• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    शिक्षाको अधिकारबारे विनयी त्रिवेणी गाउँपालिकामा अन्तरक्रिया

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ २१, बुधबार (५ साल अघि)
    inbound599496800478467511

    Advertisement

    चोरमारा । विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिका गम्भीर रहेको बताउनु भएको छ । गाउँपालिका भित्रका सबैलाई अनिवार्य र निशुल्क शिक्षाको पहुँच स्थापनाको लागि गाउँपालिका प्रतिवद्ध रहेको भन्दै उहाँले गाउँपालिका मानव बिकास सुचांकको प्रमुख मध्ये रहेको शैक्षिक क्षेत्रको बिकासको लागि प्रतिवद्ध रहेको बताउनु भएको हो ।

    इन्सेक गण्डकी प्रदेशको आयोजनामा भएको शिक्षाको अधिकारको विषयमा विनयी त्रिवेणी गाउँपालिकामा शिक्षक, अभिभावक र विद्यार्थी बिच भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसीले बजेट अभावमा दरबन्दी अनुसारको शिक्षक व्यवस्थापन गर्न नसकिए पनि विनियोजित बजेट अनुसारको कार्यक्रम बनाएर शैक्षिक गतिविधि अगाडी बढाएको बताउनु भयो ।

    कोभिड–१९ को कारण प्रभावित शैक्षिक कार्यलाई पुनः नियमित गरिएको भन्दै उहाँले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत शिक्षित बेरोजगार युवाहरुलाई शैक्षिक गतिविधिमा परिचालन गर्ने बिषय छलफल भइरहेको जानकारी दिनुभयो ।

    गाउँपालिका उपाध्यक्ष मिनाकुमारी रानाले विद्यालय शिक्षामा विद्यार्थी आर्कषित गर्ने कार्यक्रमहरु दिवा खाजा, छात्राहरुको लागि सेनेटरी प्याडको व्यवस्था गरिएको बताउनुभयो ।

    विनयीत्रिवेणी गाउँपालिका २ का वडा अध्यक्ष विष्णु ढकालले भौतिक सरचनाको सुधारसंगै गुणस्तरिय शिक्षा गाउँपालिकाको प्राथमिकता रहेको बताउनुभयो ।

    गाउँपालिका शिक्षा शाखा प्रमुख भुपराज पाण्डेयले कोभिड–१९ को कारण लामो समय विद्यार्थीहरु विद्यालय शिक्षाबाट बञ्चित हुन परेको अवस्थामा अहिले यहाँका विद्यार्थीहरुको कसरी सम्पूर्ण पाठ्यक्रमलाई प्रभावकारी रुपमा अध्ययन गराउन सकिन्छ भन्ने विषयमा जनप्रतिनिधि, अभिभावक र शिक्षक बिच छलफल भइरहेको जानकारी दिनुभयो । संविधानले प्रदान गरेको निशुल्क शिक्षा कार्यान्वयनको लागि गाउँपालिका प्रतिबद्ध रहेको भन्दै विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाहरुलाई नियमित शिक्षा प्रदान गर्न अग्रसर रहेको बताउनुभयो ।

    अन्र्तक्रिया कार्यक्रममा सहभागि शिक्षकहरुले गाउँपालिकामा बाल बिबाहको दर उच्च रहेको भन्दै त्यसको न्यूनिकरणको लागि सबै पक्षको सहयोग आवश्यक पर्ने बताउनु भएको थियो । भानुदय नमुना माविका शिक्षक काशिराम भुसालले विद्यालयका लागि बाल बिबाह प्रकोप जस्तै भएको भन्दै अभिभावकहरु आफ्ना बालबालिका के मा व्यस्त छन भन्ने विषयमा गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो ।

    जनजागृति आधारभूत विद्यालयका प्रध्यानाध्यापक चन्द्रकला कार्कीले क्रसर र ढुंगा गिटी व्यवसायको कारण छात्रहरु कक्षा ६ अध्ययन गर्दा देखिबाट नै विद्यालयबाट बाहिरिनेको संख्या बढेको बताउनुभयो । रातभर ढुंगागिटी संकलनमा जाने र दिउसो विद्यालय अध्ययन गर्न नआउने छात्र विद्यार्थीहरुको संख्या बढेको भन्दै उहाँले यसप्रति सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो ।

    अभिभावक यमुना पाठक भुसालले किशोर अवस्थाका युवाहरु लागुऔषध दुव्र्यसनी प्रयोगकर्ता बढि रहेको भन्दै तत्काल यस विषयमा गम्भीर नबने भविश्यमा समस्या सृजना हुन सक्ने बताउनुभयो ।

    कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले निशुल्क शिक्षा, आपांग मैत्री भवन, छात्रा मैत्री शौचालय व्यवस्थापन गर्न गाउँपालिकाले अग्रसरता देखाउन आवश्यक रहेको बताउनुभयो । विद्यालयमा हुने शारीरिक तथा मानसिक हिंसा विरुद्ध विद्यार्थी र अभिभावक सचेत र शिक्षक जिम्मेवार बन्नु पर्ने बताउनुभयो । बालबालिकालाई हिंसा, अपराध र कानुनी उपचारको बारेमा विद्यालय तहमा शिक्षा प्रदान गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

    मानव अधिकार समुह विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष धर्मबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण जिल्ला सहजकर्ता गंगा विश्वकर्माले गर्नु भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution