाचित हुँदा कावासोतीले पहिलो नगरप्रमुख महिला पाएको छ । मेयरलाई जनताले बोलीचालीको भाषामा नगरपिता भन्छन् । तर, अविवाहित चन्द्रकुमारी भने नगरमाता होइन ‘नगर दिदी’ अर्थात ‘मेयर दिदी’ हुन् ।

    गण्डकी प्रदेशका दुई महिला मेयरमध्येकी एक चन्द्रकुमारीलाई मुख्यमन्त्रीले समेत दिदी भन्ने गरेकाले यस क्षेत्रकी ‘दिदी मेयर’का रुपमा परिचित छन् । अन्तका मेयरहरु आलोचित भइरहेका बेला दिदी मेयरलाई उन्मुक्ति जस्तै छ । यद्यपि उनी कामबाटै अलोचनामुक्त हुन कुनै उपाय बाँकी राख्दिनन् ।

    मेयरमा चुनाव जितेलगत्तै दिदीले सर्वपक्षीय बैठक राखेर पूर्वी नवलपरासीको नाम नवलपुर जिल्ला राख्ने सहमति गराइन् । सो निर्णय प्रदेश सरकारबाट अनुमोदन भई संघमा पुगिसकेको छ । तर, संविधानको अनुसूचीमा पूर्वी नवलपरासी भनिएकाले सुस्तापूर्वका नयाँ जिल्लाको नाम नवलपुर राख्न संविधानमै संशोधन गर्नु पर्ने हुन्छ । सबै सहमत भइसकेकाले संविधान संशोधन गराउन उनी प्रधानमन्त्रीसमक्ष समेत पुगिसकेकी छन् । उनले पूर्वी नवलपरासी र प्रस्तावित नवलपुर जिल्लाको सदरमुकामलाई ‘नमूना सदरमुकाम’ बनाउने प्रक्रिया थालनी गरिसकेकी छन् । जिल्लाका सबै सरकारी कार्यालय एउटै कम्पाउण्डभित्र बन्दैछन् ।

    चन्द्रकुमारीले पुनर्वास कम्पनीका नाममा रहेको १८६ बिगाह जमिन सरकारको नाममा ल्याउन सफल भइन् । भूमाफियाहरुको मिलेमतोमा प्लटिङ गरेर बेचबिखन गर्न लागिएको जमिन जोगाएर नमूना सदरमुकाम बनाउने अभियानको नेतृत्व गरेपछि ‘दिदी मेयर’को उचाइ बढेको छ । भूमाफियाले पुनर्वासका नाममा बस्ती बसाल्न लागेको जग्गालाई सरकारीकरण गरेपछि उनले यस जग्गामा एउटै पर्खालभित्र सिंहदरबारकै मोडलमा जिल्ला सदरमुकाम बनाउन खोजेकी छन् । प्रधानमन्त्री केपी ओली आफैं गत वैशाखामा कावासोती पुगेर नमुना सदरमुकामको शिलान्यास गरिसकेका छन् ।

    साढे २ वर्षअघि स्थानीय तहको निर्वाचनको चहल–पहल शुरु भएपछि चन्द्रकुमारीले पनि कावासोतीको संस्थापक मेयर बन्नका लागि उम्मेदवारको आकांक्षीमा आफ्नो नाम लेखाइन् । तर, टिकट पाउन दौडधूप र मरिहत्ते भने गरिनन् । तत्कालीन एमालेले कावासोतीको मेयरमा उनलाई नै उम्मेदवार बनायो ।

    चुनाव जित्नका लागि धेरै बाचाबन्धन गरेकै हो । तर, मेयर भइसकेपछि सबैतिर चुनौति र अप्ठेरामात्र देखेपछि उनी केही समय त अलमलमै परिन् । यस्ती सोझी महिलाले मेयर कसरी चलाउँछिन् रु यस्ता प्रश्न त उनले पार्टीभित्रैबाट पनि सामना गरेकी थिइन् । बिस्तारै उनले लय पक्रिन थालेकी छन् ।

    मेयर दिदीलाई एउटा कुरा चाहिँ अहिले पनि खड्किरहेको छ । संघीय संसद र प्रदेशसभाको चुनावपछि मात्र स्थानीय तहको चुनाव गराइएको भए स्थानीय तहको एक वर्ष त्यसैखेर जाने थिएन कि रु नीति नियम र कानुनकै अभावमा शुरुको एक वर्ष खेर गएको उनको अनुभव छ ।

    संविधानले स्थानीय तहलाई स्थानीय सरकार भनेको छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको समेत काम स्थानीय तहले गर्न पाउँछन् । तर व्यवहारमा अवस्था फरक छ । हालैमात्र उनले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहहरुलाई प्रदेशको समन्वयमा राख्नु उपयुक्त हुने भनेको सुनिन् ।

    उनको मनमा यस्तो कुरा पहिलेदेखि नै परेको रहेछ । एउटा सानो कामका लागि सिंहदरवार आउनुपर्ने बाध्यता स्थानीय तहका जनप्रतिनिधिहरुको अहिले पनि यथावत छ । सिंहदरबारको मानसिकता फेरिएको छैन । सिंहदरबारले भन्दा प्रदेश हेडक्वार्टरले स्थानीय समस्या बुझेर चाँडो हल गर्छन् भन्ने उनको अनुभव छ ।

    मेयर पुन भन्छिन्– कि त हाम्रो शासकीय संरचनामा संघ र स्थानीय तह मात्र हुनुपथ्र्यो । अब संघीयतामा गइसकेपछि प्रदेश सरकारले स्थानीय तहलाई समन्वय गर्नुपर्छ । हाम्रा स्थानीय समस्या सिंहदरबारका मान्छेलाई भन्दा प्रदेश सरकारका मान्छेलाई बुझाउन सजिलो हुन्छ । कुन गाउँमा के चाहिन्छ भन्ने कुरा प्रदेशले जति बुझ्छ संघले बुझ्दैन ।

    यसबीचमा उनी आफैं गण्डकी प्रदेश सरकारले बोलाएका धेरै बैठक र छलफलमा भाग लिन पोखरा पुगिन् । मुख्यमन्त्री र प्रदेश सरकारका मन्त्रीहरु पटक–पटक कावासोती आउजाउ गरिरहन्छन् । यसले गर्दा कुन ठाउँको विकासमा के आवश्यकता छ भन्ने कुरा प्रदेश र स्थानीय तह मिलेर जति दु्रत ढंगले काम हुन्छ त्यो सिंहदवारबाट हुँदैन भन्ने उनको निष्कर्ष छ ।

    थोत्रो गाडी चढ्नुपर्छ भन्ने छैन

    स्थानीय तहका जनप्रतिनिधिलाई सबैभन्दा आलोचित बनाउने विषय बनेको छ अनावश्यक सुविधा र महंगा गाडी । गण्डकी प्रदेश सरकारले त अझ अगाडि बढेर स्थानीय तहका उपप्रमुखलाई समेत सुविधा थपेको छ । विकासका काम नगर्ने, तर आफ्नो सुविधा थप्ने भन्ने आरोप खेपिरहेका छन् जनप्रतिनिधि ।

    कावासोतीकी मेयर चन्द्रकुमारीले पनि नगरपालिकाको गाडी चढेकी छन् । तर, नयाँ र महँगो गाडीतिर भने आफू नलागेको उनको भनाइ छ । मेयर निर्वाचित भएपछि थोत्रो गाडी नै चढ्नुपर्ने वा पैदल हिँड्नुपर्छ भन्ने कुरासँग उनी सहमत छैनन् । तर, सुविधानमा प्रतिस्पर्धा गर्ने पक्षमा पनि होइनन् ।

    उनी भन्छिन्– मेयरले चाहिँ पैदल हिँड्नुपर्छ, थोत्रो गाडी चढ्नुपर्छ भन्ने पक्षमा म छैन । नगरपालिकाको प्रमुख भएपछि आफ्नो क्षेत्रका सबै ठाउँमा पुग्नुपर्छ । एउटा गाडी मेयरले चढ्दैमा सबै बर्बाद भयो देश लुट्यो भन्ने अतिरन्जित कुराको पछि पनि नलागौं । के यो देश स्थानीय तहका जनप्रतिनिधि आएपछि बिग्रिएको हो रु

    बरु स्थानीय तहका उपप्रमुखहरुले चाहिँ सुविधा र अधिकार पुगेन भनेर नगरपालिका संघका भेलाहरुमा भन्ने गरेको उनले सुनेकी छन् । अधिकांश स्थानीय तहका उपप्रमुख महिला भएकाले उनीहरुको गुनासो आएको हो कि भन्ने लाग्न सक्छ । तर, महिला प्रमुख भएका स्थानीय तहका उपप्रमुख पुरुषको पनि यस्तै गुनासो रहेको उनले बताइन् ।

    मेयर पुन भन्छिन्, धेरै भेलाहरुमा उपप्रमुखका गुनासा आउने गरेका छन् । मेयरले गाडी चढ्ने हामीले नपाउने भन्ने पनि कतिपयको सुनियो । तर, संविधान र कानुनले प्रमुख र उपप्रमुखलाई जे जिम्मेवारी दिएको छ, त्यो आ–आफ्नो ठाउँबाट पूरा गर्ने हो भने कोही अधिकारविहीन छैन । मेयरले धेरै पाए हामीले पाएनौं भन्ने गुनासोनै रहँदैन ।

    आफ्नै कानुन, आफ्नै आम्दानी

    यसबीचमा कावासोती नगरपालिकाबाट आफूहरुले २९ वटा स्थानीय ऐन, नियम र कार्यविधि पारित गरेर स्थानीय सरकारको अभ्यास गरिसकेको उनले बताइन् । संविधानले स्थानीय तहलाई कानुन बनाउने समेत अधिकार दिएकाले सोही अनुसार नगरपालिकाभित्र लागु हुने कानुनहरु बनाइएको छ ।

    कावासोती नगरपालिकामा जिल्लाभरिकै सबैभन्दा धेरै मुद्दा यहाँको न्यायिक समितिमा आउने गरेका छन् । ती मुद्दा अधिकांश जग्गा विवाद, अंश विवाद र सम्बन्धविच्छेदका छन् । धेरैजसो मिलाएर पठाइने गरेको छ । इजलास नै राखेर उपमेयरले मुद्दा छिन्ने व्यवस्था गरिएको छ ।

    जनप्रतिनिधि निर्वाचित भएर आउनुभन्दा अगाडि नगरपालिकाको आन्तरिक स्रोतबाट आम्दानी जम्मा एक करोड थियो । तर, यसबीचमा आन्तरिक आम्दानी १२ करोड पुर्‍याएर कावासोती नगरपालिकाले यो वर्ष ८८ करोडको बजेट परिचालन गर्न पाएको छ । आन्तरिक आम्दानी आफ्नै कार्यकालमा १५ करोडभन्दा माथि पुर्‍याउने उनको लक्ष्य रहेछ ।

    आन्तरिक आम्दानी त जनतालाई करमाथि कर थोपरेरै त होला नि रु सबैको प्रश्न यहि हुनसक्छ । तर, कावासोती नगरपालिकाले यसबीचमा करको दर घटाएर स्थानीय व्यवसायीलाई राहत दिएको उनको दावी छ । बरु खोलानाला र प्राकृतिक स्रोत दोहन गर्ने प्रवृत्तिमाथि रोक लगाउँदा आन्तरिक आय बढेको उनले बताइन् ।

    नारायणी नदी तटमा पर्यटक सूचना केन्द्र बनाएर पर्यटनबाट आम्दानी गराउने प्रक्रिया अघि बढाएकी मेयर पुनले चितवनको निकुञ्जबाट बाहिर आउने वन्यजन्तुबाट बालीनाली र मान्छे जोगाउन विशेष अभियान सञ्चालन गरेकी छन् ।

    निकुञ्जबाट वन्यजन्तु आउने ठाउँमा ठूलो पर्खा लगाउन थालिएको छ । मध्यवर्ती क्षेत्रसँग जोडिएको कावासोतीको उर्वर खेतीयोग्य जमिन र बाक्लो मानव वस्तिलाई जोगाउन नगरपालिकाले १७ किलोमिटर लामो पर्खा लगाउँदैछ । ‘मानव वन्यजन्तु द्वन्द्व नियन्त्रण’ कार्यक्रम अन्तर्गत बलियो र अग्लो पर्खाल अनि जाली लगाएर वन्यजन्तुबाट मान्छे र बाली जोगाउन खोजिएको हो ।

    उनी भन्छिन्– वन्यजन्तु आएर स्याहार्ने बेला भएको बालीनाली नष्ट गरिदिने र मानवीय क्षति समेत हने गरेकाले नगरका सातवटा वडामा यो ठूलो चुनौति भइरहेको थियो । हामीले यो वर्ष एक करोडभन्दा बढीको पर्खा लगायौं, अब ७ करोड बजेट विनियोजन गरी बहुवर्षीय ठेक्का लगाइएको छ । यो वर्ष १० किलोमिटर पूरा हुन्छ । उनी मेयर भइसकेपछि कावासोतीलाई ५९ किलोमिटर लामो चक्रपथबाट घेर्ने काम पनि शुरु भएको छ ।

    फोहोर व्यवस्थापनमा स्मार्ट शैली

    कावासोतीको मेयर जितेपछि उनको लागि सबैभन्दा ठूलो चुनौति फोहोर व्यवस्थापन थियो । यहाँका जनताको सबैभन्दा ठूलो गुनासो पनि फोहोरनै हो । फोहोर व्यवस्थापन बाहेक अरु एजेण्डा नै छायाँमा परेका बेला ‘दिदी मेयर’ले नमुना फोहोर व्यवस्थापनको काम अघि बढाइन् । कावासोतीको सबैभन्दा ठूलो समस्या विकास होइन फोहोर व्यवस्थापननै हो भन्ने स्थानीयको माग नगरपालिकाले सम्बोधन गर्दैछ । नदी किनारमा ५ बिघा जमिन लिएर प्रविधीमैत्री ढंगले फोहोरको उत्सर्जन गर्न थालिएको छ ।

    कुहिने फोहोरलाई कम्पोस्टिङ गरेर मलको रुपमा विक्री गर्ने र प्लास्टिकजन्य फोहोरलाई बोटल क्रसर मेसिनबाट पुनः प्रयोगमा ल्याउने । यसका लागि बोटल क्रसर मेसिन खरिद गरि सकिएको मेयरसँगै रहेका नगरपालिकाका प्रशासकीय अधिकृत रोशन ज्ञवालीले सुनाए ।

    यसका साथै नगरपालिकाले ठाउँ ठाउँमा स्मार्ट डस्टविन राख्ने प्रक्रिया अघि बढाएको छ । स्मार्ट टस्टबिनमा फोहोर भरिएपछि त्यहाँ राखिएको डिजिटल चिप्सले सम्बन्धित फोहोर व्यवस्थापकको एप्समा जानकारी दिने र सो जानकारी लगत्तै डस्टविन खाली गर्ने प्रविधिलाई नगरपालिकाले स्मार्ट डस्टविन भनेको छ । सार्वजनिक निजी साझेदारी अन्तर्गत थालिएको फोहोर व्यवस्थापनबाट हुने आयको २० प्रतिशत नगरपालिकाले र ८० प्रतिशत आम्दानी फोहोर व्यवस्थापकले पाउने गरि कावासोतीको फोहोरको दीर्घकालीन समाधान गर्न लागिएको मेयर पुनले अनलाइनखबरलाई बताइन् ।

    अनलाइनखबरबाट साभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution