• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    झोलुङ्गे पुल बनेपछि नवलपुरवासी खुसी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ आश्विन ५, सोमबार (५ साल अघि)

    Advertisement

     

     

     

     

    कावासोती , ६ असोज  ।  नवलपरासी पूर्व (नवलपुरमा ) गत दुई वर्षमा १४ वटा पुल निर्माण सम्पन्न भएको छ । पुल नहुँदा वर्षौदेखि सास्ति खेप्दै आएका यहाँका स्थानीय निकै खुसी भएका छन् ।

    बर्षा बाढी र सामान्य झरी पानीका बेला पनि छोटो दुरीको यात्राका लागि कित खोलामा होमिएर जोखिम नै मोल्नु पर्ने या त बिद्यालयको पढाई दैनिक रोजगारी वा बजार मेला पर्वहरु नै स्थगित गर्नुपर्ने बाध्यता हटेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

    “वर्षा याममा घरबाट निस्केपछि साँझ फेरी सकुसल घर फर्कन पाईन्छ कि पाईदैन भन्ने चिन्ताले पिराल्थ्यो , हरेक बर्षायाममा खोला पार गर्ने अत्यन्तै जोखिम हुने तथा कुनै समयमा त खोला पार गर्न नसकदा एक घण्टमा पुग्ने बाटो का लागि दिनभर नै खर्चनु पथ्र्यो अब यो समस्या समाधान भएको छ ” हुप्सेकोट गाउँपालिका वडा नं. ५ का झोलुङ्गृ निर्माण समितिका अध्यक्ष समेत रहनुभएका अमर बहादुर झेंडीले भन्नुभयो ।

    हुप्सेकोट गाउँपालिकामा मात्र पछिल्ला २ वर्षमा ८ वटा झोलुंगे पुलहरु निर्माण भए जसले गर्दा ती पुलका लाभान्वितहरुमा खुशियाली छाएको छ । नेपाल सरकार स्थानीय पूर्वाधार विकास विभाग मातहतमा, अन्तराष्ट्रिय सहयोग निकाय स्विस विकास नियोग (एस डि सि) हेल्भेटास नेपाल र सम्वन्धित स्थानीय सरकारको आर्थिक सहभागिता तथा स्थानीय सेवा प्रदायक संस्थाको प्राविधिक एवम सामाजिक परिचालनमा र स्थानीयहरुको जनश्रमदानबाट अत्यावश्यक ठाउँमा पुल निर्माण गर्ने कार्यक्रम अन्तर्गत हुप्सेकोटमा मात्र ८ वटा पुल निर्माण भएको हो ।

    नवलपरासी पुर्व र पश्चिमका लागि निकै लामो समय वि.सं. २०६३ साल देखी हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) ले स्थानीय सेवाप्रदायक संस्थाको रुपमा काम गरी रहेको छ । संस्थाले पछिल्लो २ वर्षमा मात्र हुप्सेकोट लगायत जिल्लाका बुलिंगटार, गैंडाकोट, देवचुली, विनयीत्रिवेणी र कावासोतीमा समेत गरी ६ वटा पालिकामा १४ वटा पुल निर्माणमा प्राविधिक र सामाजिक परिचालन गरेको संस्थाका सामाजिक विकास अधिकृत अच्युत राज खनालले वताउनुभयो ।

    यस अघि साविक जिल्ला विकास समिति मातहतमा रहेर निर्माण हुने पुलहरु देश संघिय संरचनामा गए पछि यस अघि स्थाीनीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) अन्तर्गतका झोलुंङ्गे पुल निर्माणका काम स्थानीय सरकारमार्फत हुनथाले पछि पुल निर्माणको विस्तृत अध्ययन प्रतिवेदनका आधारमा पुलको जम्मा लागतको ६ प्रतिशत बजेट पालिकाहरु मार्फत २ प्रतिशत स्थानीय उपभोक्ता समितिको लागत सहभागिता र बाँकी ९२ प्रतिशत पूर्वाधार विकास विभागको अनुदान सहयोगमा पुल हरु निर्माण गर्दै आएको हिकोडेफका सामाजिक विकास अधिकृत खनालले वताउनुभयो । पुल माग भएका स्थानमा पालिकाको सहकार्यमा संस्थाले विस्तृत अध्ययन गरि तोकिएको ढाँचामा प्रतिवेदन तयार गरी पेश गरेपछि मापदण्ड भित्र (१२० मीटर लम्बाई सम्मको) भएमा पुल स्विकृत भए पछि अरु निर्माणको काम शुरु गरिने खनालले वताए । चालु आर्थिक वर्षमा जम्मा २ करोड ८९ लाख ९६ हजार जम्मा लागतमा संस्थाले काम गर्दे आएको ८ वटा क्रमागत पुलहरु निर्माणको चरणमा रहेको छ । कतिपय पालिकाहरु बाट माग भईरहेकोले पुलको विस्तृत सम्भाव्यता अध्ययन पनि भईरहेको खनालको भनाइ रहेको छ ।

    हाल सम्म साविक नवलपरासी जिल्ला भित्र ३७ वटा पुल निर्माण सम्पन्न गर्ने कार्यमा सामाजिक परिचालन लगायतका प्राविधिक सहयोग गर्दै आएको संस्थाका कार्यकारी निर्देशक शूरविर स्थापित ले वताउनुभयो । दैनिक कष्टकर जीवन भोगेका ग्रमिण भेगका जनता लाई विभिन्न कार्यक्रमहरु मार्फत सेवा पुराउने उद्देश्यले पूर्वाधार विकास क्षेत्रमा पनि आफ्नो संस्थाले सहयोग परिचालनका क्षेत्रमा काम गरिरहेको हो स्थापित ले भन्नुभयो । पछिल्लो २ वर्षमा मात्र जिल्ला भरीमा सबैभन्दा धेरै हुप्सेकोट गाउपालिकामा ८ वटा, र बुलिङटारमा २ वटा, गंैडाकोटमा १, देवचुलीमा १, विनयीत्रिवेणीमा १, कावासोतीमा १ गरी ३ करोड ७७ लाख ३२ हजार रुपैंयाको लागतमा १४ वटा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको निर्देशक स्थापितको भनाई रहेको छ ।

    यी २ वर्षमा संस्थाको सहयोगमा विभिन्न स्थानमा निर्माण सम्पन्न भएका १४ वटा झोलुंगे पुलहरुको निर्माण कार्यमा दक्ष वा अदक्ष विभिन्न स्तरका काममा कामदारका रुपमा ४७७५ दिन महिला कामदार, १६०६२ दिन पुरुष कामदार गरी जम्मा २०८३७ कामदारले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । सम्पन्न भएका पुलका कारण यस क्षेत्रका ३३९६ घरधुरीका महिला १०९५८ र पुरुष ८९७७ गरी जम्मा १९९३५ जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।

    त्यस्तै कतिपय पुलका कारण त्यहाँका स्थानीय वासिन्दाका अलावा अन्य जोडिएका वडा, पालिका र अन्तर जिल्लाका पैदल यात्रुका लागि समेत लाभदायक भएको छ । जिल्लाको सदरमुकाममा रहेको कावासोती खानेपानी आयोजनाको मुहान देखी वितरण लाईनमा आउन जान र पाईपहरु तार्न समेत सहयोग भएको, हरेक वर्ष खोलाले पाईप बगाउँदा मर्मतमा लाग्ने समय र खर्चको बचत भएको र पुलले टेवा पुर्याएको खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष रमिाला भुजेलले वताउनुभयो ।

    केही स्थानहरुमा स्थानीयहरु मिलेर पुलको विकल्पको रुपमा हिँउदे पुल वनाउने गरेको भए पनि कच्ची काठे पुल हरु वर्षातको भेल खोलाले बगाउँदा ज्यादै मुस्कील थियो । केरुङ्गे खोलामा दुई वटा पुल बनेपछि सहज भएको छ । ८ वटा पुल निर्माण सम्पन्न भएपछिको स्थानीयको उत्साह देखेपछि हुप्सेकोट गाउँपालिकाले पनि जनताको आवश्यकता प्रति न्याय गर्न पाएकोमा आफूँहरु लाई गर्व लागेको गाउँपालिकाका ईन्जिनियर विनोद अर्यालले बताउनुभयो । तत्कालिन जिल्ला विकास समितिको कार्यालयले गर्दे आएको पूर्वाधार विकासको काम गाउँपालिकाले आफ्नै रेखदेखमा विभिन्न सोझेदारहरु संग समन्वयमा कामा गर्न पाउँदा पालिकाहरु लाई पनि अपनत्व बोध भई पुल आयोजनाको दिगो सञ्चालन र संरक्षणमा समेत चासो रहने अर्यालको भनाई रहेको छ । यस्ता खालका जनताको आवश्यकताको सम्वोधन गर्न गउँपालिकाको टिम नै सकारात्मक भएको र यस्ता खाले विकासमा कुनै कसर बाँकी नराख्ने विश्वास अर्यालले दिलाउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution