• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ५, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    लोपोन्मुख ‘कोलवृक्ष’ संरक्षित क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ कार्तिक १९, बुधबार (५ साल अघि)
    inbound5020792522602487028

    Advertisement

    मोहन पौडेल

    परासी, रासस । नवलपरासी  बर्दघाट सुस्ता पश्चिमको सरावल गाउँपालिका–२ जावास्थित लोपोन्मुख वनस्पति कोलवृक्ष बगैँचा प्राचीन ककरपत्त नगर  क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ । गाउँपालिकाले यस क्षेत्रलाई संरक्षण गरी पर्यटकीय स्थलको रूपमा स्थापित गर्न थालेकाले यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो । प्राचीन कोलीय गणराज्यको एक शहर र बुद्धकालीन स्थल मानिने कोलवृक्ष क्षेत्रमा उक्त गाउँपालिकाले पुरातात्विक उत्खनन् गर्दैछ ।

    बुद्धकालीन लोपोन्मुख वनस्पति ‘कोलवृक्ष’ रहेको उक्त स्थानको पुरातात्विक महत्व उजागर गर्दै नमूना पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले उत्खनन् गर्न थालिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले राससलाई बताउनुभयो । केही वर्षदेखि यस क्षेत्रको संरक्षण र पर्यटकीय पूर्वाधारहरू निर्माण गर्दै आएकामा यो क्षेत्र प्राचीन कोलीय गणराज्यको एक शहर ककरपत्त नगर समेत भएको बौद्धग्रन्थमा उल्लेख रहेकाले यसको उत्खनन् गर्न लागिएको उहाँले जानकारी दिनुभयो । “यहाँ बौद्धकालिन इतिहाससँग मिल्दाजुल्दा इँट्टा, मूर्ति, भाँडाकुँडासमेत भेटिएकोले उत्खनन्को आवश्यकता देखिएको हो”, अध्यक्ष चौधरीले भन्नुभयो ।

    चालु आर्थिक वर्षमैै यस क्षेत्रको उत्खनन् गर्ने गरी गाउँपालिकाले बजेट विनियोजन गर्नाका साथै पुरातत्व विभागसँग समन्वय गरिरहेको उहाँको भनाइ थियो । बुुद्धकालमा कुष्ठरोग निवारणमा प्रयोग भएको कोलवृक्ष यहाँ मात्र पाइने र कोलवन रहेको क्षेत्र प्राचीन कोलीय गणराज्यको एक शहर ककरपत्त नगर रहेको बुद्धग्रन्थमा उल्लेख गरिएकाले पनि गाउँपालिकाले यस क्षेत्रलाई ककरपत्त नगर घोषणा गरेको जनाइएको छ ।

    पुरातत्व क्षेत्रका अध्ययेता डा.कौशलेन्द्र श्रीवास्तवका अनुसार प्राचीन कालमा बनारसबाट स्वनिर्वासित भएका कुष्ठरोगी राजा राम र कपिलनगरका त्यस्तै रोग लागेकी शाक्यरानी प्रिया यस क्षेत्रको कोलवनमा निर्वासित जीवन बिताउँदै कोलको फल खाने र लेप लगाउने गरेर कुष्ठरोग निवारण गरेको बुद्धग्रन्थमा उल्लेख छ । राजा रामले पछि यही कोलवृक्ष फँडानी गरी राज्य बसाएको र उनकै नामबाट रामग्राम राज्य रहन पुगेको तथा यसै वृक्षको नामबाट प्राचीन कोलीय गणराज्य रहन पुगेको उक्त ग्रन्थमा उल्लेख छ ।
    हाल यो क्षेत्र रामग्रामको नजिक रहेको र कोलवृक्ष यहाँ बाहेक अन्यत्र नपाइने भएकाले पनि गाउँपालिकाले यस क्षेत्रलाई गौरवको संरक्षित क्षेत्रको रूपमा उच्च प्राथमिकता दिएर संरक्षण, प्रवर्धन र पर्यटकीय विकास गर्न लागिपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो । कोलवृक्षको अनुसन्धान जारी छ । जापानलगायत अन्य देशका अनुसन्धानकर्ता यसमा संलग्न छन् । स्थानीय भाषामा आकोल भनेर चिन्ने यस वनस्पतिको उत्पत्ति पनि नेपालमै भएको जिकिर गरिएको छ । कोलवृक्ष कुष्ठरोग, छालासम्बन्धी रोग, मधुमेह, उच्च रक्तचापजस्ता रोगको उपचारमा प्रयोग गरिएको कथन पनि पाइन्छ ।

    जावामा कोलवृक्ष बगैँचाको रूपमा छ भने गाउँको चारैतिर पनि यो वनस्पति देख्न सकिन्छ । गाउँभरि नै यसको रुख पाइने भएकाले गाउँपालिकाले कोलवृक्षको गणना गर्ने तयारी गरेको छ । यो रुख रोप्नु नपर्ने र आफै उत्पत्ति हुने गरेको स्थानीयवासी बताउँछन् । यहाँबाट कोलको बिरुवा रामग्राम स्तुप र लुम्बिनीमा पनि लगेर रोपिएको तर त्यहाँ सफल नभएको गाउँपालिकाका अध्यक्ष चौधरीले बताउनुभयो ।

    गाउँपालिकाले कोलवृक्ष संरक्षण गरी पर्यटन क्षेत्रको रूपमा विकास गर्न अहिलेसम्म रु एक करोडभन्दा बढी लगानी गरिसकेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार यस क्षेत्रको समग्र विकासका लागि विस्तृत गुरुयोजना निर्माण गरिएको छ । करोडौँको योजना रहेकाले प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक हुने उहाँको भनाइ थियो ।

    हाल उक्त स्थानमा ठूलो बुद्धको प्रतिमा स्थापना गरिनाका साथै वनभोज स्थल, ट्रष्ट, पर्यटक बस्ने स्थल निर्माण गरिएको छ । यहाँको पर्यटन प्रवद्र्धन गरी स्थानीयवासीको आयआर्जनमा जोड दिन होम स्टे(आवास घर) सञ्चालनको तयारी तथा बहुद्देश्यीय सभाहल निर्माणको काम पनि भइरहेको छ । होम स्टे सञ्चालनका लागि स्थानीयवासीलाई तालीम दिन लागिएको गाउँपालिकाले जनाएको छ ।

    आगामी वर्ष उक्त स्थलसम्म पुग्ने सडक स्तरोन्नति, प्रवेशद्धार, बौद्ध विहार र उद्यान निर्माण गर्ने तयारी छ । यसैगरी सोही स्थानमा रहेको ऐतिहासिक बुद्धसरोवर ताललाई सुन्दर बनाएर डुङ्गा सञ्चालन गर्ने, प्राचीन इनार र कोटही माई मन्दिरको संरक्षण गरी पर्यटक आकर्षित गर्नेजस्ता पूर्वाधार निर्माण गर्ने योजनाका साथ गाउँपालिका अघि बढेको अध्यक्ष चौधरीले बताउनुभयो । यो क्षेत्र प्राचीन बुद्धकालीन स्थल नै भएकोले लुम्बिनी, रामग्रामसँग जोडेर एकिकृत विकास गरिनुपर्नेमा जोड दिँदै उहाँले यसका लागि सम्बन्धित निकायमा पहल भइरहेको जानकारी दिनुभयो ।

    यहाँ रहेको बुद्ध सरोवर तालको पनि छुटृै विशेषता छ । तालमा साइबेरियनलगायत विश्वका विभिन्न स्थानबाट आउने लोपोन्मुख चरा अवालेकन गर्न सकिन्छ । झण्डै पाँच बिघा जमिनमा फैलिएको यो ताल पनि रमणीय छ । कहिल्यै पानी नसुकेको यो तालमा विगतमा सुनको डुङ्गामा भाँडाकुँडा आउने र गाउँघरमा हुने विवाहलगायत अन्य उत्सवमा प्रयोग गर्ने गरिएको किम्वदन्ती रहेको स्थानीय मीननारायण चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पूजा तथा उत्सवहरूमा भाँडाकुँडा आवश्यक पर्दा देवीको पूजापाठ गरेपछि डुङ्गामा भाँडाकुँडा आउने गरेको र काम सकिएपछि फेरि बुझाउने गरिएकोमा एक पटक उक्त भाँडा नबुझाएपछि डुङ्गा निस्कन छोडेको किम्वदन्ती रहेको छ” गाउँपालिकाकै धरोहरको रूपमा रहेको जावाक्षेत्र पर्यटकीयस्थल बन्ने भएपछि स्थानीयवासीमा पनि खुशी छाएको छ ।

    यहाँको पर्यटन विकास हुन सके स्थानीयवासीको आयआर्जन बढने, रोजगारीको अवसर सिर्जना हुने तथा जीवनस्तरमा समेत परिवर्तन आउने अपेक्षा गरिएको कोलवृक्ष पर्यटन विकास संस्थाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो । यस क्षेत्रलाई पर्यटकीयस्थल बनाउन सकिए विश्वकै लागि नमूना पर्यटकीय गन्तव्य हुनाका साथै खोज अनुसन्धानकर्ताका लागि पनि गन्तव्य बन्ने विश्वास गरिएको छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution