• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यस्तो देखियो नारायणी नदिमा घडियालको अण्डा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ बैशाख १८, बिहिबार (६ साल अघि)
    95416864_1983396261793189_8779188151190028288_n

    Advertisement

    नारायण शर्मा
    कावासोती । चितवन राष्ट्रिय निकुञ्जले नारायणी नदीमा घडियाल गोहीका अण्डा संकलन सुरु गरेको छ । नदी किनारमा घडियालले अण्डा पार्छ । नारायणी नदीमा घडियालको अण्डा टिप्दै सहायक वार्डेन खड्का । अण्डालाई सूर्यको किरणबाट जोगाउनका लागि छाता ओढाइन्छ । सूर्यको किरणबाट अण्डा बिग्रने सम्भावना हुन्छ । निकुञ्जका सहायक वार्डेन तथा गोही विशेषज्ञ वेदबहादुर खड्काको टोलीले २ साता अघिदेखि अण्डा टिप्न थालेको हो । अण्डा टिप्ने काम वैशाख र जेठमा हुन्छ । निकुञ्जले ती अन्डा कसारामा रहेको गोही प्रजनन् केन्द्रमा लैजान्छ । बिहीबारसम्म नारायणी र राप्तीमा २ सय ५० वटा अण्डा संकलन गरेर केन्द्रमा ओथारोका लागि राखिएको छ । त्यहाँ ५ सय घडियाल छन् । घडियालले नदी किनारमा अण्डा पारेर बालुवाले छोप्छ र बेलाबेलामा आएर त्यहीँ सुरक्षा दिनका लागि आउँछ । खेर जाने अण्डा मात्रै टिपिने गरेको खड्काले बताए ।

    प्रजनन् केन्द्रमा रहेका गोहीले ओथारो बसेर ७५ दिनदेखि अधिकतम् १ सय दिनमा बच्चा कोरल्ने खड्काले बताए । घडियालका बच्चाहरुलाई नारायणी नदीमा लगेर छाडिन्छ । नदी किनारमा यस पटक २५ देखि ४७ वटा सम्म अण्डा फेला परेको छ । नदी किनारमा अन्य जीवजन्तुवाट जोगाउन र बाढीको जोखिममा घडियालका अण्डा पर्ने गरेकाले टिप्ने गरिएको हो । चितवन निकुञ्जतर्फ नारायणी नदीको नवलपरासीमा पर्ने बबुअनदेखि दक्षिणको त्रिवेणी धामसम्म घडियालको संख्या धेरै रहेकको संरक्षण अधिकृत खड्काले जानकारी दिए । यो क्षेत्र तुलनात्मक रुपमा शान्त र स्वच्छ वातावरण छ ।निकुञ्जले घिडयालको अण्डा र गुँड हेर्नका लागि नदी क्षेत्रमा ५ जना हेरालु खटाएको छ । कहाँ(कहाँ घडियालले अण्डा पारेको छ भन्ने सूचना उनीहरुले दिने र त्यहीँ सूचनाको आधारमा अण्डा टिप्न आफ्नो टोली खटिने गरेको खडकाले जानकारी दिए । अण्डा टिप्नका लागि खड्का समेतको टोली करिब ३ महिनासम्म ढुंगा चढेर नारायणीमा खटिने गर्छ । संकटापन्नको सूचीमा रहेको घिडयाल एक सरिसृप जीव हो । सफा पानीमा बस्ने घडियालको मृत्युदर निकै उच्च छ । अध्ययनहरूका अनुसार अण्डाबाट घडियाल दुईदेखि अढाइ महिनामा बाहिर निस्कन्छन् । एउटा पोथीले ६ देखि ५० वटासम्म अण्डा पार्छे । अण्डाबाट बच्चा सबै जीवित निस्कन उक्त स्थानको तापक्रममा भर पर्छ । सरदर ५० अण्डामा २० देखि ३० वटा बच्चा जीवित निस्कन्छन् । आफ्ना बच्चा सबैलाई संरक्षण गर्न पोथी असमर्थ हुन्छे । बच्चा घडियाल प्रदूषणका कारण पनि मर्छन् ।

    नेपालमा घडियाल राप्ती, कर्णाली, बबई र नारायणी नदीमा पाइन्छन् । विश्वमा घडियालको संख्या एकदमै थोरै छ । माछालाई आहारा बनाउने गोहीको यो प्रजाति नेपाल र भारतमा मात्र पाइन्छ । घडियाल संरक्षणका लागि नेपाल सरकारले सन् १९७८ मा चितवनमा पहिलोपटक प्रजनन् केन्द्रको स्थापना गरेको थियो । बढ्दो प्रदूषण, आहाराको अभाव, बाढी, बासस्थानको विनाश लगायत कारणले यसको संख्या घट्दै गएको अध्ययनहरुले देखाएको छ । सन् २०१६ को गणना अनुसारमा नेपालमा १ सय ९८ वटा घडियाल थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution